नायिका रेखा थापा एक महिनाअघि एकीकृत नेकपा माओवादी पार्टी प्रवेश गर्दा निकै ठूलो हल्लाखल्ला थियो । तर, यतिबेला रेखाबारे कमै चर्चा हुन थालेको छ । यद्यपि नायिका थापाले एउटा निजी टेलिभिजनलाई दिएको २८ मीनेट लामो अन्तरवार्ताको विषयलाई लिएर भने यतिबेला एमाओवादीमा खैलाबैला मच्चिएको छ
चलचित्र क्षेत्रको स्वच्छन्द दुनियाँमा हुर्केकी रेखाले एमाओवादीमा लागेपछि व्यक्त गरेको विवाह र सन्तानोत्पादन सम्बन्धी स्वच्छन्द विचारप्रति एमाओवादी कार्यकर्ताहरु आक्रोशित भएका हुन् । कसैसँग विवाह नगर्ने, जीवनसाथीमात्रै राख्ने र अर्की रेखा जन्माउने नायिका थापाको विचारप्रति माओवादीभित्र तीव्र बहस शुरु भएको हो । तीन हप्ताअघि हिमालयन टेलीभिजनलाई दिएको अन्तरवार्तामा नायिका थापाले भनेकी थिइन्- ‘पुरुषविना पनि बाँच्न सकिन्छ । कोमल दिदी बिहे नगरी बस्नुभा’छ । मिथिला शर्मा बिहा नगरी बस्नुभा’छ । विवाहले बाँधिन्छ मान्छे ।’
नायिका थापाको भनाइ थियो- ‘म बिबाह गर्दिँन एउटा पुरुष र महिला लाइफटाइम साथी भएर अगाडि बढ्ने । सृष्टि त भइ नै हाल्ला, विवाह बन्धनको खिलाफ त होइन, तर त्यसमा म हल्का परिवर्तन होस् भन्ने चाहन्छु । विवाह नगरौंला तर जीवन साथी त अवश्यै चाहिन्छ । दर्शकहरुले अर्को रेखा हेर्न चाहलान् । कहिले हुन्छ, कहाँ हुन्छ, कोसँग हुन्छ, त्यो मलाई थाहा भएन ।’
विवाह नगर्ने तर लाइफ पार्टनर बनाएर सन्तान जन्माउने रेखाको विचारलाई एमाओवादी नेता, कार्यकर्ताले गैरमाक्र्सवादी अराजकतावादी सोचाइको संज्ञा दिएका छन् ।
विवाहसम्बन्धी रेखाले व्यक्त विचारलाई परम्परागत कम्युनिष्टहरुले पुँजीवादी यौन अराजकता मान्ने गर्छन् । माओवादी कार्यकर्तालाई रेखाले भनेजस्तै ‘लिभिङ टुगेदर’को छुट हुँदैन । तर, एमाओवादी नेता स्वनाम साथी भने रेखा थापाजस्तै लिभिङ टुगेदरका पक्षपाती हुन् ।
अहिलेसम्म जिम्मेवारीविहीन
पार्टी प्रवेशपछि केन्द्रीय सदस्य बन्ने आशा भए पनि पार्टी प्रवेश गरेको एक महिना बितिसक्दा पनि रेखालाई पार्टीले कुनै पद वा जिम्मेवारी दिने छनक देखाएको छैन । रेखाले यतिबेला आफू पदका लागिभन्दा पनि काम र समाज सेवाका लागि पार्टीमा लागेको तर्क गर्दै आएकी छिन् ।
नायिका थापालाई पार्टी प्रवेश गर्नुअघि विभिन्न नेताहरुले विभिन्न खालका सल्लाह दिएको माओवादी स्रोत बताउँछ । एमाओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले रेखालाई पार्टी प्रवेश नगरी बाहिरै बसेर सहयोग गर्न सल्लाह दिएको बुझिएको छ । महराको भनाइलाई उर्द्धत गर्दै श्रोतले भन्यो- ‘पार्टीमा योगदान गरेर आएका थु्रपै अन्य कार्यकर्ता पनि छन्, यसैले तपाई एकजना कलाकार भएको नाताले बाहिरबाटै सहयोग गर्दा राम्रो हुन्छ ।’
महराले रेखालाई पार्टीमा आएर तत्काल केन्द्रीय सदस्य पद पाउने आशा नगर्न सुझाव दिएको श्रोतको भनाइ छ । संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट तपाईलाई संविधानसभामा ल्याउनका लागि कार्यकर्ता नै बन्नुपर्दैन, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समानुपातिकमा ल्याउन सकिन्छ, यसैले पार्टीमा प्रवेश गरेर चुनाव नै लड्ने सोचाइ नबोक्नु होला भन्दै महराले रेखालाई सुझाव दिएको स्रोतको दाबी छ । पार्टीमा युवराज लामा, मौसमी मल्लजस्ता लामो समयदेखि सक्रिय कार्यकता हुँदाहुँदै रेखालाई केन्द्रीय सदस्य पद दिन गाह्रो हुने भनाइसमेत महराको रहेको स्रोतले बतायो
नायक जिवन लुइटेल र नायिका निता ढुंगानाको मुख्य भुमिका रहेको चलचित्र ‘नोटबुक’को कथासार सार्वजनिक भएको छ । चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्रको कथासार सार्वजनिक भएको हो ।योगेश घिमिरेको निर्देशनमा प्रज्ञा जोशीले निर्माण गरेको चलचित्रले ५० बर्षपछिको नेपालको भविष्यलाई चित्रित गरेको छ । २ घन्टाको सेरोफेरोमा घुमेको यो चलचित्रको मुख्य स्वरुप भने यस्तो छ :कसैको भविष्यको सपना बन्न सक्छ नोटबुक
कसैको विछोडको साथी बन्न सक्छ नोटबुक
कसैको मिलनको उत्सव वन्न सक्छ नोटबुक
तर संसार भर छरिएर रहेका नेपालीको प्रेरणा बन्न सक्छ नोटबुक
चलचित्रको मुख्य कथासार नै यही रहेको निर्देशक योगेश घिमिरेले अनलाइनखबरलाई बताएका छन् । प्रस्तुत कविता चलचित्रमा क्लाइमेक्स पश्चात राखिने छ । करिब ८० लाखको सेरोफेरोमा बनेको चलचित्रबाट आफु निक्कै उत्साहित भएको निर्देशक घिमिरेले अनलाइनखबरलाई बताए । यसैबिच चलचित्रको अडियो तथा वेबसाइट आइतबार एक कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
चलचित्र ‘साथी’ मा नायक राजेश हमालले नायिका करिश्मा मानन्धरलाई ‘आई लभ यू’ भन्दै गीत गाउँदा त्यसलै धेरै नै चर्चा पायो । गीतले चर्चा मात्र पाएन राजेश र करिश्मालाई एक सफल जोडीको रुपमा समेत उभ्यायो ।यसैक्रममा नायक हमाल र नायिका मानन्धर बिचको रोमान्स पुनः पर्दामा हेर्न पाइने भएको छ । कविता श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘बरदान’ मा यि दुई जोडि पर्दामा आउन लागेका हुन् । चलचित्र ‘बरदान’ मा नायिका रेजिना उप्रेतीको समेत लगानी छ । चलचित्रको विशेष प्रदर्शनका लागि नायिका उप्रेती हाल बेलायतमा छिन् । चलचित्रमा अर्जुन कार्कीले पनि अभिनय गरेका छन् ।चलचित्र ‘प्लान’ मा लफडा भएपछि निर्माणपक्षले निर्देशक शोभीत बस्नेतको नाम ‘बरदान’ मा समावेश गरेको छैन । फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्रको ‘माया हो माया’ बोलको गीतमा राजेश र करिश्माको लोभलाग्दो नृत्य हेर्न सकिन्छ ।
चलचित्र क्षेत्रमा उदाउदै गरेका नायकद्धय सुभाष थापा र गजित विष्टले एउटा रमाइलो उपनाम पाएका छन् । अब उनीहरुलाई नायक भन्दा पनि तोरी लाहुरेको रुपमा बजारमा बोलाउन थालिएको छ । प्रसंग हो चलचित्र ‘तोरी लाहुरे’को शुभमुहुर्तको । यसभन्दा अघि चलचित्र ‘बजार’ निर्देशन गरेका एन.बी महर्जनले निर्देशन गर्न लागेको चलचित्र ‘तोरी लाहुरे’ को सोमबार शुभमुहुर्त गरिएको छ । रिदम एण्ड दिलिप फिल्मस्को व्यानरमा तयार हुन लागेको यो चलचित्रलाई सूर्य थोकर र दिलकुमार तामाङले निर्माण गर्न लागेका हुन् ।चलचित्रमा सुभाष र गजितका अलवा रोहित कुमार, आशिष्मा नकर्मी, समुना केसी, जानुका बोहरा, दिनेश डीसी, सुशिल पोखरेलको मुख्य भुमिका रहनेछ । चलचित्रमा गम्भीर बिष्टको नृत्य, शंकर महर्जनको द्वन्द्व, सन्तोष राइ र ईजी ब्याण्डको संगीत रहने पक्का भएको छ । चलचित्रको छायांकन ३५ दिनमा सकाइने निर्माणपक्षको भनाई छ । नेपाली समाजमा काम नगरी हल्लिएर हिड्ने युवाहरुलाई तोरी लाहुरे नामले बोलाउने गरिन्छ ।
सिनेमा क्षेत्रमा अश्लिल दृश्य र नायिका नङ्ग्याउन माहिर मानिएका निर्देशक राजु गिरी ‘रक्षा’को छायांकन समाप्तीसँगै नयाँ सिनेमाको निर्देशनमा जुट्ने भएका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘मै राम्री’ राखिएको छ ।‘मै राम्री’ मा सेक्सका दृश्य र बिषयलाई उठान नगर्ने निर्देशक गिरीले बताए । सिनेमाको छायांकन माघ २१ गतेबाट सुरु गरिनेछ । अर्जुन पोखरेलको संगीतमा चलचित्रको गीत रेकडिङ कार्य सकिएको छ । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ । चलचित्रमा सुशान्त कार्की, अशोक फुयाँल, प्रशान्त गिरी, राजन काफ्लेको मुख्य भुमिका रहने छ । चलचित्रको शिर्ष भुमिकाका लागि भने नायिकाको खोजी भइरहेको निर्माणपक्षले जनाएको छ । २ नव नायिका र एक पुरानै नायिकालाई सिनेमामा अनुवन्धन गर्ने तयारी गरिएको निर्देशक गिरीको भनाई छ । एलिजा रिजालको प्रस्तुतीमा नानुमाया महर्जनले निर्माण गर्न लागेको ‘मै राम्री’ लभस्टोरी कथावस्तुमा निर्माण हुनेछ । राजुले यसअघि निर्देशन गरेका बिन्दास र रक्षामा नायिका सुष्मा कार्की र पुजना स्त्रिले उत्तेजक दृश्य दिएका थिए । यि दुबै सिनेमाको छायांकन पश्चात निर्देशक र नायिकाबिच विवाद समेत भएको थियो ।
यो फ्राइडे नेपाली सिनेमा उद्योगका हस्तीहरु महानायक राजेश हमाल र खलनायक सुनिल थापाबिच हलयुद्ध हुदैछ । भोलीबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘हातमा लाग्यो शून्य’ र ‘रुद्राक्ष’ बाट महानायक र खलनायकको हलयुद्ध हुन लागेको हो । सिनेमा ‘हातमा लाग्यो शून्य’ मा महानायक हमाल कमेडी रोलमा प्रस्तुत भएका छन् भने सुनिल थापा सिनेमा ‘रुद्राक्ष’ मा नेगेटिभ लिड क्यारेक्टरमा प्रस्तुत भएका छन् । त्यस्तै भोली नै सलमान खान स्टारर बलिउड सिनेमा ‘दवङ २’ पनि नेपाली मल्टीपेल्क्स घरहरुमा प्रदर्शन हुदैछ ।
‘हातमा लाग्यो शून्य’
विजय विक्रम बस्नेत निर्देशित सिनेमा ‘हातमा लाग्यो शून्य’ भने काठमाडौ का हलमा मात्र रिलिज हुदैछ । मोफसलमा रिलिज भइसकेको यस सिनेमामा महानायक राजेश हमाल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । विश्व बस्नेतको लगानीमा निर्माण भएको यस सिनेमामा महानायक हमालको साथमा कल्पना शाही, गोपाल नेपाल ‘छन्दे’ लगायतका कलाकारहरुको अभिनयलाई देख्न सकिन्छ । विकास चौधरीको संगीत एवम् राम जनकको द्धन्द्ध निर्देशन रहेको यस सिनेमामा लोकचन्द्र थापाको सिनेम्याटोग्राफी रहेको छ ।
‘रुद्राक्ष’
त्यस्तै भोली नै गोकुल राई निर्देशित सिनेमा ‘रुद्राक्ष’ सस्पेन्स थ्रिलर सिनेमा हो । भोलीबाट अल नेपाल रिलिजमा आउन लागेको यस सिनेमामा सुनिल थापाको साथमा अनु शाहले पनि अभिनय गरेकी छिन् । दिनेश पाख्रिनको प्रस्तुती रहेको यो सिनेमा अल नेपाल रिलिज हुने बताइएको छ ।
‘दवङ २’
बलिउड रिलिज अन्र्तगत यो फ्राइडे सिक्वेल सिनेमा ‘दवङ २’ वल्र्डवाईड रिलिज हुदैछ । ‘दवङ’ मा चुलबुल पाण्डेका रुपमा प्रस्तुत भएका सलमान खान यस सिनेमामा पनि उस्तै भुमिकामा प्रस्तुत भएका छन् । त्यस्तै सोनाक्क्षी सिन्हा भने ‘दवङ २’ मा वानको भन्दा केही वोल्ड भुमिकामा प्रस्तुत भएकी छिन् । यस सिनेमालाई सलमान खानका दाजु अरवाज खानले निर्देशन गरेका हुन् ।
‘हातमा लाग्यो शून्य’
विजय विक्रम बस्नेत निर्देशित सिनेमा ‘हातमा लाग्यो शून्य’ भने काठमाडौ का हलमा मात्र रिलिज हुदैछ । मोफसलमा रिलिज भइसकेको यस सिनेमामा महानायक राजेश हमाल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । विश्व बस्नेतको लगानीमा निर्माण भएको यस सिनेमामा महानायक हमालको साथमा कल्पना शाही, गोपाल नेपाल ‘छन्दे’ लगायतका कलाकारहरुको अभिनयलाई देख्न सकिन्छ । विकास चौधरीको संगीत एवम् राम जनकको द्धन्द्ध निर्देशन रहेको यस सिनेमामा लोकचन्द्र थापाको सिनेम्याटोग्राफी रहेको छ ।
‘रुद्राक्ष’
त्यस्तै भोली नै गोकुल राई निर्देशित सिनेमा ‘रुद्राक्ष’ सस्पेन्स थ्रिलर सिनेमा हो । भोलीबाट अल नेपाल रिलिजमा आउन लागेको यस सिनेमामा सुनिल थापाको साथमा अनु शाहले पनि अभिनय गरेकी छिन् । दिनेश पाख्रिनको प्रस्तुती रहेको यो सिनेमा अल नेपाल रिलिज हुने बताइएको छ ।
‘दवङ २’
बलिउड रिलिज अन्र्तगत यो फ्राइडे सिक्वेल सिनेमा ‘दवङ २’ वल्र्डवाईड रिलिज हुदैछ । ‘दवङ’ मा चुलबुल पाण्डेका रुपमा प्रस्तुत भएका सलमान खान यस सिनेमामा पनि उस्तै भुमिकामा प्रस्तुत भएका छन् । त्यस्तै सोनाक्क्षी सिन्हा भने ‘दवङ २’ मा वानको भन्दा केही वोल्ड भुमिकामा प्रस्तुत भएकी छिन् । यस सिनेमालाई सलमान खानका दाजु अरवाज खानले निर्देशन गरेका हुन् ।
प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म 9 0'clock को रिलिज तयारी पुरा भएको छ । प्रोष्टप्रोडक्सन पश्चात पहिलो कार्यक्रम गरी 9 0'clock युनिटले आज आफ्नो फिल्मको अडियो म्यूजिक लन्च गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । फाल्गुन ११ मा रिलिज हुने यो फिल्मका लिड आर्टिष्ट सुमिना घिमिरे र ध्रुव दत्त हुन् ।
तीन वटा गित समावेश यो फिल्मका म्यूजिक डाईरेक्टर कन्काईष्ट राई हुन् । उनले म्यूजिकको पार्टमा आफूले केही फरक पन दिन खोजेको कार्यक्रममा बताए । यसैगरी निर्देशक बाबुराम ढकालले प्रि–प्रोडक्सन र प्रोडक्सनका पिरियडमा आफ्नो फिल्मको बारेमा जुन किसिमको नकारात्मक हल्ला फिल्मी बजारमा फैलिएका थिए ती सवै गलत रहेको दाबी गरे । उनले भने, 'मेरो विगतका दुई फिल्म दुलही र पर्खिराख है जस्तो पारिवारिक यो फिल्म छैन र बजारमा फैलिएको एटिम जस्तो पनि हैन ।' उनले आफ्नो फिल्म पूर्ण रुपमा ईन्टरटेन्मेन्टका लागि रहेको दाबी गरे ।
छायांकनदेखि नै सिनेमाको कथावस्तुका कारण बिबादमा परिरहेको चलचित्र ‘नाइन ओ क्लक’को आइतबार अडियो बिमोचन गरिएको छ । चलचित्रको अडियो बिमोचन कवियत्री उषा शेरचन, नायिका सुमिना घिमिरे, निर्देशक बाबुराम ढकाल लगायतले गरेका थिए । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ । कन्काइष्ट राईको संगीत रहेको चलचित्रका गीतमा राजेश पायल राई, रजिना रिमाल, इन्दिरा जोशी, शिव परियार लगायतका गायक तथा गायिकाले आवाज भरेका छन् । चलचित्रका गीतमा दयाराम पाण्डे, प्रमोद ढुंगाना र कन्काइष्ट राईको शब्द छ ।कार्यक्रममा बोल्दै निर्देशक बाबुराम ढकालले आफ्नो सिनेमा बजारमा चर्चा भएअनुसारको सेक्स केन्द्रित नरहेको बताए । उनले भने, ‘सिनेमा भित्र सेक्सका बिषयहरु उठान गरिएको छ तर बजारमा हल्ला गरिएअनुसारका दृश्य समावेश गरिएको छैन । नायिका सुमिना घिमिरेले अनलाइनखरसँग करा गर्दै भनिन्, ‘सिनेमाको बिषय सेक्स केन्द्रित हो तर म पहिलो शो नै परिवारसँग बसेर हेर्छु ।’रामशरण उप्रेतीको छायांकन, पुनम राई र कविराज गहतरजाको नृत्य, विपिन मल्लको सम्पादन, प्रकाश पुरीको लेखन रहेको चलचित्रमा ध्रुव दत्त, सुमिना घिमिरे, दिक्षा पाठक, पदम जीसी, राजन त्रिपाठी, सवुश्री लगायतका कलाकारको अभिनय छ । रमेश संवेदनाको निर्माणमा तयार भएको यो चलचित्र फागुनको ११ गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्रको विभिन्न १२ वटा देशमा विशेष प्रदर्शन गरिने निर्माता संवेदनाले जानकारी दिए । कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका विभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो । चलचित्र आर्यन फिल्मस्को व्यानरमा तयार भएको हो ।
पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल रिलिज गरिएको छ ।यस अघि दुई वटा ट्रेलर रिलिज गरेको जि वान क्रिएसनले आज आफ्ना तीन वटा पोष्टरहरुलाई फष्टलुकको रुपमा फिल्मीखबर मार्फत रिलिज गरेको हो ।
आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ अनुहार पायल थापा र बिष्णु कार्की यो फिल्मका लिड एक्टर्स हुन । नवराज आचार्यको भाग्य परीक्षाको रुपमा हेरिएको यो फिल्मको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ । तर नवराज कलिउडको रिजल्टलाई आफ्नो भाग्य परीक्षा भन्न रुचाउदैनन किन कि उनले १४ बर्षे मिडिया अनुवभको आधारमा यो फिल्म निर्देशनमा हात हालेका हुन । तसर्थ उनी सफल हुनेमा विश्वस्त देखिएका छन् ।
पछिल्लो समय यो ईन्डष्ट्रीलाई कलिउड भन्ने कि नभन्ने बिषयका बहसहरु पनि चलिरहेको छ जुनकुरा लाई निर्देशक आचार्यले आफ्नो फिल्म मार्फत कलिउडको आधिकारिक परिभाषा पनि दिन खोजेका छन् ।
नो स्मोकिङ फिल्म मार्फत हिरोईनको ट्याग भिर्न लागेकी जमुना जोशीले सुटुक्क ईन्गेजमेन्ट गरेपछि उक्त यूनिट भित्र बबाल भएको छ ।
लमजुङकी जमुना स्थानिय जेसिजकी फाउन्डर चियर पर्सनका अलवा गायिका समेत रहेकाले उनको क्रेजलाई फिल्ममा अटाउने सोचका साथ नो स्मोकिङ टिमले एक महिना अघि उनलाई अनुबन्ध गरेको थियो । तर फ्लोरमा जानका लागि सम्पूर्ण तयारी पुरा भएको अवस्थामा विना खबर जमुनाले ईन्गेजमेन्ट गरिदिएपछि नो स्मोकिङ टिम भित्र तनावको स्थिती सृजना भएको हो ।
यध्यपी निर्देशक सुमन दाहालले आपसी सम्झौतामा हिरोईन हेरफेर हुने सहमति भएको आफ्नो फेसबुक वालमा लेखेका छन् । दाहालले जमुनाको पारिवारिक ब्यस्तताको कारण अर्के हिरोईन राख्ने दुई पक्ष सहमति भएको उल्लेख गरे पनि त्यसो नभएको रहस्य खुलेको छ । चाडै नै विवाहको तयारीमा रहेकी जमुनासंग फिल्मीखबरले प्रश्न गर्दा उनले आफूलाई निकालिएको बिषयमा खबर नभएको तर्क गरेकी छिन् । यस्तै उनले कोसंग ईन्गेजमेन्ट गरियो भन्ने बिषयमा मुख खोल्न चाहिनन् तर आफू चाडै नै बिवाह बन्धनमा बाधिन लागेकाले हिजो २२ गते आफ्नो ईन्गेजमेन्ट भएको खुलाएकी छिन् ।
खैरावङ्ग फिल्म प्रोडक्सन कम्पनी मार्फत मुरारी पोखरेलको लगानीमा निर्माण हुन लागेको यो फिल्मको सुटिङ आउदो मंगलबार देखि हुने तयारी थियो तर जमुनाबाट धोका पाएको कारण फ्लोरमा जान थप दश दिन जति लाग्ने निर्देशक दाहालले फिल्मीखबरसंगको कुराकानीमा भनेका छन् । दाहालले भने, 'जमुना जीको स्थानमा उपयुक्त कलाकार खोज्न एक हप्ता जति लाग्ला अनि मात्र गईन्छ फ्लोरमा ।' यो फिल्ममा झरना थापा सहित दुई नयाँ हिरोहरु दिनेश देवकोटा र सञ्जय खतिवडा लिड रोलका लागि फाईनल भईसकेका छन् ।
अन्तत: रिलिज मिती कुर्दा कुर्दा परिक्षाको घडीको समय आएको छ थ्री लभर्सको । शुक्रबार मध्यम ओपनिङ गरेको थ्री लभर्सको शनिबारको बिहानी शो भने उत्साहजनक छ । राजधानीका अधिकांश हलहरूको बिहानी शोको अकुपेन्सी ९० प्रतिशत देखिएको छ । फिल्मका कलाकारहरू बिहानै देखि दर्शक प्रतिक्रिया लिन हलमा पुगिरहेका छन् ।
शुक्रबारदेखि देशब्यापी रिलिजमा आएको यो फिल्मलाई फ्यामेली शोको रुपमा केही फिल्मकर्मीले हेरेका छन् । शुक्रबार साँझ सुन्धारा स्थित सिभिल मलमा थ्री लभर्सका काष्ट र क्रु मेम्बरसंग फिल्म हेरेर निस्किएका केही फिल्मकर्मीलाई फिल्मीखबरले सोधेको थियो, थ्री लभर्स तपाईलाई कस्तो लाग्यो ?
फिल्म : थ्री लभर्स
व्यानर : थ्री ब्रदर्श क्रियशन
निर्देशक : सुरेश दर्पण पोखरेल
म्युजिक : राजन ईसान र बाबु बोगटी
सिनेमेटोग्राफर: पुरुशोत्तम प्रधान
फाईट : हिमाल केसी
कोरियोग्राफर : शंकर विसी र कविराज गहतराज
कलाकार : प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, धिरेन्द्र राज थापा, पूजा शर्मा, सुमन गैरे
राजकुमार राई (अध्यक्ष, चलचित्र निर्माता संघ) : म प्राय पुरै नेपाली फिल्म हेर्न सक्दिन थिए तर यो फिल्म चाहि पुरै हेर्न सकें मैले । फिल्म हेर्दा कलरफुल भएकाले ईन्टरटेनिङ छ । त्यसैले फिल्मको सवैभन्दा मन परेको पार्ट भनेको यसको कलरफुल मेकिङ हो मेरो नजरमा । नेपाली फिल्म भएकाले कमि कमजोरी भेटिन्छन् र यो फिल्ममा पनि मैले केही ठाँउमा यस्ता कमि कमजोरी भेटे । यो फिल्मको अर्को उत्कृष्ट पक्ष भनेको फाष्ट बीटको सुन्तली माई र स्याड संङ हो र कमजोर पक्ष चाहि फाईट लाग्यो । फिल्ममा उठाईएको कन्टेन्ट नयाँ लागेकाले यो फिल्म चल्नुपर्छ भन्ने मेरो धारणा छ । यो फिल्मलाई म १० मा ८ नम्बर दिन्छु । दीपाश्री निरौला (कलाकार) : मलाई यो फिल्मको म्युजिक र कोरियोग्राफी पार्ट एक दम राम्रो लाग्यो । नेपाली फिल्म हो त्यसैले ठूलो आशा बोकेर चाहि हर्ने जानुहुदैन । कलाकारहरु सवैको अभिनय राम्रो छ त्यस माथि नयाँ हिरोईन प्रियंकाको काम उत्कृष्ट छ जसकारण उनको भविष्य उज्जवल देखे मैले । निर्देशक सुरेश दर्पणको पछिल्ला फिल्म भन्दा यो फिल्म केही परिमार्जित भएको पाए । तर पनि उनको हकमा आगामी दिनमा स्टाईल भन्दा स्क्रिन प्लेमा अलि बढी होमवर्क गर्नुपर्छ जस्तो लाग्यो मलाई । यो फिल्मलाई म १० मा ५ नम्बर दिन्छु ।
कविता शर्मा (कलाकार) : यो फिल्मको म्युजिक एक दम राम्रो लाग्यो मलाई । त्यसमाथि लभ सङको कुरै नगरौ । फिल्मलाई गहिरिएर हेर्दै जादा केही ठाँउमा कन्टिन्यूटी जर्क फेला पार्न सकिन्छ । कलाकारहरुको पर्फमेन्सको कुरा गर्दा प्रियंका र निरजको काम एकदम राम्रो । अरु कलाकारहरुको हकमा पुजा शर्मा बाहेक दुई नयाँ कलाकारहरु देवु र धिरेन्द्रले पनि न्याय नै गरे जस्तो देखिन्छ । यो फिल्ममा मेकअप पार्ट केही कमजोरी देखे मैले । समग्र डाईरेक्टरको काम ठिकै लाग्यो । तसर्थ यो फिल्मलाई मेरो तर्फबाट १० मा ४ नम्बर । तर संगीत र कोरियोग्राफीको हकमा चाहि १० मा १० ।
कमल श्रेष्ठ (ग्ल्यामर फोटोग्राफर) : फाष्ट कटिङका कारण स्टोरी नै नबुझिएलाकी जस्तो लाग्छ यथ्यपी फिल्म हेर्दै जादा कता कता हलिउड स्टाईलको जस्तो पनि लाग्यो मलाई । स्टोरी टेलिङ अलि फरक रहेकाले रोना धोना मनपराउने दर्शकका लागि यो फिल्म उपयूक्त छैन । डाईरेक्टरलाई लिएर हेर्दा फिल्मको केही ठाँउमा कमिकमजोरी छन् तर म्युजिक मा भने कुनै कमेन्ट छैन । आर्टिष्ट पर्फमेन्समा सर्वाधिक राम्रो प्रियंकाले गरेकी छिन् । यो फिल्मलाई १० मा ७ दिन्छु ।
सुसन प्रजापति (सिनेमेटोग्राफर) : फिल्म एभरेज छ । सवभन्दा राम्रो चाहि म्युजिक छ। कलाकारको हकमा प्रियंकाको काम उत्कृष्ट लाग्यो । यसैगरी निरज बरालको हकमा पनि राम्रो छ । अर्की नयाँ हिरोईन पुजा शर्माको बडी ल्याङ्वेजमा प्रोबलम देखियो । अर्को नयाँ आर्टिष्ट देवु श्रेष्ठको चाहि अभिनय नराम्रो भनिहाल्ने ठाँउ छैन उहाँको भ्वाईस निकै राम्रो लग्यो । भ्वाईसको कुरा गर्दा हाम्रो ईन्डष्ट्रीमा एउटा यस कुमारको भ्वाई राम्रो छ भने अर्को देबुजीमा देखे मैले । निर्देशक सुरेश दर्पणजी र मैले ओस्कार फिल्म कलेजमा संगै पढेका थियौं त्यसैले पनि यो फिल्म हेर्न म उत्सुक थिए तर फिल्म हेर्दै जादा मेरो एक्सेपटेशन मिट गरेन त्यसैले यो फिल्मलाई १० मा ६ नम्बर दिन्छु ।









.jpg)



