दमक ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगी २ मा आज अपरान्ह आगलागि भएको छ ।
बेलडाँगी २ को सेक्टर सी मा आज अपरान्ह भएको आगलागिबाट बाट करिव ८६ वटा छाप्रा नष्ट भएका छन् ।
दमकका २ वटा तथा इटहरीको एउटा दमकल तथा शरणार्थीहरू, स्थानीयवासी र सशस्त्र प्रहरीको प्रयासबाट करिव दुई घण्टामा आगो नियन्त्रणमा आएको बेलडाँगी बजारका व्यवसायी युवराज कुँवरले जानकारी दिए ।
खाना पकाउने ग्याँस चुहिएर आगलागि भएको हुनसक्ने स्थानीय शरणार्थीहरूले आशंका गरेका छन् । उनीहरूका अनुसार आगलागिकै क्रममा केही ग्यास सिलिण्डर समेत पड्किएका थिए ।
आगलागिबाट भएको क्षतिको विवरण आउने क्रममा छ ।
थप जानकारीका लागि DrukNepal हेर्दै गर्नुहोला ।

पथरी ।
आफ्नी काकीसहित तीन जनालाई खुकुरी प्रहार गर्ने एक शरणार्थी युवालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेपछि पक्राउ पर्ने शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर सेक्टर के३ छाप्रो नम्वर २ का २६ बर्षीय टेकबहादुर राई हुन् ।
अभियुक्त राईले सोमबार राती १० बजे मादक पदार्थ सेवन गरी सोही सेक्टर छाप्रो नम्बर ६ बस्ने आफ्नी काकी मेनुका राई, सेक्टर डि१ छाप्रो नम्बर ५४ का याम बहादुर ओली र सेक्टर जी१ छाप्रो नम्बर २८ संगीता राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । घाइते तीनै जनाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको शिविर सचिव चम्पसिंह राईले पूर्वेली टाइम्सलाई बताए । सचिव राईका अनुसार घाइतेमध्ये ओलीको अवस्था गम्भीर र अन्य दुईको सामान्य रहेको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
#purbelitimes

जुलाई १७ , अल्बेर्टा ,
(A Bhutanese Killed By Lethbridge Police In Southern Alberta, Canada)
क्यानाडाको अल्बेर्टामा एक भुटानीको लेथब्रिज पुलिसले  गोली प्रहार गरी हत्या गरेको छ । मृत्‍यु हुनेमा झापाको बेल्डागी-२, सेक्टर-F बाट गत बर्ष पुनर्स्थापित भै क्यानाडा आएका २६ बर्सिय राज पुरी रहेको सोही ठाउका हेमलाल तिमल्सिनाले सिबिसी(C.B.C News) न्युजलाई जानकारी दिएका छन । अत्याधिक मधाक प्रदार्थ पिएर हतियार सहित  तनाब मच्चाएको कारण उनको हत्या भएको बुजिएको छ । पुरीको हत्याको बारे छान्बिन भैरहेको बताइएको छ। अल्बेर्टाको एक अनुसन्धान टोली Alberta Serious Incident Response Team(ASIRT) घटनाको अनुसन्धान प्रकृया जारी राखेको सिबिसी न्युजले जनाएको छ । तिमल्सिनाका अनुसार कम्जोर भाषा पनि घटनाको कारण हुन सक्ने बताएका छन ।आफु र आफ्नो समुदायाले न्यायाको माग गर्दै अनुसन्धानको प्रतिफल पर्खिएको तिमल्सिनाले  बताएका छन भने लेथब्रिज पुलिसले ASIRT को अनुसन्धान प्रकृया नसकी घटनाको बारे केही नबोल्बे बताएको छ ।
युवराज विवश, दमक ।
भुटानी शरणार्थीहरुले पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउनका लागि आजबाट ५० घण्टे हात मिलाउने कार्यक्रम शुरु गरेका छन् ।
झापाको बेलडाँगी २ शरणार्थी शिविरमा मंगलबार बिहान १० बजेबाट उनीहरुले हात मिलाउन शुरु गरेका हुन् ।
सबैभन्दा बढी समय हात मिलाएर झापाको बेलडाँगी शरणार्थी शिविरका २ युवाले नाम लेखाउने प्रयत्नमा लागेका हुन् । बेलडाँगी २ बिस्तारित शिविरका निलहरि उप्रेती र बेलडाँगी २ का डिककुमार गुरुङले ५० घण्टा हात मिलाएर बिश्व रेकर्ड कायम गर्न लागेको बताएका छन् ।
निरन्तर ५० घण्टासम्म हात मिलाएर रेकर्डका लागि सम्पूर्ण तयारी भइसकेको भन्दै निलहरिले बिश्वमा शरणार्थीहरुले बिश्व रेकर्डका लागि पहलसमेत नगरेकाले आफूहरूले हात मिलाएर बिश्व रेकर्ड कायम गर्न लागेको बताए । यसअघि नेपालकै दिनेश तिम्सिना र रुपक तिम्सिनाले ४२ घण्टा ३५ मिनेट निरन्तर हात मिलाएर बिश्व रेकर्ड कायम गरेका थिए ।
कार्यक्रमका प्रचार संयोजक रामचन्द्र बाँस्कोटाले शरणार्थीहरुले बिश्वमा पहिलो पटक रेकर्ड कायम गर्न लागेको बताए ।
यी भुटानी युवाद्वयले ३६ घण्टा हात मिलाइसकेका छन् । उनीहरुले शरणार्थीहरुले इतिहास राख्न सफल हुनेमा बिश्वाससमेत ब्यक्त गरेका छन् । शरणार्थीहरुले रेकर्डका लागि काठमाण्डौमा भब्य कार्यक्रम गर्नेसमेत जनाएका छन् ।
उनले शरणार्थी युवाद्वयको यो साहसिक कार्यमा आर्थिक रूपले सघाउ पुर्‍याउनसमेत पुनर्वासमा गएका शरणार्थी समुदाय लगायत सवैमा अनुरोध गरेका छन् ।
हात मिलाउँदै गरेको भिडियो

गत बुधवार अष्ट्रेलियाको कुइन्स्ल्यान्डमा कार दुर्घटनामा पारी २ दाजुभाइले ज्यान गुमाएका छन ।
मोरङको सनिस्चरे क्याम्पबाट पुनर्स्थापित भै अष्ट्रेलियाको कुइन्सल्यन्डमा बसोबास गर्दै आएका गिरी परिवारका पूर्ण गिरी र उनका भाई सशी गिरिको मृत्‍यु भएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी नै भए पनि, ४-५ किलोमिटरको दुरिमा
रहेको अस्पातलबाट घर फर्कने क्रममा दुर्घटना भएको जानकारी आएको छ । क्याम्पको बसोबासमा पूर्ण गिरी लामो समय सम्म सह शिक्षकको रुपमा रहनु भएको थियो भने सशी गिरी स्वयम सेवक हुनुहुन्थ्यो। बाँकी जानकारिका लागि हामीलाई हेर्दै गर्नुहोला ।
Photo: Townsville Bulletin