सेक्सको विषयलाई लिएर नायक राजेश हमाललाई अभिनय गराइएको चलचित्र ुकिन किनु मा राजेश हमालका निकै उत्तेजक दृश्य छन्। नायक राजेश हमाललाई जति जति बुढ्यौलीपनले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् ।
चलचित्र ‘मेरो जीवनसाथी’मा हमालले नायिका सुष्मा कार्कीसँग उनले खुलेरै बेड सिन दिएका थिए । भने चलचित्र ‘किन किन’मा त उनले नायिका अरुणिमा लामासँग दिएको बेडसिन झनै उत्तेजक छ । उकेश दाहालले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘किन किन’मा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको रोमान्स रहेको पाईन्छ । नवनायिका अरुणिमा लामासँगको हमालका दृश्य चलचित्रको विशयवस्तुका लागि आवश्यक भएको उकेशको भनाइ छ । महानायक राजेश हमाल र अर्का चर्चित नायक सुवास थापासँग टङ किस दिएको तस्बिर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। डेब्यु भूमिमै टङ किस र सेमि–न्युड सिन दिएपछि उनको आलोचना पनि सुरु भएको छ। कतिपयले उनलाई सुजाता सिटौलासँग तुलना गर्न थालेका छन्, सुजाता तिनै नायिका हुन्, जो दाहालले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’मा यस्तै अश्लील र विवादस्पद सिन दिएको कारण चलचित्र क्षेत्रबाटै पलायन भएकी थिइन्। ‘तन बुढो भएपनि मन वुढो हुदैन’ भन्ने बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा नायक राजेश हमाल र नायिका अरुणिमा लामाबिचको उत्तेजक दृश्यहरु प्रशस्त समावेश गरिएको छ । तर चलचित्र सेन्सर बोर्डले यस्ता दृश्यमा कैची नचलाई एडल्ट सर्टिफिकेट दिएको छ । पलपलमा मार्फत नेपाली चलचित्र उद्योगमा निर्देशकका रुपमा देखा परेका उकेस दाहलको निर्देशनमा चलचित्र किन किन तयार भएको छ। सम्पुर्ण प्राबिधीक कार्य सकाएर अहिले प्रचार प्रसारमा लागेको यस चलचित्र आगामी साउन ३२ गते देखि देशभरबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा छ।



दिपिकालाई सेक्सी र आकर्षक देखाउन नेपाली फेशन डिजाइनरको महत्वपुर्ण हात रह्यो । दिपिकाले लगाएको पहिरनको डिजाइन नेपाली फेशन डिजाइनर प्रबल गुरुङले गरेका हुन् । हलिउडका चर्चित कलाकारको पहिरनको समेत डिजाइन गरिसकेका प्रबल अहिले चर्चामा छन् । उनले डिजाइन गरेको पहिरनमा नायिका पादुकोण खुबै आकर्षक देखिएकी थिइन् ।
भारतमा सारी महिलाहरुको लोकप्रिय पहिरनमा पर्छ । यो पहिरन लोकप्रिय बन्नुमा बलिउडका नायिकाहरुको पनि ठुलो योगदान छ । नायिका विद्या बालन हरेक कार्यक्रममा सारीमै देखिने गर्छिन् । यो कुरामा नायिका कटि्रना कैफ पनि अग्रस्थानमा आउछिन् । कैफलाई पनि थुप्रै स्थानमा साडी पहिरिएको देख्न सकिन्छ ।यसैबिच सुन्दर नायिका कटि्रनाले एक कार्यक्रममा रातो सारी पहिरिएर सबैलाई मोहित बनाएकी छिन् । कटि्रनाले उत्तर प्रदेशको लखनउ मा आयोजना गरिएको ‘हिरो हक्की इंडिया लीग’ को एक कार्यक्रममा सारी पहिरिएर आकर्षक प्रस्तुती दिएकी छिन् ।रातो सारीमा मञ्चमा देखिएकी कटि्रनाले केही बलिउडका चर्चित गीतमा नृत्य गरेकी थिइन् । उनलाई देखेर उपस्थित दर्शक तथा अतिथीहरु चकित बनेका थिए । यो कार्यक्रम नायिका नर्गिस फाखरीले पनि विशेष प्रस्तुती दिएकी थिइन् ।