सेक्सको विषयलाई लिएर नायक राजेश हमाललाई अभिनय गराइएको चलचित्र ुकिन किनु मा राजेश हमालका निकै उत्तेजक दृश्य छन्। नायक राजेश हमाललाई जति जति बुढ्यौलीपनले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् ।
चलचित्र ‘मेरो जीवनसाथी’मा हमालले नायिका सुष्मा कार्कीसँग उनले खुलेरै बेड सिन दिएका थिए । भने चलचित्र ‘किन किन’मा त उनले नायिका अरुणिमा लामासँग दिएको बेडसिन झनै उत्तेजक छ । उकेश दाहालले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘किन किन’मा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको रोमान्स रहेको पाईन्छ । नवनायिका अरुणिमा लामासँगको हमालका दृश्य चलचित्रको विशयवस्तुका लागि आवश्यक भएको उकेशको भनाइ छ । महानायक राजेश हमाल र अर्का चर्चित नायक सुवास थापासँग टङ किस दिएको तस्बिर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। डेब्यु भूमिमै टङ किस र सेमि–न्युड सिन दिएपछि उनको आलोचना पनि सुरु भएको छ। कतिपयले उनलाई सुजाता सिटौलासँग तुलना गर्न थालेका छन्, सुजाता तिनै नायिका हुन्, जो दाहालले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’मा यस्तै अश्लील र विवादस्पद सिन दिएको कारण चलचित्र क्षेत्रबाटै पलायन भएकी थिइन्। ‘तन बुढो भएपनि मन वुढो हुदैन’ भन्ने बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा नायक राजेश हमाल र नायिका अरुणिमा लामाबिचको उत्तेजक दृश्यहरु प्रशस्त समावेश गरिएको छ । तर चलचित्र सेन्सर बोर्डले यस्ता दृश्यमा कैची नचलाई एडल्ट सर्टिफिकेट दिएको छ । पलपलमा मार्फत नेपाली चलचित्र उद्योगमा निर्देशकका रुपमा देखा परेका उकेस दाहलको निर्देशनमा चलचित्र किन किन तयार भएको छ। सम्पुर्ण प्राबिधीक कार्य सकाएर अहिले प्रचार प्रसारमा लागेको यस चलचित्र आगामी साउन ३२ गते देखि देशभरबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा छ।
मध्य असार मेरो रोपाइँमै बित्यो । असार १५ हरेक वर्षजस्तो खेतमै मनाइयो । यसपालि भने मैले पहिलोपटक सामाजिक सञ्जालमा रोपाइँको फोटो राखेपछि धेरैले जिज्ञासा राखे, ‘के म किसान हुँ ?’ दुनियाँले चिन्ने मेरो बेग्लै पहिचान छ । सबैका निम्ति म गायक हुँ । नेपथ्य ब्यान्डको कलाकार । तर, म एक प्रतिबद्ध कृषक महिलाको नाति पनि हुँ भन्ने थोरैलाई थाहा छ। मेरो बज्यै भाइमाया गुरुङको जीवन कृषिमै बितेको थियो । कास्कीकै पुम्दीभुम्दीस्थित कालाबाङमा अझै हाम्रो घर छ, जहाँ म जन्मेँ । त्यसै गाउँको फेदमा पर्छ, मूलपानी । मूलपानीको एउटा फराकिलो फाँटमा मेरा पुर्खाहरूले उहिलेदेखि खेतीपाती गर्दै आएका हुन् । अहिले त्यस फाँटको छेवैबाट सिद्धार्थ राजमार्ग गुज्रिएको छ । त्यो स्याङ्जा जाने बाटो हामी केटाकेटीमा पैदलै काट्थ्यौं । घरी बज्यैको औंला समातेर, घरी उहाँको बुइ चढेर यो बाटो काटिन्थ्यो। जे होस्, बज्यै सक्रिय हुनुहुन्जेल हामी नियमित यो खेतमा आएर रोपाइँ गथ्र्यौं र कृषक परिवार हुनुको बेग्लै मज्जा लिन्थ्यौं । समय फेरियो । मेरी बज्यै बुढी हुँदै जानुभएपछि यो खेत एक्लिँदै गयो । मेरो बुवालाई खेतीपातीमा उत्तिको रुचि थिएन । हुँदाहुँदा काखैमा पानीको मुहान फुटेको यस्तो उर्वर फाँट वर्षौं विचलित र अव्यवस्थित भयो । अरूलाई जिम्मा दिएको यो फाँटमा उनीहरूले सबैतिर रोपाइँ गर्ने र यसलाई मलिलो बनाउँदै लैजानुको साटो थोरै जग्गामा, त्यो पनि एकदमै धेरै रासायनिक मल प्रयोग गरिदिन थाले । अर्कोतिर रोपाइँमा भन्दा उनीहरूको ध्यान यसले समेटेका बहुमूल्य रुखहरूतिर जान थाल्यो । तीमध्ये अधिकांश रुख मेरी बज्यैले हुर्काउनुभएको थियो । रुख रोप्न सजिलो छ, हुर्काउन धेरै गाह्रो । आज पनि तिनै रुखहरू हेरेर म मेरी बज्यैलाई सम्झना गर्छु । अझ मेरी बज्यै भन्नुहुन्थ्यो, ‘यीमध्ये कतिपय रुख तँ जन्मेको खुसीमा तेरी आमा र म मिलेर रोपेका हौं ।’ त्यतिबेलाका ५० भन्दा बढी बडहरका रुख अहिले पनि त्यहाँ देखिन्छन्। समय बित्दै गयो । बज्यै र बाको देहावसान भइसकेको थियो । काठमाडौंमै रुमलिरहेको मैले चाहेर पनि जग्गाका निम्ति केही गर्नसक्ने अवस्था थिएन । यस्तोमा एक दिन मंसिरको महिना धेरै वर्षपछि म आमासँग धान लिन त्यहाँ गएँ । अधियाँ कमाउनेले हामीलाई केवल छ मुरी धान छुट्याएका रहेछन् । बज्यै हुँदा ३८ मुरीभन्दा बढी धान दिने त्यही खेतबाट उसले १२ मुरी मात्र उब्जाउन सकेको रहेछ। त्यसपछि म सरासर पानीको मूल हेर्न पुगेँ । जुन पानी पिएर म हुर्केको हुँ त्यो मूलको अवस्था देखेर मलाई विरक्त लागेर आयो । अत्यन्तै अव्यवस्थित बनाइनुका साथै वरपरका रुखसमेत सबै काटिसकेका रहेछन्। म मर्माहत भएँ । त्यो रुख काट्ने कस्तो विवेक होला? त्यसपछि मैले आमालाई सोधेँ, ‘अब के गर्ने?’ हाम्रा गाउँघरमा काम गर्ने मान्छे पाउन छाडेको यथार्थले मलाई विकल्प देखाइरहेको थिएन। ‘कि अरूले जस्तै हामीले पनि यो खेत बाँझै छाड्नुपर्‍यो,’ मैले आमालाई स्पष्ट भनेँ, ‘होइन भने खेतबाट मेहनतअनुसार प्रतिफल आए पनि नआए पनि हामी आफैं यसमा होमिनुपर्‍यो।’ आमाले त्यतिबेला मलाई अर्को जानकारी पनि दिनुभयो । ‘यसै खेतको पराल र घाँस बेचेको पैसाले कुनैबेला तँलाई पढाएका हौं,’ उहाँको भनाइ थियो, ‘अब पैसाको कुरै नगर । तँ यसका निम्ति जे सक्छस् गर ।’ जग्गा बाँझो छाड्दा धर्तीले सराप्ने तर्क आमाको थियो। मैले आफूलाई अब कृषकका रूपमा पनि उभ्याउनुपर्ने चुनौती आइपर्‍यो । म त्यसका निम्ति तयार भएँ। बितेको तीन वर्षदेखि म आफैं त्यो जग्गामा गएर कतै रुख रोप्ने त कतै खेती गर्ने काम गर्दै आएको छु । ७१ रोपनी (खोरिया, खरवारी, खर्क र खेत गरेर) जग्गामा मैले गाई, भैंसी, बाख्रापालनलाई पनि निरन्तरता दिइरहेको छु । गाउँकै एकजना भाइ डिल्लीरामले यो सबका निम्ति मलाई सघाइरहेका छन् । म बढीमा १० दिनको अवधि राखेर जहिल्यै खेतमा पुग्छु । पहिले पोखरा गएपछि म सरासर घरतिर लाग्थेँ । हिजोआज चाहिँ पोखरा ओर्लनेबित्तिकै सोझै गोठ जाने गरेको छु । त्यसैको ओतमा खाने, पकाउने, सुत्ने गर्दै आएको छु । मेरो यस्तो जीवनबारे काठमाडौंका साथीहरू पत्याउनै अप्ठेरो मान्छन् । उनीहरूलाई लगेर सँगै गोठमा बसालेपछि बेग्लै मजा पाएको सुनाउने गरेका छन्। इमानदारी पाराले खेती गरेर फाइदा चाहिँ नहुँदो रहेछ । खेत रोपेको पहिलो वर्ष मैले हिसाब निकाल्दा ७० हजार रुपैयाँ खर्च लागेको थियो । जबकि मंसिरमा धान काट्दा र हिसाब गर्दा ७१ हजार १ सय रुपैयाँ मात्र निस्क्यो । किरा नलागेको, असिना नपरेको अर्थात् राम्रो समयमा भएको खेतीको पनि नाफा जम्मा एक हजार एक सय रुपैयाँ हुँदो रहेछ । तै पनि मैले हिम्मत छाडेको छैन। दुनियाँको निम्ति कलाकार रहँदा रहँदै म कृषक पनि हुँ । र, म यसमा खुसी छुँ । (कुंराकानीमा आधारित) savar: m.setopati
घर मा पैसा पठाउने भनेको कतै देखिन भाउ कति रैछ कुन्नि ?

ये हजुर यता यता हजुर हरुको लागि प्रर्तेक दिन उपस्थित छौ !

Exchange Rate for 23 January, 2013

... Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.55
86.15
European euro
1
113.70
114.49
UK pound sterling
1
135.32
136.27
Swiss franc
1
91.84
92.49
Australian dollar
1
90.30
90.94
Canadian dollar
1
86.11
86.71
Singapore dollar
1
69.69
70.18
Japanese yen
10
9.64
9.71
Chinese renminbi (Yuan)
1
13.75
13.85
Saudi Arabian riyal
1
22.81
22.97
Qatari riyal
1
23.50
23.67
Thai baht
1
2.88
2.90
UAE Dirham
1
23.29
23.45
Malaysian ringgit
1
28.12
28.31
South Korean Won 100
8.05
8.10
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.10
Danish Krone
1
15.23
Hong Kong dollar
1
11.03

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.



एमाओवादी अध्यक्ष प्रचण्डले पोखरामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै विपक्षी दलहरु सहमतिमा नआए बाह्रबुँदे यताका सबै सम्झौताहरु च्यातिने बताउनुभएको छ ।
प्रचण्डले यसरी सम्झौता च्यात्न दिएको अभिव्यक्ति धम्कीमात्रै हो कि एमाओवादीले साँच्चै त्यसो गर्ला ?
-प्रदीप नेपाल, एमाले नेता
एमाले नेता प्रदीप नेपाल यतिबेला पार्टीभित्र भिन्न धारका नेता मानिनुहुन्छ । पार्टीमा आफूलाई लागेका कुरा बोल्न नडराउने नेता नेपाल यतिबेला आफ्नो पार्टी र नेपाली कांग्रेस लगायतले गरेको आन्दोलनप्रति सन्तुष्ट देखिनुहुन्न । एमाओवादी नेता प्रचण्डले पार्ने प्रलोभनमा नेताहरु फस्ने गरेको उहाँको आरोप छ । शुक्रबार पार्टी कार्यालय बल्खुमा अनलाइनखबरसँग कुराकानी गर्दै नेता नेपालले वार्ताको कुरै नगरी आन्दोलनमा जानुपर्ने र ‘रातो बिरालो’लाई पिटेरै तह लगाउनुपर्ने बताउनु भयो ।
विपक्षी दलहरुले आन्दोलनको घोषणा गर्नुको अर्थ अब वार्ता र संवादको सम्भावना पूरै सकिएको हो ?
वार्ताको सम्भावना अब पूर्णरुपमा सकिएको छ । तर, हाम्रा शीर्ष नेताहरुलाई आन्दोलन भनेर जेलाई भनिरहनुभएको छ, म चाँहि यसरी आन्दोलन होला भन्ने ठान्दिँन ।
किन ?
किनभने अहिलेसम्म पनि साथीहरुले सत्ताको प्रकृतिलाई चिन्न सक्नुभएको छैन वा चाहनुभएको छैन । अहिलेको लडाइँ भनेको निरंकुशतन्त्र भर्सेस लोकतन्त्र हो । अहिले एमाओवादीले सम्पूर्णरुपले निरंकुशताको अभ्यास गरिरहेको छ । हाम्रो विरोध बाबुराम वा प्रचण्डप्रति नभएर उहाँहरुले अख्तियार गरेको निरंकुशताप्रति हो । म दक्षिणपन्थी निरंकुशता र उग्र वामपन्थी निरंकुशतालाई एउटै ठान्छु । हिजो ज्ञानेन्द्रपथमा मुलुक गएपछि जसरी हामीले जनतासँग एकाकार भएर आन्दोलन गरेका थियौं, अहिले पनि त्यही उचाइमा गएर नगर्ने हो भने आन्दोलन हुँदैन ।
यो सरकार पनि ०५९ असोज १८ पछिको ज्ञानेन्द्रकै पालाको जस्तो हो भन्न खोज्नुभएको हो ?
मैले गत जेठ १५ को दिनलाई असोज १८ सँग तुलना गरेको छु ।
आफूसँग सहकार्य गरिरहेका दलले चलाएको सरकारलाई ज्ञानेन्द्रसँग तुलना गर्नका लागि के आधार छ ?
आधार छ । निर्वाचन आयोग रित्तिँदैछ भन्ने थाहा पाउँदा पाउँदै सिद्धियो । यसलाई कसरी जोगाउने भन्नेमा प्रतिपक्षहरुले पनि ध्यान दिएनन् । अब हेर्दै जानुहोला, सर्वोच्च अदालत पनि यसैगरी रित्तिन्छ । यो उग्र वामपन्थी चेत हामीले पनि भोगेर आएका हौं । आफूले भोगेको हुनाले मैले यसलाई छिटो देखेको हो कि । अहिले पनि पालुङटारको निर्णयबाट एमाओवादी नेताहरु बाहिरिनुभएको छैन । आजभोलि एमाओवादी नेताहरु जनताको संविधान भन्न थाल्नुभएको छ । निरंकुशता भनेको रातो भए पनि कालो भए पनि बिरालोले दूधै खान्छ । अहिलेको रातो बिरालो उग्र वामपन्थी निरंकुशता हो, यसलाई माया गर्नु हुन्न, यसलाई पनि हामीले चुटेरै तह लगाउनुपर्छ । हाम्रो झलनाथजीले घोडाबाट लतार्छौं भनेर भाषणचाहिँ गर्नुभएको छ, तर यसरी घोडाबाट लतार्ने आन्दोलन नै हुँदैन ।
यसको मतलब अहिले विपक्षीले घोषणा गरेको आन्दोलनको तरिका तपाईलाई चित्त बुझेको छैन ?
यो आन्दोलनको तरिकै ठीक भएन । यो सरकार निरंकुश छ, योसँग वार्ता होइन, आन्दोलनको भाषामात्रै बोल्न सकिन्छ । हामीलाई सत्ता चाहिएको छैन, हामीलाई लोकतन्त्र चाहिएको छ भनेर जानुभएन भने कोही पनि आउँदैनन् आन्दोलनमा । प्रधानमन्त्री फेर्न कोही आउँदैन । यो आन्दोलन प्रधानमन्त्री फेर्नका लागि होइन, शासन प्रणाली फेर्ने लडाइँ हो भनेर जानुपर्छ ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गल्ती भयो भन्ने लाग्न थालेको हो तपाइहरुलाई ?
यसमा त गल्ती भएको छैन । कि तपाईले निरन्तर हत्याको श्रंखला जारी रहन दिनुपर्दथ्यो, यात युद्धमा हराउने विदेशीहरुको सहायता लिनुपर्ने हुन्थ्यो । अहिले जतिसुकै गफ गरे पनि नेपाली सेनाले हराउन नसकेकै हो । दुबै विन-विन पोजिसनमै थिए । त्योबेला राष्ट्रलाई जोगाउन बाह्रबुँदे सम्झौता राम्रो काम भएको हो । पछि गिरिजाले एमालेलाई तह लगाउन माओवादीलाई ८४ सीट दिएर गल्ती गरे । प्रचण्डले गिरिजालाई राष्ट्रपतिको लोभ देखाए । गिरिजा मरेपछि माधव नेपाललाई प्रचण्डले एक रातभरि राष्ट्रपति बनाए । हरेक मान्छेलाई लोभ देखाएर माओवादीले आफ्नो पोजिसन यस्तो बनायो । माओवादीले चुनाव जितेर पनि आएको होइन । यो सबै कुरा गिरिजाले बाँचुञ्जेल बुझेनन् । उनी आफू पनि लडे, एमालेलाई पनि लडाए ।
तपाईको विचारमा विपक्षी दलहरु कहाँनेर चुकिरहेका छन् ?
समकालीन राजनीतिमा म प्रचण्डको कुबुद्धिलाई मान्छु । प्रचण्डमा बुद्धि भैदिएको भए उनी धेरै ठूला मान्छे हुन्थे । तर, उनी कुबुद्धि भएका मान्छे रहेछन् । उनी जसलाई पनि लफन्ड्याउँछन् । उनले गिरिजालाई पहिलो राष्ट्रपति बनाए, माधव नेपाललाई दोस्रो राष्ट्रपति बनाए । अस्ति उनैले सुशील जी तपाई तयार हुनोस् भन्दै उनलाई पनि प्रधानमन्त्री बनाइदिए । त्यसपछि नागरिक समाज नाम गरेका लोभीपापीहरुलाई पनि उनलाई प्रधानमन्त्री बनाइहाले । नागरिक समाजको गोप्य बैठक पनि चल्यो । उनले प्रधान न्यायाधीशलाई पनि प्रधानमन्त्री दिँदैनन् । बाबुरामको ठाउँमा प्रधानमन्त्री हुन लायक कोही छ भने त्यो प्रचण्डमात्र हो भन्ने उनको बुझाइ छ । यो सच्चाइलाई हाम्रा कुनै पनि नेताहरुले बुझेनन् । वहाँहरुलाई पालो आउँछ कि भन्ने भ्रम भैराखेको छ । तर, एमाओवादीले आफ्नो पार्टी र आफ्नो मान्छेबाहेक दोस्रोलाई पालो दिनेवाला छैन ।
त्यसोभए अब विपक्षी दलले के गर्नुपर्छ ?
अब वार्ता नगर्ने । वार्तारहितको आन्दोलन गर्नुपर्छ ।
सरकार फेर्नका लागि आन्दोलन गरिएको हैन भन्नका लागि त सुशील कोइरालाको नाम पनि प्रस्ताव गर्न भएन होला नि हैन ?
कसैलाई अगाडि सार्नुपर्दैन । हामीलाई लोकतन्त्र चाहिएको छ । तत्कालको मुद्दामा सुशील कोइरालाले लोकतन्त्रको प्रतिनिधित्व गर्छन् भने बाबुरामले निरंकुशतन्त्रको प्रतिनिधित्व गर्छन् भन्नसम्म सकिन्छ, तर मान्छेको नाम लिएर आन्दोलन गर्नु हुँदैन ।
विपक्षी दलहरुले दैलेखबाट आन्दोलन गर्ने बताएका छन्, तपाईको विचारमा अब कसरी जानुपर्छ ?
त्यो बेकार छ । जब महान्यायधिवक्ताको पत्र सार्वजनिक भयो, त्यतिबेलै महान्यायधिवक्ताको कार्यालय घेर्न जानुपर्दथ्यो । कार्यालयभित्र १२/१५ जना छिरेर यो चिठी किन लेखिस्, तुरुन्त फिर्ता गर् भन्न सक्नुपर्दथ्यो । यत्रो खतरनाक निरंकुशता देख्दादेख्दै पनि उनीहरु अझै वार्तै गर्ने भन्दैछन् । अहिलेसम्म पनि विपक्षी नेताहरुको दृष्टिकोण ठीक छैन । वार्ता र आन्दोलन कुनै धर्तीमा पनि सँगसँगै हुँदैन । कि आन्दोलनको प्रेसरले वार्तामा पुग्नुपर्छ, कि वार्ता गरेर आत्मसमर्पण गर्नुपर्छ । आन्दोलनको बलमा मात्रै वार्ता हुने हो । त्यसैले नेताहरुले आफ्नो सोच र चिन्तनलाई अझै परिमार्जन गर्न जरुरी छ ।
अब तपाईको विश्लेषणमा मुलुकमा के हुन्छ ? जेठमा चुनाब होला ?
म त ०७१ सालको बैसाखसम्म पनि चुनाव भएछ भने आश्चर्य मान्नेछु । जवसम्म एमाओवादी सत्ताबाट बहिर्गमन गर्दैन, तबसम्म चुनाबै हुँदैन । प्रचण्डले झुक्किएर भनिहाले, २५ वर्षसम्म शासन गरिन्छ । योचाहिँ उनको भित्री चेत बोलेको हो । यसलाई हामी कसैले पक्रन सकेनौं ।
अब आन्दोलनको एजेन्डा केलाई बनाउने त संविधानसभा पुनस्र्थापना भन्ने हो कि ?
हामीले ज्ञानेन्द्र विरुद्ध के आधारमा आन्दोलन गरेका थियौं, त्यति सम्झिए पुग्छ । त्यो दक्षिणपन्थी निरंकुशता थियो, यो उग्रपन्थी निरंकुशता हो ।
ज्ञानेन्द्रका पालामा प्रतिनिधिसभा पुनर्स्थापना स्पष्ट एजेन्डा थियो नि हैन र ?
त्यो त पछि गएर टुंगिएको हो, शुरुमै संसद्को पुनर्स्थापना गर्न कसैले भनेको थिएन । यो आन्दोलन पनि संविधानसभा पुनस्थापनामा पुग्दैन भन्न सकिन्न । किनभने संविधानसभालाई बलात् नै खोसिएको हो । तर, अहिल्यै संविधानसभा पुनस्थापनाका लागि आन्दोलन बढाउनुपर्छ भन्नु हुँदैन । हामीले निरंकुशताविरोधी आन्दोलन नै भन्नुपर्छ । पुनस्थापनाको पासा त प्रचण्डले फालिसकेकै छन् नि ।
आन्दोलन नै गर्ने भनिसकेपछि कुन एजेन्डामा जाने प्रस्थानविन्दु त चाहिएला नि ?
अहिले माग्दाखेरि केन्द्रीय होइन, स्थानीय चुनावको माग गर्नुपर्छ । हाल भैरहेको भ्रष्टाचार रोक्नका लागि पनि स्थानीय निकायको चुनाव जरुरी छ ।
आन्दोलनको केन्द्रीय एजेन्डा नि ?
अहिले म कुन ठाउँमा पुगेको छु भने सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ । यस्तो सरकारमा बस्ने मान्छेले चुनाव लड्न पाउँदैन । समानुपातिकमा पनि उसले आफ्नो नाम टाँस्न पाउँदैन र २६ जनामा पनि नाम हाल्न पाउँदैन । उसको अधिकार भनेको निर्वाचन आयोग गठन गर्ने र चुनाव गराउनेमात्र हुनुपर्छ । निर्वाचन एकैचोटि दुबै तहमा गराउनुपर्छ । तल छाडेर माथिको मात्रै चुनाव गराइनु हुँदैन । निर्वाचन आयोग रित्तिन लाग्दा विपक्षीले जोगाउन सकेनन् । प्रचण्डले पछि सहमतिमा बनाऔंला भनेर मख्ख पारेछन् । पहिले अरु कुरा नगर, चुनाव गर्ने भए निर्वाचन आयोग बनाऊ भन्न सक्नुपथ्र्यो। निर्वाचन आयोग नबनाउनेले कसरी चुनाव गर्छ ? प्रचण्डले जे भन्छन्, साथीहरु त्यसैमा बग्दै जानुभयो ।
तपाईले पूर्व प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउने त भन्नुभयो, तर नेपाली कांगेसले सुशीलको विकल्प खोज्न मान्ला र ?
नमान्लामात्रै होइन, रामचन्द्रजीले वार्ता र आन्दोलन सँगै लानुपर्छ भन्नुभएको छ । यो त वहाँहरुले बुझ्नुपर्यो नि । कांग्रेसले नमान्ला, प्रचण्डले नमान्लान्, कमल थापाले नमान्लान्, योसँग सरोकार राख्नुहँदैन ।
कांग्रेसको मात्रै के कुरा गर्नु एमालेकै बैठकमा माधव नेपालले यस्तो प्रस्ताव राख्दा नेताहरुले मानेनन् रे त ?
एउटै मान्छेका पछि लागिराख्दा कुरो नमिल्न पनि सक्छ भनेर माधवजीले भन्नुभएको हो । उहाँले बोल्नै पाउनुहुन्न त भन्ने मिलेन नि । म त शुरुदेखि नै बाबुरामको ठाउँमा केपी ओली, रामबहादुर, श्यामबहादुर भन्ने पक्षमै छैन । खास गरेर बिप्पा सम्झौतादेखि नै बाबुरामप्रति मेरो आशंका हो । इमिग्रेसन सुरक्षाको विषयमा पनि आशंका बढ्यो ।
विपक्षीको आन्दोलनमा उपेन्द्र यादवहरु आउनै लागेका थिए, सुशील कोइरालाकै कारण पछि हटे भन्ने छ नि ?
अहिले हामीले कांग्रेसलाई आन्दोलनबाट बाहिर जान दिनु हुँदैन । र, अरुलाई पनि दिनु हुँदैन । उपेन्द्र यादवहरु किन गए भन्ने मलाई नसोध्नु न नेताहरुलाई नै सोध्नोस् । त्यहीबेला माधव नेपालले अर्को मान्छेलाई बनाऔंला आउनोस् भनेको भए केही बिग्रन्नथ्यो । त्यहाँ केही नभन्ने अनि यहाँ (बल्खुमा) आएर भनेको भरमा मान्छेले मान्दैनन् । त्यही भएर उनीहरुले मानेनन् । आन्दोलन गर्ने हो भने सबैलाई समेट्न सक्नुपर्छ । सुसीलको नाम आउनेवित्तिकै माओवादी (वैद्यपक्ष) आन्दोलनमा आउँदैन । नेताहरुलाई यसबारे सामान्य ज्ञान हुनुपर्ने हो । मेरो विचारमा सबैलाई मान्य हुने नाम भनेको पूर्वप्रधानन्यायाधीश नै हुन् ।
तपाईको विचारमा अब यो आन्दोलन कहिले पार लाग्ला ? फागुन, चैत्र वा बैसाख ?
यो आन्दोलन मेरो हिसाबमा घटीमा दुईवर्ष, बढीमा पाँचवर्ष जान्छ । किनभने बाबुरामका प्रभु अन्तै छन् । प्रचण्ड पनि बाबुरामका प्रभु हैनन् । त्यसैले आन्दोलन दुईवर्षभन्दा ढी समयका लागि तय गरिनुपर्छ । आन्दोलनलाई राष्ट्रियतासँग जोड्नुपर्छ । तर, नेताहरु भारतको विरोध गर्न डराइराखेका छन् । त्यो भारतले के गर्छ ? हदैभए नेताका छोरोछोरीलाई छात्रवृत्ति दिन छाड्ला ।
०४६ सालको परिवर्तनपछि नेकपा एमाले नेपाली राजनीतिको उदीयमान शक्ति थियो, तर अहिलेको अवस्थामा आइपुग्नुको कारण के हो ?
जव ०५३ सालमा कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकारमा सामेल हुन हुन्छ भने हामीले पनि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा सामेल हुन मिल्छ भन्ने निर्णय जव स्थायी कमिटीले गर्‍यो, त्यही दिनबाट हामी स्खलनतिर लाग्यौं । त्यसपछि स्खलन निरन्तर अगाडि बढ्दै गयो ।
अहिले पनि विपक्षी गठबन्धनमा कार्यक्रमहरुमा एमाले अध्यक्ष झलनाथ खनालकै छेउमा सूर्यबहादुर थापा देखिनु त्यसैको सिलसिला हो ?
सरकार र आन्दोलन अलि फरक छ । जनताको बहुदलीय जनवादले दिएको शिक्षा के हो भने आफ्नो नेतृत्वमा आफ्नो कार्यक्रम लागू हुने गरी सरकारमा जान सकिन्छ । तर, अर्काको पार्टीको प्रधानमन्त्री भएपछि आफ्नो कार्यक्रम कसरी लाने ? आन्दोलन त बेग्लै पाटो हो, यसमा सिंगो शक्तिलाई परिचालन गर्नुपर्छ ।
एमालेमा स्खलनका अरु शिलसिला के हुन् ?
हामीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त बहुदलीय जनवाद हो भनेका छौं । यसो भनिसकेपछि हामीले मार्क्सवाद लेनिनवाद भनिरहनै पर्दैन । नेपालको मार्क्सवाद भनेकै जनताको बहुदलीय जनवाद हो । मचाहिँ मार्क्सवाद लेनिनवाद भनिरहन जरुरी छैन भन्छु, तर साथीहरुचाँहि तलको प्रतिवादलाई सम्झाउनै सक्नुहुन्न । महाधिवेशन हलमा पनि लेनिनको फोटो किन राखिएन भनेर हल्ला चलेपछि हतार-हतार ल्याइयो । लेनिनको तानाशाही संगठनात्मक सिद्धान्त हामीसँग मिल्दैन भन्न सक्नुपर्थ्यो ।
नेताभन्दा कार्यकर्ता अलि वायाँ रहेछन् हैन एमालेमा ?
वायाँ भन्दा पनि हामी पढ्दैनौं क्या । त्यही मदन भण्डारीकै रचना पढ्ने हो भने पनि सबै कुरो त्यहीँ छ । पढ्दीने हो भने समस्यै पर्नै थिएन । अर्को कुरा ६० वर्ष नाघेपछि मान्छे बूढो हुँदोरहेछ । उहिले माओत्सेतुङ्गको दर्शन पढेर आएको मान्छे मार्क्सबादी हुनै सक्दैन ।
भनेपछि एमालेको नेतृत्व तहमा नयाँ मान्छे नभएकाले पनि समस्या परिरहेको रहेछ हैन ?
एकदम । हिजो साथीहरुले ७० वर्ष पुगेपछि नेतृत्वमा नबस्ने भनेछन् । मैले त ६० वर्षपुगेपछि बस्न हुँदैन भनिराखेको छु । ६० वर्ष अवकाशको राम्रो उमेर हो । नेताहरु किन ७० को कुरो उठाइरहनुभएको छ भने उहाँहरु अझै एक कार्यकाल खान खोज्दै हुनुहुन्छ । यस्तो केटाकेटी काम पनि गर्न हुन्छ ? भारतमोहनजी बाहेक हाम्रा धेरै नेताहरु ००५ सालका छन् । अहिले ६५ भए, पाँचवर्षपछि ७० पुग्छन् । त्यसैले ७० वर्षसम्म खाइहालौं भन्ने योजनामा छन् ।



3

९ माघ, चितवन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले साहस भए १२ बुँदे सहमति च्यातेर देखाउन प्रचण्डलाई चुनौती दिनु भएको छ ।
प्रजातन्त्रका सेनानी स्व. श्यामकृष्ण प्रधानको १३ औँ दिनको पुण्यतिथिमा कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा सभापति कोइरालाले अन्य दलहरूलाई नधम्क्याउन र सक्ने भए फेरि जंगल फर्किएर देखाउन चुनौती दिनुभयो । हालै मात्र एमाओवादी अध्यष प्रचण्डले जेठमा चुनाव नगर्ने हो भने सबै सम्झौता च्यातेर विद्रोह गर्ने चेतावनी दिनु भएको थियो ।
उहाँले एमाओवादीले सर्वसत्तावादी चिन्तन नत्यागे आफैँ समाप्त भएर जाने चेतावनी दिनुभयो । कोइरालाले भन्नुभयो-माओवादीले सर्वसत्तावाद लाद्ने मानसिकता बिर्सन सकेन भने उसको हालत राणा, पञ्चायत र राजतन्त्रको जस्तो हुनेछ ।’ कांग्रेसलाई कसैले पनि छक्याएर र भुलाएर सर्वसत्तावादी शासन लाद्ने कुचेस्टा नगरे हुन्छ भन्दै उहाँले प्रजातन्त्रका मूलभूत कुरासँग सम्झौता गर्न नसक्ने बताउनुभयो ।
वर्तमान सरकारलाई परास्त गर्न आन्दोलन थालिएको भन्दै उहाँले आन्दोलन निणर्ायक बिन्दुमा पुगेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
९ माघ, काठमाडौं । सरकार गठनको अभियान रोकेर निष्कृय बसेका राष्ट्रपति डा. रामवरण यादवसँग सर्वपक्षीय सम्मेलन डाक्ने माग लिएर शीतलनिवास पुगेका लिम्बुवानका गैरलिम्बू नेता निराश बनेर फर्केका छन् । ‘राष्ट्रपतिज्यूले आफूसँग यस्तो अधिकार नभएको जवाफ दिनुभयो, अब उहाँ संवैधानिक भएर बस्ने विचारमा हुनुहुँदोरहेछ ।’ राष्ट्रपतिलाई भेटेर फर्केका लिम्बुवान मुक्ति मोर्चाका महासचिव पदम अधिकारीले मंगलबार अनलाइनखबरसँग भने ।
राष्ट्रपतिलाई भेट्न पूर्वाञ्चलबाट लिम्बुवान मुक्ति मोर्चाका महासचिव पदम अधिकारी, पिछडा वर्ग नेपालका अध्यक्ष शिवचरण चौधरी र कोचिला संयुक्त संघर्ष समितिका अध्यक्ष लेखराज खवास शीतलनिवास पुगेका थिए । उनीहरुले राष्ट्रपतिलाई सर्वपक्षीय सम्मेलन डाकेर नयाँ सरकार गठन गर्न आग्रह गरेका थिए । जवाफमा राष्ट्रपतिले प्रमुख राजनीतिक दलहरुको सिफारिसविना आफूले यस्तो काम गर्न नसक्ने जवाफसहित मिठाई खुवाएर फिर्ता पठाउनुभएको अधिकारीले जानकारी दिनुभयो ।
‘म दलीय सहमतिभन्दा अगाडि जान सक्दिँन । मूल धारका राजनीतिक दलहरु सहमत नभएसम्म मुलुक अगाडि जाँदैन । सवर्पपक्षीय भेला गर्ने मलाई अधिकारै छैन । मैले सिफारिसअनुसार गर्ने हो, दलहरुले सिफारिस गरे भनेमात्रै मबाट यस्तो हुन सक्छ ।’-राष्ट्रपतिको भनाइ उधृत गर्दै अधिकारीले भन्नुभयो, म चाँडै जनताको वीचमा आफ्ना कुराहरु राख्छु । तर, माओवादीको महाधिवेशन आएकाले प्रमुख पार्टी आन्तरिक जीवनमा व्यस्त भएका बेला हामीले असहयोग गर्नु हुँदैन ।’
भेटमा राष्ट्रपतिले पूर्वका क्षेत्रीय संगठनमा जातिवादी गन्ध देखिएको आफूले सुन्ने गरेको बताउनुभएको थियो । अधिकारीले लिम्वुवान मोर्चा जातीय नभएको राष्ट्रपतिलाई प्रष्ट पार्नुभएको थियो । अधिकारी महासचिव रहेको लिम्बुवान मुक्ति मोर्चासँग मिलेर ८ वटा साना क्षेत्रीय संगठनले संघीय लोकतान्त्रिक मोर्चासमेत बनाएका छन् । अधिकारी त्यसमा प्रवक्ता हुन् ।
यसैवीच सत्तारुढ संघीय गणतान्त्रिक मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहसँग पनि अधिकारीको समूहले वार्ता गरेको छ । वार्तामा सिंहले सत्तारुढ गठबन्धन पूर्ण नभएको भन्दै १७ गते राजधानीको आमसभापछि गठबन्धनलाई विस्तार गरी नयाँ शक्तिसँग सम्बन्ध विस्तार गर्ने आश्वास दिएको अधिकारीले बताउनुभयो । अधिकारीको टोलीले आफूहरुको मोर्चा पूर्वी नेपालको उदीयमान राजनीतिक शक्ति भएको भन्दै गठबन्धन मोर्चामा जनआधार नभएका स्वनामधारी दललाई समावेश गरिएको तर, आफूहरुलाई वास्ता नगरिएको गुनासो प्रवक्ता सिंहसमक्ष पोखेको थियो ।
९ माघ, काठमाडौं । सानातिनो सरसामान हराउनु त स्वाभाविकै हो, तर, सोमबार साँझ बहालवाला मन्त्रीको झण्डावाल गाडी मन्त्री निवासबाटै हराएपछि केहीबेर उपत्यकाका तीनै जिल्लाका प्रहरीवीच खैलाबैला मच्चियो । आफ्नो झण्डावाल गाडी हराएको भन्दै बहालवाला मन्त्रीले नै प्रहरीलाई खबर गरेपछि गाडी भाग्न सक्ने नाकाहरुमा तत्कालै सेटबाट खबर गरियो ।
हराएको झण्डावाल गाडी रहेछ, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवको । सो गाडी मन्त्री क्वार्टरबाटै हराएको प्रहरीलाई बताइएको थियो । आफूले चढ्दै आएको कालो रंगको सरकारी गाडी हराएको भन्दै मन्त्री यादवले सोमबार साँझ प्रहरीलाई खोजी गरिदिन भनेका थिए । हराएको सूचना आएको केही समयपछि मन्त्रीको झण्डासहितको गाडी प्रहरीले भक्तपुरको लोकन्थलीमा फेला पारेर मन्त्रिक्वाटर फर्काएको थियो ।
मन्त्रीले प्रहरीलाई नै उजुरी गर्नुपर्ने गरी गाडी लिएर बेपत्ता हुने मानिसचाहिँ अरु कोही नभएर मन्त्रीकै ज्वाइँ रहेछन् । प्रहरीले उनलाई मातेर भिल्लु भएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाका तर्फबाट समानुपातिक सभासद् बनेका यादव यतिबेला तमलोपा फुटाएर ‘तमलोपा नेपाल’का अध्यक्ष छन् । सर्लाही बसन्तपुर-५ का यादवले हालको बसोबास ललितपुरको टीकाथली-७ बताउने गरेका छन् । आफ्ना पाँच दाजुभाइ सगोलमा रहेकाले अंशवण्डा नभएको तर घर व्यवहार अलग रहेको बताउने मन्त्री यादवको सर्लाहीका विभिन्न गाविसमा २० विघा जग्गा रहेका छ । तर, हेटौडाको एक फाइनाइन्सबाट ५० हजार ऋण लिएर किनेको एउटा मोटर साइकलमात्रै साथमा रहेको मन्त्री यादवले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।
९ माघ, काठमाणडौ । चिनियाँ मूलकी अष्ट्रेलियन युवतीलाई बलात्कार गरेको अभियोगमा हङकङ अदालतले एक नेपालीलाई ४ बर्ष ९ महिना जेल सजायँको फैसला गरेको छ ।
नयाँ बर्ष सन् २०१३ को जनवरी एक तारिख साँझ प्रसिद्ध लनक्वाईफोङस्थित एक बारमा आएकी ग्राहकलाई बलात्कार गरेको अभियोगमा २८ बषिर्य संजिव गुरुङलाई हङकङको उच्च अदालतले जेल सजायँ सुनाएको त्यहाँको द स्टाण्डर्ड पत्रिकाले जनाएको छ ।
ग्राहकका रुपमा आएकी ती युवती बारमा मदिरा सेवन गरेर मातेकी थिइन् । मातेकी युवती ट्याक्सीमा होटल फर्किन लागेका बेला त्यहीं बारम्यानका रुपमा कार्यरत संजिवले पछ्याएका थिए । उनले वानचाईमा रहेको एक गेष्टहाउसमा लगेर गुदद्वारमा बलात्कार गरेका थिए ।
अर्ध बेहोस अबस्थामा रहेकी ती युवतीले गुदद्वारामा सहवास गर्न इन्कार गरेकी थिइन् । तर संजिवले जर्वजस्ती गरेको र गुदद्वारबाट रगत आउने गरि बलात्कार गरेको उनले अदालतसमक्ष बताएकी छिन् ।
पछि ती युवतीले एक पुरुष साथीको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी थिइन् । संजिवका वकिलले उनले नियतवस बलात्कार नगरेको दावी गरेका थिए । सात सदस्यीय बेन्चले उनलाई ५ बर्षको जेल सजायँ हुने फैसलाए सुनाए पनि संजिवले गरेको समाजसेवाको कामलाई समेत कदर गर्दै तीन महिना सजायँ घटाइएको थियो ।
८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र अराजकता र गुट हावी भएको भन्दै कठोर र निर्मम आत्मसघंर्ष गर्नु पर्ने प्रस्ताव गर्नु भएको छ । पार्टीको आसन्न महाधिवेशनमा पेश गर्ने आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले पार्टीमा देखिएको अराजकता र गुटबन्दीको मुख्य स्रोत व्यक्तिवादी अराजकता भएको बताउनुभएको हो ।
‘आज हाम्रो पार्टीमा देखिने अराजकता, अस्वस्थता र गुटबन्दीको मुख्य स्रोत हामी आफूभित्रै चिन्तन र व्यवहारमा विस्तारै पलाउँदै गएको व्यक्तिवादी अराजकतावाद हो’ प्रतिवेदनमा भनिएको छ-’आफ्नो पद र प्रतिष्ठाका लागि मात्र चिन्ता गर्नु, पार्टीभित्र घुर्की, धम्की र बार्गेनिङ गर्नु, आफ्नो र परिवारको सुरक्षा र सुविधाको ग्यारेन्टी खोज्नु, आफूभन्दा तल नोकरशाही बन्नु तथा आफूभन्दा माथि दलाली गर्नु, आलोचना सहन नसक्नु व्यक्तिवादी अराजकवादका उदाहरण हुन् ।’ गुटहरुको अन्त्य गर्नु पर्नेमा जोड दिँदै प्रचण्डले प्रतिवेदनमा भन्नुभएको छ-’दुश्मनको चौतर्फी घेरावन्दीमा रहेको सर्वहारा वर्गको पार्टीले आफैंभित्र रहेको व्यक्तिवादका विरुद्ध कठोर र निर्मम आत्मसंघर्ष र विचारधारात्मक संघर्ष नगरिकन क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सम्भव छैन ।’
पार्टीमा कुनै पद्दति छैन
प्रचण्डले आफ्नो प्रतिवेदनमा एमाओवादीमा कुनै पद्दति नरहेको र गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाएको उल्लेख गर्नु भएको छ । ‘पार्टीमा संगठनात्मक कुनै पद्दति छैन । व्यक्तिहरु कमिटी मातहत छैनन्, पार्टीका तल्लो कमिटीहरु र माथिल्लो कमिटीबीच सम्वन्ध छैन । न त सर्वसम्मत छ, न बहुमत-अल्पमत नै छ’ प्रतिवेदनमा भनिएको छ- ‘गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाइरहेको छ । यो कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र विधिको ठाडो उल्लंघन हो । पार्टी निर्माण गर्न गुटको अन्त्य हुनै पर्छ ।’ आलोचनाको स्वतन्त्रता र कामकाजमा एकरुपताको मान्यता नै जनवादी केन्द्रीयताको मर्म भएको भन्दै प्रचण्डले आलोचनाको स्वतन्त्रतालाई अराजकतासम्म तन्काउने र कामकाजको एकरुपतालाई तानाशाहीको अर्थ लगाउने काम अवसरवाद भएको बताउनुभएको छ । पार्टीमा नेतृत्वको अवमूल्यन, बदनाम गर्ने र खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै प्रचण्डले नेतृत्वको आलोचना, उसलाई रुपान्तरण गर्न हुनुपर्ने न कि अन्तरध्वंश गर्न होइन भन्नुभएको छ । पार्टी कमिटीहरु अस्तव्यस्त रहेको र जसका कारण कार्यकार्ता परिचालन र जनपरिचालन शून्य जस्तो भएको प्रतिवेदनमा उल्लेख छ । पार्टीमा अनुशासनहीनता बढेको, जनवादी कार्यशैलीबाट विचलित भएको, आर्थिक प्रलोभन र अपारदर्शिता तथा समाजिक विकृति देखिन थालेको भन्दै प्रचण्डले आलोचना गर्नु भएको छ ।
अलपत्र कार्यकर्तालाई के गर्ने ?
एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा कार्यकर्ताको संरक्षण र व्यवस्थापनमा गम्भीर समस्या देखिएको स्वीकार गर्नु भएको छ । पूर्वजनमुक्ति सेनालाई अझै पार्टीमा संगठित गर्न नसकिएो भन्दै उहाँले भन्नु भएको छ-’हजारौं जनमुक्ति सेनाका कमाण्डर तथा सदस्यहरु आज पनि कमिटीविहीन र जिम्मेवारीविहीन छन् । यो अवस्था लामो समय राख्नु हुन्न ।’ प्रचण्डले पूर्वजनमुक्ति सेना, बाईसीएल र जनवर्गीग मोचर्चासहिको सहभागितामा फरक स्वरुपमा पार्टीको नेतृत्वमा स्थानीय सत्ता बनाउन प्रस्ताव गर्नु भएको छ ।
८ माघ, काठमाडौं । लोडसेडिङ दैनिक १४ घण्टा पुगेकै बेला राजधानीमा नवीकरणीय उर्जा सप्ताह शुरु भएको छ । आइतबारदेखि शुरु भएको प्रदर्शनीमा लोडसेडिङको बेला काम लाग्ने र देशमा उर्जा संकट टार्न सक्ने थरीथरीका सामान राखिएका छन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको आयोजनामा भएको प्रदर्शनीमा वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संघसंस्था र कम्पनीले भाग लिएका छन् । भृकुटीमण्डपमा आइतबार र सोमबार भएको प्रदर्शनीमा अवलोकनकर्ताको थामिनसक्नुको भीड थियो ।
मंगलबारदेखि राजधानी बाहिरका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने तयारी छ । केन्द्रका सहायक निर्देशक राजु लौडारीका अनुसार गाउँ र शहर सबैतिर काम लाग्ने थरीथरीका वैकल्पिक उर्जाका उपकरण बजारमा आइसकेका छन् । धनीका लागि हुने महंगो र गरीबले खोज्ने सस्ता खालका उपकरण पनि छन् । जसले उर्जा संकट समाधानका लागि सहयोग पुर्याउन सक्छन् ।
कस्ता र कति दामका ?
१. सौर्य उर्जा -
सूर्यको किरणबाट बत्ति बाल्न, तातो दिन र खानेकुरा पकाउन -कुकर) मिल्ने उपकरण बजारमा छन् । सोलार त धेरैले प्रयोग गरिरहेका छन् । विस्तारै कुकर अर्थात हिटरको प्रयोग पनि बढिरहेको छ । कुकर र हिटर उच्च पहाडी क्षेत्रमा उपयोगी मानिएको छ । यसको मूल्य तीन/चार हजारदेखि १७/१८ हजारसम्म पर्ने विक्रेताहरुको भनाइ छ ।
यस्तै ४ वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार १३/१४ हजार रुपैंयामै जडान गर्न सकिन्छ । टेलिभिजन, ल्यापटप चलाउन तथा १०/१२ वटा बत्ति बाल्न मिल्ने सोलार जडान गर्न ६०/६५ हजार रुपैंया खर्च हुन्छ । २ सय वाटको सोलार जडान गर्न डेढ लाख रुपैंयाभन्दा बढी लाग्छ ।
यस्तै पानी तान्न मिल्ने सोलार पनि बजारमा पाइन्छ । जसको मूल्य ४० हजार रुपैंया पर्छ ।
२. बायो ग्यास
गाउँमा मलमूत्रबाट र शहरमा फोहोरबाट ग्यास निकाल्न मिल्ने दुईथरि प्रविधि भित्रिएका छन् । शहरी क्षेत्रमा भान्साबाट निस्केको फोहोरलाई सदुपयोग गरेर ग्यास निकाल्ने प्रविधि भर्खरै भित्रिएको हो । यो प्रविधि जडान गर्न झण्डै २५ हजार रुपैंया खर्च हुने वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले जनाएको छ ।
यसमा सरकारले अनुदानको व्यवस्था समेत गरेको छ । त्यसो गर्दा १५ हजार रुपैंयामा यो बनाउन सकिन्छ । राजधानीका कतिपय घरमा अहिले यस्तै प्रविधिबाट उर्जा निकाल्ने गरिएको छ ।गाउँघरमा गोबरग्यास बनाउन पनि सरकारले अनुदान दिँदै आएको छ । ४ घनमिटरको गोबरग्यास निर्माण गर्न झण्डै ३५ हजार रुपैंया लाग्छ ।
३. सुधारिएको चुल्हो
भान्साभित्र धुवाँमुक्त बनाउने माटो र धातुका चुल्होको प्रयोग पनि बढेको छ । माटोको चुल्हो बनाउन बढीमा एकहजार रुपैंया खर्च हुन्छ । धातुको चुल्होलाई ६/७ हजार रुपैंया पर्छ ।सुधारिएको चुल्होबाट आधा घण्टामा सातआठ जना परिवारको लागि भात पकाउन सकिन्छ । यसमा कम दाउराबाट समेत धेरै उर्जा निकाल्न सकिन्छ ।
४. लघु जलविद्युत्त
गाउँठाउँमा पछिल्लोपटक लघु जलविद्युत्त आयोजना निर्माणको काम तीव्र रुपमा भैरहेको छ । लघु जलविद्युत्त भएका ठाउँमा लोडसेडिङ पनि हुँदैन । १ किलोवाट लघु जलविद्युत्त बनाउन ४/५ लाख रुपैंया खर्च हुन्छ ।अहिले देशका सबै ठाउँमा गरी २५ सय लघु जलविद्युत्त संयन्त्र स्थापना भएका छन् ।
यसबाट २० हजार किलोवाट बिजुली उत्पादन हुँदै आएको छ । २ लाख जनसंख्याले लघु जलविद्युत्तबाट बिजुली बालेका छन् ।
५. विद्युत्तीय मोटर
पेट्रोल र डिजेलको बढ्दो परनिर्भरता हटाउन विद्युत्तीय गाडीको प्रयोग पनि विस्तारै बढ्दैछ । प्रदर्शनीमा विद्युत्ती साइकल, स्कुटर, कार र सानो खालको मिनीबस समेत राखिएको छ । स्कूटरको ७० हजार तथा विद्युत्तीय कारको १० लाखदेखि १९ लाख ५० हजारसम्मको मूल्य पर्ने विक्रेताको भनाई छ ।
यस्तै १४ सिट क्षमताको विद्युत्तीय मिनीबसको मूल्य १४ लाख रुपैंया छ । सानो खालको विद्युत्तीय कार राजधानीका सडकमा अहिले पनि देख्न पाइन्छ । एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्मलाई हुन्छ । त्यसभन्दा बढी दूरी पार गर्न बीचमा रोकेर फेरि चार्ज गर्नुपर्ने हुन्छ ।
६. वायु उर्जा
नेपालमा वायु उर्जाको सम्भावना धेरै भएपनि परीक्षणको रुपमा मात्रै यसको काम भैरहेको छ । संस्थागत या सामुदायिक रुपमा ६ लाख रुपैंया खर्च गर्ने हो भने नियमित हावा चल्ने ठाउँमा वायु उर्जाको माध्यमबाट उर्जा निकाल्न सकिन्छ ।
८ माघ, हेटौंडा । आफ्नै छोरीलाई बलात्कार गर्ने भैसेका शुक्रबहादुर नेगीलाई जिल्ला अदालत मकवानपुरले १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । साथै छोरीलाई २ लाख क्षतिपूर्ति दिन आदेश दिएको छ ।
न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमबार नेगीले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गरेको हो । इजलासले नाबालिकलाई बलात्कार गरेकोमा ८ वर्ष र हाडनातामा जबरजस्ती करणी गरेकोमा १० वर्ष गरी १८ वर्षको कैदको फैसला सुनाएको हो ।
नेगीले गत वर्ष माघमा घरमा कोही नभएको मौका छोपी खुर्पा देखाएर छोरीको बलात्कार गरेका थिए । पीडितले आमालाई भनेपछि स्थानीयले नेगीलाई पक्राउ गरी प्रहरीकोमा बुझाएको थियो ।
८ माघ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधीकरणको आयुक्तबाट हटाइएका केशव स्थापितले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ । उहाँले आफूलाई हटाउनमा हिसिला यमीको हात रहेको प्रतिक्रिया दिनुभएको छ ।
स्थापितले प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर सोमबार सर्वोच्चमा रिट दारय गर्नु भएको हो । ‘ममाथि अन्याय भयो, न्याय पाउँ भनेर अदालत गएको हुँ’ स्थापितले अनलाइनखबरसँग भन्नुभयो-’सक्षम मान्छेलाई असक्षम भनेर त हटाउन पाइएन नि ।’
बिहीबार मन्त्रिपरिषद्ले स्थापितलाई हटाएर योगेश्वरकृष्ण पराजुलीलाई प्राधीकरणको आयुक्तमा नियुक्त गरेको थियो । स्थापितको कामको मूल्यांकन गर्न गठित प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा सरकारले उनलाई हटाउने निर्णय गरेको थियो ।
पैसा नदिने, नतिजा मात्र खोजेर हुन्छ ?
स्थापितले आफूलाई नियुक्त गर्दाको प्रतिवद्धता विपरित रकम निकासा नगरेको भन्दै नतिजा दिने गरी काम नगरेको भन्ने आरोप अस्वीकार गर्नुभयो । मलाई नियुक्त गर्न यो वर्ष १ अर्ब रुपैयाँ दिन्छु भन्नु भएको थियो प्रधानमन्त्रीले तर, अहिलेसम्म एक रुपैयाँ आएको छैन’ थापितले अनलाइनखबरसँग भन्नुभयो-’कार्यालयमा कर्मचारी छैनन् । यतिसम्मकी कार्यालयको मेच, टेबलदेखि बाथरुमको टावल र साबुनसमेत मैले घरबाटै लैजानु परेको छ । अनि युद्ध जितेर आइज भनेर हुन्छ ?’ स्थापितले आफूले सिफारिस गरेका योजना र कार्यालयको संरचना अनुमोदन नगरेर प्रधानमन्त्री स्वयंमले असहयोग गरेको गुनासो गर्नुभयो ।
आफ्नो पहलमा सुकुम्बासी समस्या समाधानका लागि ५० हजार डलर दिने विदेशी प्रस्ताव असवीकार गरेको, १ अर्बको प्रस्ताव नमानेको भन्दै उहाँले भन्नुभयो-’मैले सुकुम्बासी समस्या समाधानका लागि अघि सारेका विकल्पहरु पनि स्वीकार नगर्ने अनि रकम पनि नदिने ?’ भौतिक विकास समितिमार्फत सिफारिस भएका योजनाहरु समेत पास नगरेको भन्दै उहाँले आफू अहिले पनि सक्षम रहेको दाबी गर्नुभयो ।
हिसिला र जानुकाको आलोचना
स्थापितले आफूलाई हटाउन प्रधानमन्त्री पत्नी हिसिला यमी र उनकी स्वकीय सचिव जानुकाले भूमिका खेलेको आरोप लगाउनुभयो । ‘सुरुबाटै हिसिलाजीले काम गर्न सक्नु भएन भन्दै आउनुभएको हो’ स्थापितले भन्नुभयो-’उहाँको स्वकीय सचिवले पनि भूमिका खेल्नु भो ।’
८ माघ, काठमाडौं । बेलायती अदालतले गोरखा सैनिकका १८ वर्ष माथिका सन्तानलाई आवासीय भिसा उपलब्ध गराउन सोमबार बेलायती सरकारलाई आदेश दिएको छ । अदालतको यो आदेशलाई भूतपूर्व गोरखा सैनिक संघ (गेसो)ले आफूहरुको ऐतिहासिक जीत बताएको छ ।सन् २००९ मे २१ बाट बेलायत सरकारले गोरखा सैनिक र तिनका १८ वर्ष मुनिका सन्तानलाई मात्र आवासीय भिसा दिने नीति लागू गरेपछि परेको मुद्दामा लण्डनस्थित कोर्ट अफ अपील द मास्टर अफ रोल्सले १८ वर्ष माथिकालाई पनि आवासीय भिसा उपलब्ध गराउन आदेश दिएको हो ।
गेसोको लामो न्यायिक संघर्षपछि २१ मे २००९ मा सबै गोरखा सैनिक र तिनका परिवारले आवासीय भिसा पाउँने व्यवस्था गरिएको भए पनि गोरखा सैनिकका सन्तानको हकमा १८ बर्षभन्दा मुनिकाले मात्रै आवासीय भिसा पाउने व्यवस्था गरेर बि्रटिस सरकारले विभेद गर्दै आएको थियो । ‘वरिष्ठ न्यायाधीश लर्ड जस्टीस डाईसनको एकल इजलासले गेसो र गोरखाहरुको पक्षमा फैसला गरेको छ । बि्रटिस शासकले नेपालीहरु माथि करिब २ सय बर्षदेखि गर्दै आएको चरम अन्याय र शोषण बिरुद्धको अर्को महत्वपूर्ण न्यायिक विजयको रुपमा हामीले लिएका छौं ।’ -गेसोका सभापति पदमहादुर गुरुङ्ग र महासचिव महेन्द्रलाल राईद्वारा सोमबार जारी प्रेस वक्तव्यमा भनिएकोछ, ‘यसलाई केवल गोरखा सैनिक र नेपालीहरुको जित मात्रै नभएर संसारभरिका न्याय र मानवअधिकारका पक्षधरहरुको विजयका रुपमा लिएका छौं ।’
हो एण्ड को सोलीसिटर्स ल र्फमले हालेको मुद्दामा बेलायती समयअनुसार सोमबार १० बजेर ३ मीनेट जाँदा लण्डनस्थित कोर्ट अफ अपिल द मास्टर अफ द रोल्सले गेसोको पक्षमा ऐतिहासिक फैसला गदै १८ बर्षभन्दा माथिकालाई पनि आवासीय भिसा दिन आदेश दिएको गेसोले जनाएको छ ।
८ माघ, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रपतिले प्रतिस्थापन गर्ने आशमा मंसिरको पहिलो साता आन्दोलन स्थगन गरेका विपक्षी दलहरु फेरि शनिबारदेखि सडक आन्दोलनमै फर्किएका छन् । तथापि प्रधानमन्त्रीलाई भने यतिबेला शीतलनिवास भन्दा सर्वोच्च अदालतबाट अप्ठ्यारो पर्न थालेको छ ।
विपक्षी दलले शीतलनिवासबाट पछि र्फकेर सडक आन्दोलनमा जाने निर्णय गरेकै बेला पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका प्रधानमन्त्रीलाई पक्राउ गर्ने आदेश दियो । नेपालको सर्वाेच्च अदालतले पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अवहेलना मुद्दामा ७ दिनभित्र आफैं हाजिर हुन भनेको छ । यो घटनाले कतिपयको आशा शीतलनिवासबाट सर्वाेच्च अदालततर्फ मोडेको छ । कतै अदालतले बाबुरामलाई पनि जेल त हाल्दैन ? विगतमा नेपाली राजनीतिमा पाकिस्तानले प्रभाव पारेकै थियो । पाकिस्तानी पूर्वराष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई मृत्युदण्डको सजायँ सुनाएको निहुँबाटै ०३६ सालमा नेपालमा विद्यार्थी आन्दोलन उठेको थियो ।
सहमतिबाटै हट्न नमानेपछि भट्टराई सरकारलाई विनाआन्दोलन कुर्सीबाट झार्ने चाबी शीतलनिवासमै थियो । शीतलनिवासले संविधानको धारा ३८ (१) को प्रयोग महिनादिनसम्म गर्‍यो, तर सहमतिविना एमाओवादीलाई बाइपास गरेर निर्णय लिने आँट गरेन । विगत संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमतको समर्थनका आधारमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयन गरेको भए के हुन्थ्यो ? संभवतः त्यसपछिको सम्भावित मुठभेडलाई आँकलन गरेर राष्ट्रपति कार्यालय एक महिनापछि ‘ब्याक’ भएको हो ।
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीलाई थुन्ने आदेश दिएमा वा यो सरकारलाई अवैधानिक घोषणा गरिदिएमा अदालतको त्यस्तो निर्णयको बर्खिलाप कार्यपालिकाले गर्न सक्दैन । विगतमा संविधानसभाजस्तो जननिर्वाचित संस्था पनि अदालतकै आदेशले विघटन भएको हो । यो आदेशमाथि पुनर्विचार गर्न प्रधानमन्त्रीले दिएको पुनरावेदनको दरपीठ सर्वोच्चले दर्तै लिन मानेन । यसरी जननिर्वाचित संविधानसभा ढालेको सर्वाेच्च अदालतले अब सरकार पनि ढाल्यो भने के होला ?
न्याउरी मारी पछुतो
स्रोतहरुका अनुसार संविधानसभाको म्याद नथप्न आदेश दिएको सर्वोच्च अदालत यतिबेला आफैं पछुताइरहेको छ । अदालतको यस्तो आदेशले मुलुकलाई निकास दिनुको साटो झनै ठूलो संवैधानिक संकटतर्फ धकेलिदिएकाले अदालत यसरी पछुताएको हुनुपर्छ । अदालतका कारण संविधानसभा स्वतः विघटन भएपछि यतिबेला संवैधानिक निकायहरु रित्तिदै गएका छन् । स्वयं सर्वोच्च अदालत खाली हुन लागेको छ । अदालतमा प्रधान न्यायाधीशसहित ७ जनाको टिममात्रै बाँकी छ । आफूले गरेको फैसलाले यसरी मुलुकलाई संवैधानिक जटिलतामा धकेल्छ भन्ने पूर्वानुमान गरेको भए सर्वोच्चले संविधानसभाको म्याद बढाउन नपाइने गर्ने फैसला सायदै सुनाउने थियो ।
अहिले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री र महान्यायधिवक्तालाई सामान्य दण्ड सजायँ सुनाएर नैतिक दवाब सिर्जना गरी अदालतले आन्दोलनकारीलाई मनोवैज्ञानिक उर्जा दिन सक्ने भएता पनि सरकारलाई अबैध करारै गरेर अर्को सरकारको बाटो खोल्ने तहसम्म सर्वोच्च अदालत जाँदैन भन्नेमा सत्तारुढ नेताहरु ढुक्क देखिन्छन् । अदालतको आदेशलाई कार्यपालिकाले टेरेन भने यसले मुलुकमा अर्को जटिल परिस्थिति उत्पन्न हुन सक्छ भन्नेमा अदालतले विचार गर्नेछ भन्ने सत्तारुढ नेताहरुको विश्वास छ भने केही विपक्षीहरु चाँहि अदालतले नै यो सरकारलाई ठेगान लगाइदिए बेस हुने थियो भन्ने आशमा छन् ।
सर्वोच्च अदालत ‘प्राक्टिस’मा लोकतान्त्रिक भएन- भुसाल
कानुनविद्, पूर्वसभासद् एवं कांग्रेस नेतृ पुष्पा भुसाल सर्वोच्च अदालतले कानुनमा नलेखेका विषयमा नबोलिदिँदा समस्या आउने गरेको बताउनुहुन्छ । कार्यपालिका र व्यवस्थापिकाबाट लोकतन्त्रमा समस्या परेका बेला अदालतले संविधानको व्याख्या गर्नुपर्ने र यस्तो विषयमा मौन बस्न नहुने भुसालको जिकिर छ । ‘बाबुराम सरकारले जेठ १४ गते गरेको चुनाव घोषणा नै असंवैधानिक थियो, यस्तो विषयमा निवेदन नै नपरे पनि अदालतले बोलिदिनुपथ्र्याे । सरकारले संविधान मिच्दा अदालतले बोलिदिने हो भने अहिलेको स्थिति आउने थिएन ।’ भसालको गुनासो छ- ‘संविधानको संरक्षकका रुपमा रहेको हाम्रो सर्वोच्च अदालत पनि प्रजातन्त्रको ‘प्राक्टिस’मा दलहरुजस्तै कमजोर देखिने गरेको छ । संविधान र कानूनमा उल्लेख नभए पनि लोकतन्त्रको रक्षाका लागि अदालतले चुनावको घोषणालाई असंवैधानिक ठहर गरेर नजीर बनाउन सक्थ्यो, तर यसमा सर्वोच्च अदालत मौन बसिदियो ।’
अदालत सरकारको बैधानिकतामा प्रवेश गर्दैन- संविधानविद्
संविधानविद् डा. भीमार्जुन आचार्य सर्वोच्च अदालत अहिले सरकारको बैधानिकताको विषयमा प्रवेशै नगर्ने बताउनुहुन्छ । ‘पाकिस्तान र यहाँको विषय फरक छ, अदालतमा प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा मात्रै परेको हुनालेसरकारको वैधानिकताबारे अदालत प्रवेश गर्दैन ।’ आचार्यले अनलाइनखबरसँग भन्नुभयो-’अवहेलना मुद्दामा विगतमा मन्त्रीलाई केही रुपैयाँ जरिवाना सुनाइएको थियो, त्यस्तोसम्म हुन सक्छ, तर यो राजनीतिक विषयमा अदालतले सरकारको बैधानिकतामाथि प्रश्न उठाउने अनुमान लगाउनु गलत हुन्छ ।’
त्यसैगरी अर्का संविधानविद् एवं पूर्व सभासद् अग्नि खरेल सर्वोच्च अदालतले नबोल्नुपर्ने विषयमा विगतमा बोल्ने गरेको गुनासो गर्दै हामीले सार्वभौमसत्ता जनतामा छ भनिसकेपछि समाधान खोज्न अदालततिर लाग्नै नहुने बताउनुहुन्छ । ‘सरकारको बैधानिकताबारे अदालतमा मुद्दा परेको छैन, यस्तो राजनीतिक विषयमा अदालतले बोलन मिल्दैन । तर, विगतमा नबोल्नुपर्ने विषयमा सर्वोच्चले बोल्ने गरेको पाइन्छ । संविधानसभाको म्याद सिध्याउने गरी विगतमा सर्वोच्चले बोल्नै हुँदैनथ्यो ।’ खरेलले अनलाइनखबरसँग भन्नुभयो- ‘सरकार ढाल्ने अवको बाटो जनआन्दोलन नै हो, अदालततिर हामीले र्फकनै हुँदैन ।
‘प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अवहेलना मुद्दा परेको हुनाले अदालतले यसमा सजायँ सुनाउन सक्ने र त्यसरी अदालतले सजायँ गरेको व्यक्ति प्रधानमन्त्रीको पदमा बस्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न उब्जन सक्छ ।’- नेकपा एमालेका नेतासमेत रहनुभएका खरेलले अनलाइनखबरसँग भन्नुभयो । पाकिस्तानमा जसरी अदालतले प्रधानमन्त्रीलाई हटाउने आदेश गर्न सक्छ भन्ने भाषणहरु सुन्न थालिएको छ नि भन्ने प्रश्नमा खरेलले भन्नुभयो- ‘गफै त जे गरे पनि हुन्छ ।’




53

८ माघ, काठमाडौं । पहिलोपटक ट्वीटर चलाएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार एकदिनमा ६ पटक ट्वीट गर्न भ्याउनुभएको छ । जसमा प्रधानमन्त्रीले आलोचकबाट आफूलाई प्रतिरक्षा गर्नुका साथै लोडसेडिङ न्यूनीकरण गर्न भारतबाट बिजुली ल्याउने कोशिस भैरहेको जानकारी दिनुभएको छ ।
आफ्नो नयाँ ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री भट्टराईले भन्नुभएको छ, ‘हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं । इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ । भारतबाट थप ७० मे.वा. बिजुली ल्याउने कोशिस भैरहेको छ ।’ लोडसेडिङसम्बन्धी प्रधानमन्त्रीको ट्वीटबारे बालुवाटार स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीले भारतीयहरुको उच्च तहमा सम्पर्क गरेर विद्युत उपलब्ध गराउन आग्रह गरेको र केही दिनमै ७० मेघावाट विद्युत नेपालले पाउने र लोडसेडिङ केही कम हुने स्रोतले दाबी गर्यो ।
प्रधानमन्त्रीद्वारा लालध्वजका नाममा आइतबार ट्वीटर अकाउन्ट खोलिएपछि आएका प्रतिक्रियाहरुलाई जवाफ दिँदै ट्वीटरमा लेखिएको छ- ‘युद्धको मर्म बुझेकाले मात्र शन्ति दिन सक्छ । सम्राट अशोक सबभन्दा ठूला शान्ति दूत बनेका थिए । त्यसैले लाध्वजबाट आशंकित नबनौं ।’आलोचकहरुसँग प्रधानमन्त्रीको आग्रह छ, ‘साथीहरु वास्तविक नेता आलोचनादेखि डराउँदैन, म रचनात्मक आलोचनालाई स्वागत गर्छु । तर, कृपया आधारहीन बदनामी नगरिदिनुहोला ।’
यसैगरी प्रधानमन्त्री भट्टराईले ट्वीट गर्नु भएको छ- ‘द्वन्द्वकालका मुद्दाहरु संक्रमणकालीन न्यायका आधारमा निम्ट्याइनुपर्छ, परम्परागत फौजदारी न्यायप्रणालीको संयन्त्रमार्फत् होइन ।’

युवायुवतीलाई पोर्न सामाग्री हेर्ने लत बस्ने गरेको कुरा त सुनिएकै हो । तर हुँदाहुँदा बाँदरलाई समेत ब्लु फिल्म हेर्ने बानी बसेको खबर सुन्नुपरेको छ । हो, स्पेनको एक चिडियाखानामा रहेको गिना नामको चिम्पाञ्जीलाई टेलिभिजनमा ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने लत बसिसकेको छ ।
सेभिली चिडियाखानाको उक्त पोथी चिम्पाञ्जी चिडियाघरमा राखिएको टेलिभिजनमा पोर्न सामाग्री प्रशारण हुने टेलिभिजन च्यानल हेर्न मन पराउँछ । अझ अचम्मको कुरा त के भने उसको नजिकै रिमोट राखिदियो भने चिम्पाञ्जीले आफै रिमोट चलाएर पोर्न च्यानल टयुन गरेर मज्जाले हेर्नेगर्छ ।
चिडियाघरको त्यस चिम्पाञ्जी मानिसको अश्लील सामाग्री हेर्ने लतमा फसेको कुरा एकजना बाँदरविज्ञ पाब्लो हेरेओसले पत्ता लगाएका हुन् ।
चिडियाखानाको आफ्नो अध्ययनका क्रममा उनले त्यहाँ रहेका जिवजन्तुहरुको आनीबानीको सर्भे गरेका थिए । त्यसक्रममा उनले गिना चिम्पाञ्जीको बानी व्यहोरा देखेर तिनछक परे । त्यो पोथी चिम्पाञ्जी त्यसरी अश्लीलताको पारखी छ भन्ने कुरा आफुले कल्पना सम्म नगरेको उनी बताउँछन् ।
चिम्पाञ्जीमा स्वभावतः यौन इच्छा हुने र त्यो लगभग मानिसकै सँग मिल्ने भन्दै उनले चिडियाखानाको पिञ्जडामा एक्लै थुनिएर बसेको उक्त चिम्पाञ्जीले यौनको भोक मेटाउन पोर्न सामाग्री हेर्न मन गर्ने गरको ठहर गरे । उसलाई यौनेच्छा पूर्तिका लागि विभिन्न खेलौनाहरु लगायतका सामाग्री दिनुपर्ने उनको सुझाव छ ।
यसैबीच गिनाको चाहनालाई मध्यनजर गरी उसको रातलाई रंगीन बनाउन चिडियाखानाका अधिकारीहरुले उक्त चिम्पाञ्जी राखिएको कोठामा टेलिभिजन जडान गरिदिने निर्णय गरे । चिम्पाञ्जीले मात्र हेर्न सक्ने गरी उक्त कोठामा टेलिभिजन जडान गरियो र रिमोट कन्टोल पनि कोठामै राखियो ।
गिनालाई पनि मज्जै भयो रातको समयमा आफैले रिमोट चलाएर च्यानल चेन्ज गर्दै टिभीमा पोर्न च्यानल खोलेर आनन्दका साथ अश्लील दृश्यहरु हेर्न पाएको छ ।



8

साउदी अरेबियामा एक ९० वर्षीय पुरुषले १५ वर्षीया किशोरीविरुद्ध अनौठो मुद्दा हालेका छन् । ९० वर्षका ती पुरुषले आफ्नी १५ वर्षकी किशोरी श्रीमती विरुद्ध सुहागरातका दिन लुकेको आरोप लगाउँदै आफ्नो मानहानी गरेको दाबी गरेका छन् ।
समाचार अनुसार आफुभन्दा ७५ वर्ष जेठो लोग्नेसँग डराएर ती किशोरीले बिहेको पहिलो रात छिटै कोठाभित्र पसिन् र भित्रबाट चुकुल लगाइन् । किशोरी श्रीमतीसँग मस्ती गर्ने अभिलाषा बोकेर जब त्यो बुढो बेहुलोले ढोका ढक्ढकाउँदा उनले मरिगए खोलिनन् । दुइ दिनपछि ती किशोरी बल्लतल्ल त्यहाँबाट भागेर माइतीघर गइन् ।
आफुमाथि अपमान र जालसाजी समेत भएको भन्दै बुढो बेहुलो रिसले आगो भएका छन् । उनले आफुले बिहेमा साढे १७ हजार अमेरिकी डलर बराबरको रकम ती बेहुलीका बुवाआमालाई दिएको भन्दै सो रकम फिर्ता पाउनुपर्ने समेत माग गरेका छन् । अल अरेबिया टिभीमा बोल्दै ती वृद्धले आफुले किशोरीसँगको बिहेलाई वैध बनाउनका लागि उनका बुवाआमालाई पैसा दिएको बताए । स्मरण रहोस् १५ वर्षकी किशोरीको ९० वर्षका वृद्धसँग भएको मागी विवाह सायदी अरेबियामा चौतर्फी आलोचनाको समाचार बनेको थियो ।
७ माघ, काठमाण्डौं । महाधिवेशनले तय गरेका कार्यक्रम र नीति कार्यान्वयनको विषयमा छलफल गर्न नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने महाधिवेशनपछिको पहिलो बैठकमा महाधिवेशनको समिक्षा सहितका नीतिगत विषय कार्यान्वयन लगायतका विषयमा छलफल हुने पोलिटब्युरो सदस्य नारायण शर्माले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुको कार्यविभाजन र बाँकी रहेका ८ सदस्य मनोनयनका विषयमा पनि छलफल हुने शर्माले जानकारी दिनुभयो । बैठकले सरकार विरुद्ध गर्ने संघर्षका कार्यक्रमका बारेमा पनि छलफल गर्ने माओवादीले जनाएको छ ।
७ माघ, काठमाडौं । बुल्गेरियाको विपक्षी पार्टी ‘मुभमेन्ट फर राइट्स एण्ड फ्रिडम’का नेता अहमद डोगन असाधारण हत्या प्रयासबाट बालबाल बचेका छन् ।
राजधानी सोफियामा जारी लोकतन्त्र र अधिकारसम्वन्धी एक सम्मेलनका क्रममा गरामागरम भषण गरिरहेका बेला एक युवक मञ्चमा आए र उनको कन्चटमा पेस्तोल ताके । ती सन्काह युवकले पेस्तोल मात्र ताकेनन्, ट्रिगर दवाए तर पड्एिकन । नेता डोगनले ती युवकलाई झम्टिए र निशाना गलत भएकाले भाग्वयसनेता डोगन बच्न सफल भए ।
उनले दोस्रो फायर गर्नु अगावै सुरक्षा गार्ड र सम्मेलनका सहभागीले बन्दुकधारीलाई भुइमा लडाइसकेका थिए । नेता डोगन बालबाल बच्न सफल भए ।
प्रतिनिधी बनेर प्रवेश गरेका २५ वर्षीय ती युवकले डोगन भाषण गरिरहेका बेला मञ्चमा उक्लिएर बन्दुक ताकेका थिए । पक्राउ परेका युवकको साथबाट २ बटा चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ ।
उनलाई नियन्त्रणमा लिने क्रममा सहभागीले राम्रैसित भकुरे । अन्त्यमा पुलिसले उनलाई रगतपच्छे भएको अबस्थामा नियन्त्रणमा लिएर सम्मेलनस्थलबाट बाहिर लगेका थिए ।