नायिकाका रूपमा पूजनाको सार्वजनिक जीवन सुरु भएको १० वर्ष वित्यो। यसबीच उनी विभिन्न स्क्यान्डलमा मुछिइन्। उत्तेजक र कामुक दृश्य दिन अलिकति पनि नहच्कने पूजना कहिले नाम फेर्ने, कहिले विकनी लगाउने, कहिले नेटकर्किङ व्यवसायसँग जोडिने र कहिले साधिकाका  रूपमा ध्यान गरिरहेकी भेटिने भएकाले पनि सञ्चारमाध्यममा छाइरहेकी छिन्। पछिल्लो समय चलचित्र रक्षामा उनले दिएको अन्तरंग दृश्य  धेरैका लागि जिब्रो टोक्ने कारण बन्यो। कुन्ती मोक्तानको ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ गीत रुचाउने पूजना सञ्चारमाध्यममा  आइरहेका कुनै पनि गसिपबाट प्रभावित देखिइनन्। चम्किला आँखा नचाउँदै पूजनाले यसपटक साप्ताहिकसँग आफ्नो सेक्स इमेजका बारेमा त  कुरा गरिन् नै, आफ्ना जीवनका अति गोप्य कुरा पनि खोलिदिइन्।
हिजो हामीले पूजा प्रधान भनेर लेख्नुपथ्र्यो, त्यसैमा बानी भइयो, आज पूजना भन्नुपर्दा गाह्रो हुन्छ, यसरी अप्ठ्यारो पार्न पाइन्छ ?
लौ सुरुमै रिसाउनु पो भयो। नथर्काउनु न, प्लिज। जमिसकेको नाम फेर्नुपर्ने केही बाध्यता पो पर्‍यो कि भनेर सोचिदिनु न, कुरा सकिइहाल्यो  नि।
जन्मदेखिको नाम, त्यो पनि बजारमा चलिसकेको अवस्थामा किन फेर्नुपर्‍यो त ?
हिरो चलचित्रबाट रेखा थापा र म सँगै यो फिल्मीनगरीमा छिरेका थियौं। रेखाजी एकपछि अर्को गर्दै माथि उक्लन थाल्नुभो, म जहाँको त्यहीँ।  नामकै कारण म पछाडि परेँ भन्ने लाग्यो त्यसैले।
जीवनमा सफलता-असफलताको कारण नाम हुन सक्छ र ?
हुँदो रहेछ। हिन्दी चलचित्रमा पूजा भट्ट, पूजा वेदी, नेपाली चलचित्रमा पूजा चन्द, पूजा लामा कोही चलेनन्। मसँग अभिनय र नृत्य कौशल  छ। म सौन्दर्यको हिसाबले पनि कम छैन्ा। यति हुँदाहुँदै पनि मैले त्यति चलचित्र पाइनँ, पाएका जति पनि चलेनन्। यो सबै नामकै कारण  भएको हो भन्ने लाग्यो र परिवर्तन गरें।
पूजना नाम राखेपछि पनि खासै जमेजस्तो त लाग्दैन ?
जुन बेला पूजना नामबाट फोटोसेसन गरें, त्यो बम पड्केजस्तो धमाकेदार भयो। बिकिनी लगाएर खिचेको तस्बिर साइवर संसार र  साप्ताहिकमा वर्षकै हिट तस्बिरका रूपमा छानिए। त्यो बेला कुनै दिन यस्तो भएन, जुन दिन मेरो तस्बिर पत्रपत्रिकामा नछापिएका हुन्। पूजना  नामले त बबाल गर्‍यो ।
त्यो पूजना नाम राखेर होइन, विकनी लगाएकाले हिट भएको होइन र ?
आखिर जे भए पनि हिट त भयो नि। त्यो बेला बिकनी लगाएर त्यसरी सेसन गर्ने म पहिलो नायिका थिएँ। नाम परिवर्तन गरेपछि केही धमाका  गर्नुपर्‍यो भन्ने लाग्यो भने भाग्यले पनि साथ दियो।
कपडा खोलेर चर्चा पाउनु पनि भाग्य हो र भन्या ?
किन होइन ? मैले फोटोसेसन गरेपछि कतिले बिकनी लगाए, मेरो जति चर्चा कहाँ भयो र ? देखाउने मिल्ने बडी स्टक्चर पनि हुनुपर्छ। मसँग  थियो र देखाएँ, अनि पो हिट भयो।
के छ त्यस्तो तपाईंमा ?
मेरो फेस नेपालीजस्तो छैन, ग्लोबल लुक्स छ। यस्तो लुक्स भएका युवतीलाई जस्तो पनि रूप दिन सकिन्छ। त्यसमाथि बडीको सेप पनि  आकर्षक छ। मैले नै यस्तो फोटोसेसन गर्छु भनेर साइबर संसारसँग प्रस्ताव राखेको हुँ। सुरुमा उहाँहरू नै आत्तिनुभएको थियो।
त्यसपछि पनि खासै जम्नुभएन, किन होला ?
त्यसपछि लगातार चलचित्र पाइरहेकी छु नि। द निर्मला, श्रीमान्, पापी मान्छे-२ ले कति राम्रो चर्चा पायो। पैसा पनि कमाए। र्‍याम्प मोडलिङमा  पनि उत्तिकै व्यस्त भएँ। अहिलेको अवस्थामा म सन्तुष्ट छु।
अहिले चलचित्र रक्षामा दिएको अन्तरंग दृश्य धेरैले पचाउन सकिरहेका छैनन्, के भन्नुहुन्छ ?
त्यो त केही होइन। म त राम्रो निर्देशकले आँटे भने नग्न दृश्य पनि दिन तयार छु। यसको अर्थ कथामा त्यो जबरजस्ती आएजस्तो नहोस्।  टाइटनिकमा जस्तै सन्दर्भ मिल्ने हो भने म तयार छु।
तपाईं आजभोलि ध्यान गर्न थाल्नुभएको छ, भगवानको भजन गाउनुहुन्छ र सादा जीवनमा विश्वास गर्नुहुन्छ। गफ भने यस्ता गर्नुहुन्छ, कुरा  मिल्यो त ?
अध्यात्मिक मेरो व्यक्तिगत जीवन हो भने कलाकारिता सार्वजनिक। कलाकारिता दर्शकको चाहनाबमोजिम चल्छ, किनभने दर्शकले त्यसका  लागि मूल्य तिरेका हुन्छन्। ध्यान, भजन र योग म आफ्ना लागि गर्छु।
पूजना प्रधानबाट पूजना स्त्री हुनुको कारणचाहिँ के हो ?
संसारमा दुईवटा मात्र जात छ, एउटा पुरुष, एउटा स्त्री। संसार धेरै वर्गमा विभाजन हुनु हुँदैन भनेर स्त्री राखेको हो। अहिले म प्रधान होइन,  स्त्रीनै हुँ।
आखिर यो परिवर्तन किन ?
किनभने परिवर्तन नै संसारको नियम हो।
तपाईंले धेरै पढ्न सक्नुभएन, गफ त गहिरो गर्नुहुन्छ ?
मैले बाध्यताले पढ्न पाइनँ। जीवन जिउँदै जाँदा धेरै कुरा सिक्दै गइँदो रहेछ।
तपाईंले आमाको थर (प्रधान) राख्नुभयो, किन ?
यो कुरा बताउन त चाहन्नथेँ। तपाईंसँग चाहिँ कुरा लुकाउन सकिँदैन। त्यसैले पहिलो पटक भन्दैछु, बुबाले हामीलाई छोडेर हिँडे। हामीलाई  साह्रै दुःख भयो। उनी गुरुङ थिए, हामी तीन जना सन्तानको नागरिकता बनाइदिन पनि आमाले संघर्ष गर्नुपर्‍यो। नागरिकतामा मेरो नाम पूजा  गुरुङ भए पनि स्कुल र सार्वजनिक नाम पूजा प्रधान नै रह्यो।
भनेपछि पूजा गुरुङ, पूजा प्रधान, पुजना प्रधान र अहिले पूजना स्त्री, सबै नामकी एउटै स्त्री ?
हो, मैले भनिहाले नि, परिस्थितिअनुसार मेरो काम र नाम फेरिँदै गयो।
पहिले नृत्याङ्गना हुनुहुन्थ्यो हैन ?
हो।
साधारण डान्सबारमा नाच्ने एउटी केटी, अहिले नायिका भनेर चिनिँदा के फरक भयो जस्तो लाग्छ ?
हिजो नराम्रो भन्नेहरू धेरै थिए, अहिले कम भएका छन्। भन्नेहरूले त अहिले पनि कहाँ बाँकी राखेका छन् र ? तर म अरूजस्तो ग्राहकको  टेबुलमा गएर काखमा बसेर बियर पिउने खालकी नृत्यांगना होइन। म स्टेजबाट कहिल्यै तल ओर्लिनँ। त्यही कारणले ढुक्कसाथ यो कुरा भन्न  सक्छु। मलाई यसमा गर्व पनि छ।
तपाईं कुनै बेला २ हजार ५ सय रुपैयाँमा महिनाभरि रेस्टुराँमा नाच्नुहुन्थ्यो भन्दा कस्तो लाग्छ ?
मलाइ ग्लानि हुँदैन। नत्र यो कुरा नलेखिदिनु भनेर भन्न सक्थें। बुबाले छाडेर गएपछि आमालाई घर चलाउन धेरै गाह्रो भएको मैले थाहा पाएँ।  मैले १२ वर्षदेखि आफ्ना लागि आफैं कमाउन थालेकी हुँ।
के गर्नुभयो ?
गार्मेन्टमा कपडा प्याकिङको काम गरें। महिनाको ९ सय पाउँथे। त्यस्तो अवस्थामा नाच्नका लागि २ हजार ५ सय दिन्छु भन्ने मानिस फेला  पार्दा हामी कति खुसी भयौं होला ? त्यो त डान्स गर्न सुरु गर्दाको कुरा हो। पछि क्यासिनोमा १० हजार अनि अर्को रेस्टुराँमा १५ हजार पाउने  गरी डबल सिफ्ट नाच्न थाले। आमाले पनि भन्नुभयो, ‘आफ्नो कला देखाएर खान केही हुँदैन, गलत बाटोतिर भने नलाग्नू।’ दाइ कुलतमा  लागेका कारण पनि म निकै सचेत थिएँ। आमाको यही हौसलाले यहाँसम्म आइपुगें।
चलचित्रको अफर कसरी पाउनुभयो?
१० वर्षअघि छवि ओझा र श्याम खेतानले हिरो चलचित्र बनाउने निर्णय गर्नुभएको रहेछ। त्यो बेला दुईवटा नयाँ अनुहार चाहिएको रहेछ।  राम्रो नाच्न जान्ने मानिस खोज्दै उहाँहरू हाम्रो रेस्टुराँमा आउनुभएछ। डान्स देखेपछि मेरा बारेमा सोधपुछ भयो। मेरो बानी बेहोरा पनि ठीक  छ भन्ने सुनेपछि उहाँहरू मलाई चलचित्रमा लिन तयार हुनुभएको रहेछ। म भने उहाँहरूलाई अरू ग्राहक जस्तै खराब मनसाय राख्ने व्यक्ति  मानेर छेउमै परिनँ। धेरै दिनको प्रयासमा पनि उहाँहरूलाई विश्वास नगरेपछि पाको कलाकार मोहन निरौलाले नानी तिमी नडराऊ, उहाँहरू  साच्चैको चलचित्र निर्माता हो भनेर आमाको अघि मेरो जिम्मा लिनुभयो। त्यसपछि म चलचित्रमा जान तयार भएँ।
‘हिरो’ मा रेखा र तपाईं सँगै हुनुहुन्थ्यो, रेखाजी नम्बर एक हिरोइन हुनुभएको छ, कस्तो लाग्छ ?
पहिले रेखाको रोल मलाई दिएको भए म नम्बर वान हुने रहेछु, ममाथि अन्याय भयो भन्ने लागेको थियो। किनभने त्यो रोल मलाई दिने कुरा  थियो। आजभोलि पो थाहा पाएँ, मानिस मेहनत र भाग्यले माथि जाँदो रहेछ।
यो कुरा कसरी थाहा पाउनुभयो ?
योग र ध्यान गर्न थालेपछि।
कसरी ?
जसले दुःख गर्छ, भगवानले उसैलाई मद्दत गर्छन् भन्ने मेरो व्यक्तिगत अनुभव हो। हिरोमा काम गरेपछि म हिरोइन भैहालें, अब मानिसले  मलाई फोन गरेर मेरो चलचित्रमा काम गर्नु भनेर लाइन लाग्छन् भन्ने लाग्यो। मैले यो क्षेत्रको कसैलाई पनि चिनेकी थिइनँ। जबकि रेखाजी  मेहनत गर्न थाल्नुभयो। म चुप लागेर बसें। त्यहीँ मेरो कमजोरी रहेछ।
यो उमेरमै अध्यात्मतिर छिर्नु अचम्म होइन ? कसरी आकषिर्त हुनुभयो ?
पुष्पराज गुरुको जय संगत आश्रम छ। उहाँ कलाकार पनि हो। उहाँले एउटा गीतको सुटिङमा आश्रमको नाम लिइरहनुहुन्थ्यो। मलाई योग  भनेको शरीरलाई ठीक राख्ने उपाय हो भन्ने लाग्थ्यो। त्यो बेला म मोटाएकी थिएँ। केही दुब्लाउनुपर्‍यो भनेर उहाँको नौ दिनको कोर्स गरें।  मलाई त अचम्मको शान्ति पो भयो। त्यसपछि तीन महिनाको कोर्स गरें अनि त्यसको नशामा परिहालें।
के रहेछ आध्यात्मको नशा ?
हामीमध्ये धेरैजसो मीठो खाएर, राम्रो लाएर, घुमेर, यौनसम्पर्क गरेर आनन्द हुन्छ भन्ने मान्छौ। म पनि त्यस्तै मान्थें। त्यस्तो आनन्द क्षणिक  हुन्छ भन्ने कुरा ध्यानमा बसेपछि थाहा पाएँ। ध्यानको आनन्द बाहिरी आनन्दभन्दा बढी हुँदो रहेछ। यो कुरा थाहा पाएपछि मैले सबै बाहिरी  कुरा छाडेर ध्यानलाई महत्व दिन थालें। नभन्दै बाहिरी कुराले भन्दा ध्यानले बढी आनन्द दिन थाल्यो।
यौनसम्पर्कमा भन्दा बढी आनन्द ?
हो, जति आनन्द यौनसम्पर्कमा छ त्योभन्दा कैयौं बढी आनन्द ध्यानमा छ।
त्यसो भए अब विवाह पनि नगर्ने ?
होइन, गर्ने। आध्यात्मले जोगी बनाउँछ भन्छन् मानिसहरू। मेरो विचारमा आध्यात्मले मानिसलाई व्यावहारिक बनाउँछ। यौनसम्पर्क भन्ने कुरा  भगवान्ले जथाभावी प्रयोग गर्न बनाएका होइन रहेछन्, सन्तान जन्माउनका लागि निर्माण गरेका रहेछन्। यौनसम्पर्कले त भएको ऊर्जा पो  खेर फाल्दो रहेछ। अब म यौनसम्पर्कलाई सन्तान उत्पादनका लागि मात्र प्रयोग गर्ने योजनामा छु।
दर्शकलाई चाहिँ बोल्ड दृश्य दिएर बिगार्ने, आफूचाहिँ यौनसम्पर्क खराब हो भन्ने  ?
मैले अघि नै भनें, मैले ध्यान गरेको हेर्न कसैले पनि टिकट काट्दैनन्। दर्शकलाई पूजनाकै शरीर हेर्न मन छ त म के गरौं ?
Watch Interview With Atif Aslam In Nepal
Watch Interview With Adrin Pradhan Now
Himalaya Television's Show' Himalaya Countdown'(HC) In Nepali Musical Program which Plays The Top Ten Nepali Pop Music Videos Of The week.Program Is Show Every Sunday Of The week.'HC' Also Interview Various Nepali Singers, Musicians And Other Artists where The Singers And Musician Perform Live In The Show.
Kehi Mitho Baata Garau With Ramesh Upreti In Himalayan Television Program.
Watch Interview With Rajesh Hamal In Sampresion A Television Program In White Himal Television In The United States.
Priyanka Karki (27 February 1987) is a Nepalese actress, former Miss Teen Nepal, VJ, a mode and a dancer. Watch today's interview with this bold actress Priyanka Karki.


नेपाली फिल्म नेपाली समाज झैं विविधता र बहुलताको बाटो खन्दैछ । हिजोका दिनमा फर्मुला श्रेणीका बलिउडका कथाको अनुवादमा मग्न नेपाली फिल्म केही समय यता आफ्ना कथामा फर्कन लागेको छ । यस्तै एउटा फरक कथाबस्तुमा सुवर्ण थापाले फिल्म निर्माण गरेका छन् । समलिङ्गी महिलाको कथामा निर्माण भएको फिल्म सुनगाभालाई सबैले अपेक्षाको नजरले हेरिरहेका छन् । स्नो फ्लावर्सबाट सुनगाभा बनेको यो फिल्मका निर्देशक सुवर्ण थापासँग फिल्मीखबरले छोटो कुराकानी गरेको थियो । सोही कुराकानीका मुख्य अंशहरु -


सुनगाभा कस्तो फिल्म हो ?
बिधाको हिसाबले भन्नु हुन्छ भने यो प्रेमकथा प्लस सोसल ड्रामा हो । दुई महिलाले एकआपसमा गर्ने प्रेमलाई फिल्मले आफ्नो कथा बनाएको छ । त्यो सँगसँगै तपाईंले फिल्ममा नेपाली समाज र संस्कृतिको झल्को पाउनुहुन्छ ।
सेम सेक्स बिचको प्रेम अलि अनयुजवल स्टोरी भएन ?
भयो पनि र भएन पनि । तर मेरो एजम्सन के हो भने यदि ५०–६० कटेका मान्छे प्रेममा पर्न सक्छन् भने दुईटी महिला प्रेममा पर्नु के अनौठो भयो ? सँगसँगै यो फिल्म लेस्बियन इस्युलाई उठाउने भन्दा पनि उनीहरुको भोगाईलाई देखाउन खोजेका छौं ।

नेपालमा त अझ पनि समलिङ्गी प्रेमलाई सहज रूपमा हेरेको पाईंदैन, दर्शकहरुले कसरी लेलान् यो फिल्मलाई ?
यो विषय अहिले पनि त्यति धेरै बहसमा आएको छैन । उनीहरुलाई आइडेन्टिटीको क्राइसिस छ । र, मलाई लाग्छ नेपाली फिल्मको इतिहासमा यो भर्जिन स्टोरी हो । मलाई धेरै साथीहरुले कस्मोपोलिटियन इस्यु हो धेरै दर्शकले रिलेट गर्दैनन् भनेर पनि भन्नु भएको छ । तर म यही विषयमा फिल्म बनाउन रेडी भएँ भने हेर्ने दर्शक पनि पक्कै रेडी हुनुहुन्छ, मलाई विश्वास छ ।

तपाईं थिएटर ब्याकग्राउन्डको मान्छे फिल्ममा आउन केले प्रेरित गर्यो ?
ड्रामा र फिल्म परफर्मेन्स आर्टका नजिकका दाजुभाइ हुन् । तिनमा थोरै मात्र भिन्नता हुन्छ । त्यो हिसाबले मलाई नाटकसँगसँगै फिल्ममा पनि लगाव थियो । मैंले आफ्नो क्यारियर नाटकबाट शुरु गरेको हुँ । नाटकमै फ्रान्सबाट छात्रवृत्ति पाएर केही वर्ष देखि उतै बसिरहेको छु । र, उतै बस्दा मैंले सरुभक्तको नाटक मलामीमा आधारित एउटा सर्ट फिल्म बनाएपछि मलाई फिचर लेन्थ फिल्म बनाउनु पर्छ जस्तो लाग्यो । सुनगाभा त्यही सोचको परिणाम हो ।

कथा र विषय कसरी तय गर्नुभयो ?
फिचर लेन्थ फिल्म बनाउने भएपछि केही नयाँ विषयमा बनाऊँ भन्ने थियो । मैंले कता कता समलिङ्गि भएका कारणले मानिसले पाएका दुखका कथाहरु पढेको थिएँ, नेपाली फिल्ममा यो विषय नौलो पनि हुने जस्तो लागेर यसैमा फिल्म बनाउने निश्चय गरें । तर कथा तयार भएपछि मलाई अर्थोडक्स फेमिली ब्याकग्राउन्डको क्यारेन्टर चाहिन्थ्यो । हाम्रो नेपाली समाजमा नेवारी समाज पनि परिधि भित्र बस्नुपर्छ भन्ने सिद्धान्तमा आधारित समाज हो र ब्राम्हण पनि । यस हिसाबले मलाई नेवारी र बाहुनी केटी चाहिएको थियो । साथीहरुसँग सल्लाह गर्दा दिया र निशा उपयुक्त हुने लागेर फाइनल गर्यौं ।
आजभोलि नयाँ फिल्म मेकरहरु फिल्मले समाजलाई लिड गर्नुपर्छ भन्ने विचार राख्नुहुन्छ, तपाईं कहाँ निर स्ट्यान्ड गर्नुहुन्छ ?
फिल्मले समाज बदल्छ र बदल्नु पर्छ भन्ने कुरामा म सहमत छैन । मेरो विचारमा फिल्मले सोच मात्र दिन्छ । म यही विचारको पक्षपाती हो ।

बाबु बोगटी, गायक तथा नायक
चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउाला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
१ · गायकबाट नायक बन्नुको कारण ?
म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएा । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
 २· तपाईंलाई के भन्ने गायक कि नायक ?
म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
 ३· हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?
मैले सबैजसो व्यापारीक सिनेमा नै गरेको छु । तर म समाजमा बिरलै देखिने चरित्रलाई निभाउन चाहन्छु, जुन इच्छा पूरा भएको छैन ।
४· नायक बाबुले गायक बाबुलाई छायामा पारे जस्तो लाग्दैन ?
केही ओझेलमा परेको छ भन्ने महसुस मैले गरेको छु । किनकी संचारमाध्यममा मलाई गायक भन्दा पनि नायकको रुपमा नै चित्रित गरिएको छ । यसैले पनि मिडियाका लागि म नायक भएको छु ।
५· प्रदर्शनको क्रममा रहेको आइ एम इन लभ कस्तो सिनेमा हो ?
आइ एम इन लभ एउटा प्रेमकै कथामा आधारित छ । एकतफिर् प्रेम र यसले पार्ने प्रभावका विषयमा सिनेमा केन्दि्रत छ ।
५· मिठो खानेकुरा के पकाउनुहुन्छ ?
म मासु ज्यादै मिठो पकाउाछु । तर सादा खानेकुरा खान रुचाउाछु ।
६· एक दिनमा युवती र सेक्सका बारेमा कत्ति सोच्नुहुन्छ ?
हरेक व्यक्तिको एउटा उमेरमा यसको चाहना र सोचाइ धेरै नै हुन्छ । म पनि त्यही व्यक्तिको कोटीमा पर्ने भएकाले साधारण मानिसले जति सोच्छ म पनि सोच्छु ।
७· कस्ता युवतीले आकर्षण गर्छन् ?
व्यक्तित्व र लुक्स राम्रो भएका युवती नजरमा पर्छन् ।
८· बाटोमा हिडिरहादा युवतीको सबैभन्दा पहिला कुन अंगमा आाखा जान्छ ?
हा.हा.हा.कसरी भन्नु । तर एउटा साधारण केटाहरुले जहाा हेर्छन् मेरो पनि त्यहीा नै जान्छ ।
९· नेपालका सेक्सी तीन युवती, जसले तपाईंलाई आकर्षण गर्छन् ?
करिश्मा मानन्धर, सदिक्षा श्रेष्ठ, निशा अधिकारी मलाई साह्रै मन पर्छ ।
१०· कुन सेलिब्रेटीले सेक्स आकर्षण गर्छन् ?
कैटि्रना कैफ देख्ने वित्तिकै आफुमा सेक्सको चाहना पलाएको जस्तो भान हुन्छ । उसको फिगर र हाइट साह्रै राम्रो लाग्छ । फेरि उसले नजानी नजानी हिन्दी बोलेको देख्दा त के भन्ने र …….
११· मन लागेर पनि गर्न नसकेको केही कुरा ?
मलाई शरीरमा सिक्स प्याक्स निकाल्ने खुबै ठूलो रहर छ । जुन पूरा हुन सकेको छैन । तर एकदिन जसरी पनि म पूरा गरेर नै छोड्छु ।
 १२· सिनेमा क्षेत्रमा आफू कुन स्थानमा छु जस्तो लाग्छ ?
मैले कुनै स्थान नै बनाएको छैन । मैले धेरै कुरा र मेरो खुबी देखाउन बााकी रहेकाले पनि म प्रारम्भिक चरणमा नै छु जस्तो लाग्छ ।
१३· तपाईंले देखाउन खोजेको या गर्न खोजेको कुरा के हो ?
वास्तविक जीवनमा देखिने रोल, समाजमा चित्रित हुन खोज्ने कुनै व्यक्तिको ।
१४· कुन बस्तुको स्पर्शले यौन अनुभुति हुन्छ ?
सधै एउटै बस्तु नै त भन्ने हुदैन । तर कहिलेकाहीा टिभि हेर्दा हेर्दै सेक्स गर्न मन लाग्छ त कहिले किताब पढ्दा ।
१५· सेक्स गर्दा कस्तो मौसम होस् भन्ने चाहनुहुन्छ ?
विशेषगरी विदामा जाँदा चिसो मौसममा बसेर सेक्स गर्न मजा आउाछ । यसैले जाडो मौसम नै मझा लाग्छ मलाइ ।
१६· पहिलो प्रेम कहिले लगाउनुभयो ?
बाल्यकालमा नै लगाइयो । विद्यालयमा १० कक्षामा पढ्दा नै प्रेम भएको हो । तर त्यो प्रेम कस्तो थियो मलाई नै अनुभुति छैन । यसपछि भने मैले प्रेम गरेको छैन ।
 १७· युवतीलाई आफ्नो बसमा पार्ने क्षमता कत्तिको छ जस्तो लाग्छ ?
म मा त्यो क्षमता छ जस्तो लाग्छ मलाई । किनकी म सबैजसो घुलमिल भएर मजाले बोल्छु, जुन कुराबाट युवतीहरु आकषिर्त भएको पाउाछु । म ५५ सालमा काठमाडौं आउादा जस्तो थिएा, आज पनि उस्तै छु ।
१८· मुभी कहिलेसम्म खेल्ने सोच छ ?
जबसम्म सिनेर्मो निर्देशक र पैसा खन्याउने निर्माताले पत्याउनुहुन्छ, म सिनेमा खेली नै रहन्छु ।
१९· अनु शाह सग प्रेम सम्वन्धका कुरा पनि आए नि ?
चलचित्र आइ.एम.इन लभमा अभिनय गर्दा यस्ता कुरा आएका हुन् । तर हामी दुईको जोडी चलचित्रमा सुहाएकाले पनि बजारमा हल्ला चलेको हो । तर उसाग कुनै मेरो चक्कर छैन । उसग डेटिङ जाने, गिफ्ट दिने आजसम्म गरेको छैन ।
२०· पहिलो पटक सेक्स अनुभुती कहिले गर्नु भयो ?
म त्यतिबेला २२ बर्षको थिएा होला । तर उ मेरो प्रेमीका थिइनन् ।
Onlinekhabar

बलिउडकी नेपाली बाला मनीषा कोइरालाले आफ्नो व्यक्तिगत जिन्दगीका पाटाहरू खोल्दै अहिले आफूले परिवारजनसँग बढी समय बिताउने अनि विभिन्न समारोह तथा पार्टीमा समेत उतिसारो सहभागिता नजनाउने कुरा बताएकी छिन्। वैवाहिक जीवन असफल भएको विषयमा  मनीषाले भनेकी छिन्, 'केही मानिस बिहेका लागि बनेका हुन्छन् तर कोही हुँदैनन्। म बिहेका लागि बनेकी रहेनछु। अहिले हामी दुई (मनीषा र  सम्राट) अलग भैसकेका छौँ। हामी दुवै राम्रा मान्छे हौँ, उसको परिवारका सदस्यहरू पनि निकै राम्रा छन्। म उसको परिवार र उसको मन  दुखाउन चाहन्नँ। म ऊ र उसको परिवारको इज्जत गर्छु।' मनीषाले डिभोर्सको मुख्य कारण नखोले पनि आफ्नो भाग्यमा बिहे नलेखेको भएरै  आफ्नो वैवाहिक सम्बन्ध असफल भएको बताएकी छिन्। यस अर्थमा उनले आफ्नो डिभोर्समा भाग्यलाई नै दोष दिएकी छिन्।


-प्रमोद खरेल (गायक)
तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
पत्रपत्रिकाजस्तो संवेदनशील अंगमा नराम्रो गाली भन्न सक्दिनँ ।
एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
बाघ बनेर जंगलको राजा हुन्छु ।
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
म चुरोट सेवनै गर्दिनँ । त्यस्तो भइहाले पक्रन आउने प्रहरीलाई नै बाँकी चुरोट तान्न दिन्थेँ ।
कुनै युवतीले दश वर्षसम्म पनि तपाईंलाई प्रेमप्रस्ताव राख्न छाडिनन् भने ?
अर्को १० वर्षसम्म प्रस्ताव अस्वीकार गरिरहन्थेँ  । त्यसपछि २० वर्षसम्म पनि विवाह नगरी बसिन् भने चाहिँ सिधै बिहेका लागि ओके †
भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा हामफाल्यो भने ?
एउटा पूर्वसभासद् कसरी मेरो कुममा टाँसिन आइपुगेछ भन्दै जुम्रालाई मिल्काइदिन्थेँ ।
पत्नीबाहेक रियल लाइफमा कसैलाई चुम्बन गर्नुभएको छ ?
यो गोपनीयताको कुरा हो, भन्दिनँ ।
स्वप्नदोषको अनुभव कस्तो छ ?
१४–१५ वर्षको उमेरमा कुनै युवतीसँग सपनामा सेक्स सम्बन्ध हुन्थ्यो । बिहान ओछ्यानमा आफू एक्लै हुँदा नमज्जा लाग्थ्यो ।
तपाईंका साथमा अहिले कति नगद छ ?
१ सय ५१ रुपियाँ ५१ पैसा  ।
मान्छेले कट्टु किन लगाउँछन् ?
संवेदनशील अंगलाई सुरक्षित गर्छ ।
विवाहपछि पनि श्रीमतीले सेक्स सम्बन्ध राख्न नमाने ?
सिधै अर्की भित्र्याइन्छ, यसमा कुनै विमति छैन ।
साभार:सौर्य दैनिक

एञ्जिला कार्की, नायिका तथा मोडल
टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग अनलाइनखबरका लागि बिजय आवाजले गरेको कुराकानी ।

कस्तो पुरुषले आकर्षण गर्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।
देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?
म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।
कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ?
जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।
कहिलेदेखि सेक्सको अनुभूति भयो ?
मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्छ । ममा सेक्सको अनुभूति नै आएको छैन ।
प्रेम कत्तिको गरियो ?
स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।
आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ?
मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ ।
के कुराको स्पर्शले यौन चाहना बढ्छ ?
यस्तो कुराको अनुभव नै छैन ।
सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?
सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।
कस्तो पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ ?
हाफ पाईन्ट, वान पिसमा म सेक्सी देखिन्छु । तर मान्छेको हेराई मुख्य हो ।

सिनेमामा कत्ति सम्मको दृश्य दिने सोच छ ?
मैले अहिलेसम्म त्यस्तो दृश्य दिएको छैन । म मेहनत गरेर अगाडि बढ्छु । म त्यस्तो गर्दिन । पुरै टु पिस त म दिँदै दिन्न । परिवारसगै बसेर हेर्ने खालको दृश्य दिन्छु म ।
पहिलो चुम्बन याद छ ?
मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न ।
निलो सिनेमा हेर्नु भएको छ ?
मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन ।
भुत प्रेतमा विश्वास छ ?
मलाई भुत प्रेतमा एकदमै विश्वास लाग्छ । भुतको फिल्म हेरेर सुत्न डर लाग्छ ।
यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ?
खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु ।
युवकलाई भन्दा युवतीलाई सेक्स चाहना धेरै हुन्छ भन्छन् नि, हो ?
मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सेक्सको चाहना हुन्छ रे । तर मलाई चाहिँ थाहा भएन ।
मेकअप कत्तिको गरिन्छ ?
मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु । धेरैजसो पैसा मेकअप मा नै सकिन्छ ।
सपिङ कत्तिको जानुहुन्छ ?
युवतीहरुलाई बजारमा जे आयो त्यही नै चाहिन्छ । यसैले पनि सपिङ त गईन्छ नै । म प्रायः जुत्तामा बढी रकम खर्च गर्छु ।
नेपालका कुन नेतासँग डेटिङ जान मन छ ?
मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ ।
नेपालको कुन नायकसँग डेटमा जान मन छ ?
आर्यन सिग्देलसँग डेटमा जान मन छ ।
नेपालको कुन हिरोले आकर्षण गर्छ ?
जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ ।
कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ?
म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । मेरो शरीर छि भन्ने खालको चाहिँ छैन ।
Onlinekhabar

"Emag' is Nepali Television program on Image Channel(Image Group Of Companies).'Emag' is just the photo shoot of Nepali and struggling Nepali models.'Emag' sometimes also covers some special events and concerts.
Watch Emag Photo Shot With Nepali Actres Sweta Khadka Now.Sweta who debuted from Nepali Movie Kaha BHetiyela has also worked on some other movies.

आफन्त फिल्म निर्देशनसँगै रजतपटमा छिरेका निर्देशक शिब रेग्मीले आफ्नो करियरमा थुप्रै हिट फिल्म दिए । कति फिल्मले १०० औं दिन मनाए भने कति फिल्मले ५१ औं दिन मनाए । कलाकार मात्र हैन निर्माताहरू पनि एक पटक शिब रेग्मीसँग काम गर्न पाए अहोभाग्य ठान्ने गर्थे । यिनले थुप्रै कलाकारलाई जन्माए भने थुप्रै निर्मातालाई खुसी बनाए । यिनै निर्देशक पछिल्लो केहि बर्ष यता भने सफल हुन सकेनन् । के कारणले शिब सफल हुन सकेनन् त ? यो बिषय र उनले निर्देशन गरेको पछिल्लो फिल्म 'सो सिम्पल' को बिषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश -

सो सिम्पल कस्तो फिल्म हो ?
प्रेमकथामा मैले धेरै फिल्म बनाएँ तर किशोर अवस्थाको बिशुद्ध प्रेमकथामा पहिलो पटक सो सिम्पल बनाएको छु । पहिलो पटक कोमल हृदयबाट निस्केको किशोर अवस्थाको स्वच्छ प्रेमको कथामा बुनिएको फिल्म हो 'सो सिम्पल' । यसले नौलो र मिठो अनुभुती दिन्छ भने किशोर अवस्था पार गरेका दर्शकहरूको त्यो बेलाको अमूल्य क्षणको सम्झना गराउँछ । रमाईलो कुरा के छ भने मेरा अघिल्ला फिल्म हुने गरेका लामो संवाद यो फिल्ममा छैन । छोटो मिठो र निकै कम संवाद यो फिल्ममा प्रयोग गरिएको छ । संवादबाट भन्दा पनि कलाकारको हाउभाउबाट प्रेमको अनुभुती गराउने प्रयास गरिएको छ जसमा म आफैंले पनि निकै 'इन्जोय' गरें ।'

पुराना कलाकारसँग काम गरिरहेको अवस्थामा बिल्कुलै नयाँ कलाकारसँग काम गर्नुको कारण ?
यसअघिका मेरा फिल्ममा एउटा सम्म नयाँ कलाकार हुन्थे तर यसमा दुबै जना मुख्य कलाकार नयाँ छन् । पहिलो प्रेमको अनुभुति निकाल्न पुराना कलाकारबाट सम्भव थिएन । किनकी उनीहरूको प्रेम प्रसङ्गलाई धेरै पटक दर्शकले हेरिसकेका छन् । त्यसैले दर्शकलाई नयाँ स्वाद दिन नयाँ कलाकारको आवश्यकता देखिएको हो ।

आफ्नै छोरीलाई आफैले बनाएको फिल्ममा पहिलो पटक अभिनय गराउनुको कारण ?
मलाई फिल्म भन्दा बाहिर र फिल्म भित्रकै साथीभाईहरूले भन्ने गर्थे यो क्षेत्र निकै बदनाम छ छोरीलाई झुक्केर पनि नल्याउनु है । हाम्रो समाजमा छोरालाई हिरो बनाउन खोजे पनि छोरीलाई हिरोईन बनाउन नखोजेको पाईन्छ । तर मैले त्यस्तो सोचिन । म यत्रो बर्ष यो क्षेत्रमा लाग्दा मेरो नजरले फिल्म उधोगलाई सधैं राम्रो देख्छ भने छोरीलाई किन नल्याउने त भन्ने सोचेर ल्याएको हो । मेरो छोरीको पनि यो क्षेत्रमा लाग्ने इच्छा भएकाले र मैले उ भित्र अभिनयको क्षमता देखेकाले लाएको हो । अर्को कुरा निर्माता केशब भट्टराई जीले पनि भावनालाई आफ्नै फिल्मबाट डेब्यू गराउने इच्छा देखाउनु भयो अनि फिल्मको स्क्रिप्टमा पनि उ सुहाउने भएकाले अर्को विकल्प खोजेनौं ।

अरू कलाकारसँग र आफ्नै छोरीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
बाल्यकाल देखि नै भावनाको हरेक आनीबानी मैले बुझेको छु जसले गर्दा अरूसँग भन्दा उसँग काम गर्न सहज भयो । उसको साना-साना कुराहरूलाई मैले पर्दामा उतार्न सकेको पनि छु । मलाई नजिकबाट बुझेकाले उसलाई पनि काम गर्न खासै गार्‍हो भएन । अरू नयाँ कलाकारसँग भन्दा आफ्नी छोरीसँग काम गर्न सहज भयो । सबैभन्दा रमाईलो कुरा त अहिलेसम्म कुनै कलाकारलाई त्यो किस सिन गराएको छैन जुन मैले यो फिल्ममा आफ्नै छोरीलाई गर्न लगाएको छु । तर त्यो किस सिनलाई मैले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छु । सो सिन खिच्दा भावना र हिरो प्रमोद भारद्धाजलाई त क्यारेक्टरमा डुबाएँ नै म आफू पनि उनीहरूको क्यारेक्टरमा डुबें र एक पटक आफ्नो फ्ल्यास व्याकमा पनि पुगें ।

छोरीले गरेको किस हेरेर आफ्नो १६ बर्षे जवानीलाई सम्झिनु भयो हैन त ?
एउटा निर्देशक कलाकारसँगै उसको क्यारेक्टरमा भिज्न सक्नुपर्छ । कलाकारसँग घुलमिल हुन सक्यो र क्यारेक्टरमा निर्देशक पनि डुब्यो भने त्यसैले दिने रिजल्ट राम्रो आउँछ । त्यसैले म पनि एक पटक १६ बर्षको उमेरमा पुग्ने मौका पाएँ र छोरीको किस सिनमा मैले पनि इन्जोए गरें । अर्को कुरा सो सिम्पल फिल्मले मलाई अर्को जन्म दिएको छ । भावना र प्रमोदको अनुहारमा प्रेमको भाव निस्कदाँ म आफैं पनि रोमान्चित भएँ । आफन्त गर्दा म भित्र जुन किसिमको जोश जाँगर थियो अहिले त्यो जोश जाँगर अझ बढेर आएको छ । साँच्चिकै भन्नु पर्दा ४८ बर्षको यो उमेरमा पनि मैले १६ बर्षको ठिटोको मिठो अनुभुती गर्ने मौका पाएँ ।

कलाकारलाई रूवाउने शिब रेग्मी अब ग्ल्यामर बन्दै हो त ?
हामी समयको माग अनुसार चल्नुपर्छ । अहिलेको परिप्रेक्षमा युवाहरूको ध्यान केन्द्रित गर्न उनीहरूको मनोभावलाई बुझ्नु पर्छ । फिल्ममा किस गर्नु, छोटो लुगा लगाउनु, सेक्स सिम्बोलका कुराहरू राख्नु नराम्रो हैन तर छोटो लुगा लगाएर छोटो मन बोकेर फिल्ममा आफूलाई प्रस्तुत गर्न हुँदैन । छोटो मन हुने बित्तिककै त्यसलाई विकृतीको रूपमा हेरिन्छ । हुनत नकच्चरोको औषधी हुँदैन तर पनि भल्गारिटीलाई सकेसम्म रोक्नुपर्छ । युवाहरूलाई आकर्षित गर्ने बाहानामा फिल्ममा विकृती आउन दिन हुँदैन । हामी हाम्रो समाजलाई ध्यानमा राखेर फिल्म बनाउनु पर्छ जुन मेरो फिल्ममा देखिन्छ । त्यसैले म ग्ल्यामर बन्छु तर भल्गर बन्दिन ।

सो सिम्पलका यि दुई नयाँ अनुहार भावना र प्रमोदको भबिष्य कस्तो देख्नु भएको छ ?

मेरो फिल्ममा खेलेको भनेर भनेको हैन, प्रमोद भोलीको सफल कलाकार हुनेमा म बिश्वस्त छु । उसको काम गर्ने शैली निकै राम्रो छ । सफलताको भारीले उसलाई अहम् बनाएन भने शत प्रतिशत उ फिल्म उधोगमा लामो समय दौडिने घोडा बन्ने छ । उ नबोले पनि उसको 'बडी ल्याङ्ग्वेज' बोल्छ जुन एउटा कलाकारमा हुनुपर्ने गुण पनि हो । भावनाको कुरा गर्दा उसले आफूलाई सुधार गर्दै गए उसको भबिष्य पनि राम्रो छ तर उसले अहिले आफ्नो अध्ययनलाई बढि जोड दिनुपर्छ ।

शिब रेग्मी नयाँ कलाकार र युवापुस्ता दर्शकलाई बुझ्न नसक्ने निर्देशक भनेर आरोप लागेका बेला सो सिम्पलले त्यो आरोपलाई कत्तिको मेटाउने प्रयास गर्ला ?

जुन मलाई सजिलो लाग्छ म त्यहि काम गर्ने हो । तर कहिले काहिं नयाँ स्वाद आफूले चाखे पछि अरू थुप्रै स्वादहरू मिठा हुन्छन् भन्ने बुझिने रहेछ । मैले सो सिम्पलमा नयाँ स्वाद चाख्ने मौका पाएँ जुन निकै मिठो पनि छ र दर्शकलाई पनि यो फिल्मको स्वाद मिठो लाग्नेछ भन्ने बिश्वास छ । यहि फिल्मबाट अब दर्शकले शिब रेग्मीलाई नयाँ स्वरूपमा पाउनु हुनेछ । यहि फिल्मले शिब रेग्मीको अर्को परिचय दिनेछ, अहिलेको पुस्तालाई बुझेर जानेछ र यो समयको माग पनि हो । म अहिलेको समयसँग घुलमिल हुँदै जानेछु । तर, केहि आफ्ना सिग्नेचर अर्थात आफ्ना पनहरूलाई मैले छोड्न सक्दिन ।

पछिल्ला समयमा तपाईंले निर्देशन गरेका फिल्महरू त फ्लप नै भए नि ! कारण के थियो ?
फिल्म नचल्नुको पहिलो दोष निर्देशकलाई नै जान्छ र मैले त्यो दोषलाई स्विकार गर्नैपर्छ । हो, मेरा पछिल्ला फिल्महरू चलेनन् सायद मैले त्यो बेलाको समयानुकुललाई बुझ्न सकिन र फिल्म मात्र हैन म नै फ्लप भएँ । मेरो होमवर्क कम भएको होला र म अलि हतार गरें होला । म समयसँग हिड्न जानिन होला । समय अनुसार अनुभुतीका शैलीहरू परिवर्तन हुँदै जान्छन् । अब म ति परिवर्तित शैलीलाई बुझ्ने कोसिस गरेको छु । आफ्ना पटकथा, संवाद र प्रस्तुतीको शैलीलाई परिवर्तन गरेको छु । अहिलेको समय अनुसार चल्ने कोसिस गरेको छु । अब शिब रेग्मी नयाँ स्वरूपमा पुन: यो क्षेत्रमा जन्मिदै छ ।

सो सिम्पलबाट कत्तिको आशावादी हुनुहुन्छ ?
म त हरेक फिल्मबाट आशावादी हुन्छु । तर यो फिल्मबाट अन्य फिल्मभन्दा अलि बढि नै आशावादी छु । किनकी यो शिब रेग्मीको नौलो फिल्म हो । यसमा मेरो कथा, प्रस्तुत गर्ने शैली, नयाँ केटाकेटीको नयाँ स्वाद, बिशुद्ध प्रेमकथा, गीतसंगीतबाट दर्शक सन्तुष्ट हुनुहुन्छ भन्ने लागेको छ ।


# FilmyKhabar
Ukali Orali Indeed Is A Live Television Program In Image Channel Television. Various Folk Music Videos Are Played In The Program That Is Daily Aired Every Afternoon From 1 - 2 Pm.Ukali Orali Also Provides Information About Folk Music, Culture, Traditions, Customs Etc In The Show.Presenters Take The Phone Calls From The Audience Which Help The Audience To Interact Directly With Them And Take Part In The Program.The Program Comes With Various Topic Each Day And Also Have Some Guest Artists In The Show Every Sunday. Anusha Dahal Is The Producer Of The Program And Anupa Shrestha Is Executive Producer.Program Is Run By Different Presenters Each Day Such As Anusha Podel, Shova Tripati And Babina Poudel.
It Has Different Segment Each Day.
Watch Todays Ukali Orali Online Now With Sindu Malla Today;s Guest Artist.