नायक भुवन केसी युवतीको कारणले बेलाबेलामा चर्चामा आइरहन्छन् । दोश्री श्रीमती सुस्मिता बम्जनसँगको सम्वन्ध बिच्छेदसँगै एक्लो भएका भुवनले अहिले एक नायिकको साथ पाएका छन् । चलचित्र एटीएमबाट चर्चामा आएकी नायिका जिया केसी र भुवनको हिमचिम निक्कै बढेको छ । भुवन र जियाको सम्वन्ध चलचित्र एटीएमको एक गीतको छायांकनदेखि बढेको हो ।अनलाइनखबरसँग कुरा गर्दै नायिका जिया केसीले भनिन्, भुवन केसीलाई म धेरै नै माया गर्छु । तर, आजसम्म उहाँलाई प्रेम प्रस्ताव भने राखेकी छैन । भुवनको घरमा जिया धेरैपटक गएकी छन् । केसीले भनिन्, म उहाँको परिवारसग निकै नजिक छु । उहाँको घरमा खाना खान धेरैपटक पुगेकी छु । केसीको एक्लो जीन्दगी देखेर आफुलाई माया लागेको उनको भनाइ छ । यति ठूलो कलाकार भएर पनि भुवनजी एक्लै हुनुहुन्छ, यसैले उहाँको मलाई धेरै माया लाग्छ । भुवन ‘प्लेब्वाई’ भएकै कारणले आफुलाई मन परेको जिया बताउँछिन् ।
तपाई भुवन केसीसँग बिहे गर्न इच्छुक हुनुहुन्छ ? भन्ने प्रश्नमा जियाले घुमाउरो पाराले भनिन्, अहिले नै योबारेमा सोचेको छैन, तर हाम्रो सम्वन्धमा जे पनि हुनसक्छ । जियाको यो कुराले भुवनसँग सकारात्मक रहेको बुझ्न सकिन्छ ।
जीया र भुवनको निकटता निक्कै बढेको र उनीहरु धेरैपटक विभिन्न क्याफेमा भेट्ने गरेको चर्चा सिनेमा बजारमा चलेको महिनौ भैसकेको छ । भुवनले जीयालाई तेश्री श्रीमतीको रुपमा भित्राए भने अनौठो नमान्दा हुन्छ ।
भनिन्छ मंसिर पुषको जाडोमा रुई, फुई र दुईको विशेष महत्व हुन्छ । अर्थात जाडो महिनामा रुवाले बनेको सिरक, कोईलाको आगो र दुई प्रेम जोडी जाडोबाट बच्ने उचित उपायहरु मानिन्छन । प्रायः वर्षैभरी फ्लोरमा व्यस्त हुने हाम्रा सेलिव्रेटीहरु चाही जाडोबाट बच्न के गर्छन त ? मेरो सिनेमाले केही कलाकारहरुसँग यस विषयमा कुराकानी गरेको छ :

विनिता बराल, नायिका
(हाँस्दै) म आफै हट छु त्यसकारण मलाई त केहीको पनि आवश्यकता पर्दैन । म जाडोबाट बच्न बिहान र बेलुका डावर चेवनप्राश खाने गर्दछु र उनीको स्विटर लगाउँछु ।


दयाह्याङ राई, कलाकार

जाडोबाट बच्न म हल्का हिव्स्की पिउने गरेको छु । काम नभएको बेला लामै समयसम्म सिरक भित्र बस्छु । बाक्लो कपडा लगाउने र चिया पिउने त जाडो महिनाको दैनिकी जस्तै हो ।


प्रियंका कार्की, नायिका
मलाई चाहि जाडो महिना विशेष लाग्ने गर्दछ । त्यसकारण म हट ईलेक्ट्रीक व्याग साथमै लिएर हिड्ने गर्दछु । अर्कोकुरा जाडोमा कम्तीमा १० कप चिया, कफी पिउँछु ।


सविन श्रेष्ठ, नायक 
म शरीर तताउन दिनमा दुई चोटी जिम जाने गर्छु । अनि जाडोबाट बच्न ब्ल्याक कफी पनि पिउने गर्छु र च्याकेट लागाउँछु ।



सुस्मा कार्की, नायिका 
मेरो जाडोबाट बच्ने खासै विशेष उपाय केही पनि छैन । अहिले जाडो महिना भएर होला सिनेमाको प्रस्ताव पनि खासै आएको छैन त्यसकारण अहिले घरमै बसेर न्यानो मनाइरहेको छु ।


नवराज आचार्य, निर्देशक

अहिले मलाई ‘कलिउड’ कै कामले गर्मी बनाइरहेको छ । म जाडोबाट बच्न कफी पिउँछु । घरमा हुँदा हिटर ताप्छु ।


सुवास थापा, नायक
प्रायः काममै व्यस्त हुने भएकाले होला जाडोबाट बच्ने मेरो विशेष उपाय छैन । यद्यपी म बिहान बेलुका हट लेमन पिउँने गर्दछु ।


दिपेन्द्र के खनाल, निर्देशक
अहिले म सिनेमा ‘झोले’ को फ्लोरमा भएको हुँदा खासै जाडो भएको छैन । तर जाडो महिनामा चाही म बाक्लो कपडा लगाउने गर्छु । गाडीमा हिड्दा हट एसी चलाउँछु ।

पुरुषोत्तम प्रधान, सिनेम्याटोग्राफर
म त अहिले क्यामेरा चलाउन मै व्यस्त छु । त्यसकारण खासै जाडोको अनुभव भएको छैन । तर म जाडोबाट बच्न हल्का पिउने गरेको छु ।
 

(Source:Merocinema)

राजवल्लभ कोइरालाले मुख्य नायकको भुमिकामा काम गरेको हलिउड फिल्म हाईवे टु धम्पुस युनिट अहिले अमेरिका फर्किसकेको छ । पोखराका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो चलचित्रको युनिटका साथमा नायक कोइराला पनि अमेरिका पुगेका छन् ।
एक हलिउड फिल्मको छायांकन सकिएलगतै अर्को हलिउड सिनेमाको छायांकन भर्खरै मात्र नेपालमा गरिएको छ । । अमेरिकन उपन्यासकार जोसेफ वङद्धारा लिखित उपन्यास सोल्डलाई मुख्य आधार बनाएर तयार पारिएको हलिउड सिनेमामा मह जोडी मुख्य भुमिकामा देखिँदैछन् । सिनेमाको नाम सुरुवातमा सोलड राखिएता पनि अन्तिम समयमा फ्लाइट राखिएका हो । चलचित्रको पोखरा र कास्कीको हेम्जा गाविसमा छायांकन गरिएको छ । सिनेमाको छायांकन सकेर निर्माण युनिट अमेरिका फर्किसकेको छ ।
कलकत्तामा केही दिन छायांकन गरी निर्माण युनिट ४० जनाको टोली लिएर नेपाल आएको थियो । चलचित्रमा नेपालका  ४० जना प्राविधिक तथा कलाकारहरुको सहभागीता छ । चलचित्रको प्रोडक्शन म्यानेजर अरुण रेग्मी रहेका छन् भने प्रोडक्शन कोडिनेटर अनन्त तिमिल्सिनाले गरेका हुन् । सिनेमाको निर्देशन अमेरिकी निर्देशक जेफ्री ब्राउनले गरेका हुन् । यो सिनेमामा महजोडीको अतिथि भूमिका रहेको छ ।
एउटा नेपाली चेली कसरी मुम्बईको कोठीमा बेचिन्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ । सिनेमाको निर्माणमा माइती नेपालले पहल गरेको बताइएको छ । चलचित्रमा मह जोडीका अलवा निहार, ज्यापार लगायतको अभिनय छ । अतिथि भूमिका भए पनि अंग्रेजीमा संवाद बोल्दा रमाइलो लागेको महजोडीको भनाइ छ ।
चलचित्र हिरोबाट रजतपटमा भित्रिएकी नायिका रेखा थापाले यो हप्ता एउटा रोचक भनाइ सार्वजनिक गरिन् । अनावश्यक दृश्यमा समेत तिघ्रा देखाउन माहिर मानिएकी रेखा अब अंगप्रदर्शन नगर्ने सोचाइमा पुगिन रे । चलचित्र बिकास बोर्डको अध्यक्ष बन्न दौडधुप गरिरहेकी रेखाले सारी र लामा-लामा कपडा लगाउने भनि दिएको अभिव्यक्ति ले बजारमा राम्रो चर्चा पायो । रेखाको तिघ्रा नबेच्ने अभिव्यक्ति यो हप्तको नम्बर १ स्थान ओगट्न सफल भएको छ ।


बुधवारको दिन रेखा थापा रिल र रियल दुवैमा एक साथ रोमान्स गरिरहेकी थिइन्। लंका को एक गीतको सुटिङ्गको क्रममा रहेकी रेखा रिलमा नायक किशोर खतिवडासँग रोमान्स गरिरहेकी थिइन् भने रियलमा श्रीमान् छवि ओझासँग। रेखालाई यो दुवै संयोग जुराएको थियो श्याम भट्टराई निर्देशित सिनेमा लंकाले। कार्तिक २४ गते देखि काठमाडौं बाहिरबाट प्रदर्शन थाल्ने सिनेमाले मर्ने बेलामा हरियो काँक्रो भनेझैं सिनेमा रिलिज हुने बेलामा काठमाडौंको रंगशालामा यो पल...बोलको गीत सुटिङ्ग गरिरहेको थियो।

केही महिना पहिला एक अर्कासँग एक क्षण पनि बिताउन नसक्ने भनेर मिडियामा आरोप प्रत्यारोप गरिरहेका रेखा थापा र छवि ओझा बुधवारका दिन भने रौं बराबरको दूरीमा बसेर भलाकुसारी गरिरहेका थिए। रंगशालाको मैदानमा कुराकानीका क्रममा रेखा प्रेमले छविका गाला तथा नाक सुमसुम्याई रहेकी थिइन्। डिभोर्सको संघारमा रहेको भनिएका उनीहरुको यस्तो चर्तिकला हेर्दा लाग्थ्यो उनीहरु भर्खर प्रेममा परेका छन्।

सन्तोष रजौरेको संगीतमा प्रविशा अधिकारी र दिपक लिम्बुले आवाज दिएको गीतमा नृत्य निर्देशक कविराज गहतराज रेखा र किशोरलाई थरि थरि गरेर नचाईरहेका थिए। रेखा भने यस्तै बिचको समय चोरेर छविसँग गफ गरिरहेकी थिइन्।

सुटिङ्गमा प्रशन्न मुद्रामा उपस्थित श्याम भट्टराई गीतका लागि फूलवारी चाहिएकाले यतिबेला सुटिंग गरेको जानकारी दिईरहेका थिए। सँगसँगै गीतको सिआरबिटी बढ्ने क्रममा रहेकाले पनि सुटिंगको चाँजो  मिलाएको श्यामको जवाफ थियो। श्यामले जनाए अनुसार एक दिन अघि गीतको सुटिंग ललितपुरको गोदावरीमा पनि गरिएको थियो।

रेखा थापा लेडी पुलिसको भूमिका रहेको लंकामा किशोर खतिवडाले उनलाई साथ दिएका छन्। सिनेमाको अधिकांश सुटिंग सर्लाहीमा गरिएको थियो। तिहारको अवसरमा रिलिज हुन लागेको सिनेमालाई धेरैले आशाको नजरले हेरेका छन्।

नायिका श्वेता भट्टराई चलचित्रमा अभिनय गर्न व्यस्त छिन् । चलचित्र ‘तिमी जहाँ भएपनि’ बाट नेपाली चलचित्रमा भित्रिएकी उनको हातमा लगालग सिनेमा परिरहेका छन् । ब्ल्याक मेल, रिदम, गल्ली हुँदै प्रोड्युरसम्म आइपुग्दा उनको लोकप्रियता चुलिएको छ । उनै नायिका भट्टराइसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
कस्तो हुँदैछ दशैंको तयारी ?
दशैं मनाउन पोखरा जान्छु म । एकदमै रमाइलो र उमंग छाएको छ, दशैंको । छायांकनमा व्यस्त भएकाले पनि सपिङ ढिलो मात्र गरियो । तर के किन्ने भन्ने त्यस्तो योजना बनाइन । सधै सपिङ गर्नु नै पर्ने भएकाले औपचारिकता मात्र दिएको हो ।
दशैंमा के के पकाउने योजना छ ?
मलाइ त केही पनि पकाउन आउँदैन । अरुले बनाएर दिए आफु मजाले खाइन्छ ।
विशेषगरी दशैंको के मन पर्छ ?
मलाइ त टिका लगाउने दिन नै मन पर्छ । सबैसित भेटघाट हुन्छ । टिका र जमरामा सजिँदाको मजा अरु दिनमा कहाँ हुन्छ र हैन ?
तास कत्तिको खेलिन्छ ?
तास त म खेल्दै खेल्दिन । र तासको कुनै पनि आइटम आउँदा पनि आउँदैन ।
नायिका हुनुभन्दा अघि र अहिलको दशैंमा के फरक छ ?
मलाइ त खासै केही पनि फरक लागेको छैन । परिवारले पनि त्यस्तो खासै केही महशुस गर्नु भएको छैन । सबैको सहयोगले नै म नायिका भएको हो ।
अहिले सिनेमा खेलेर सन्तुष्ट हुनुहुन्छ ?
स्कुल पढ्दा नायिका हुन्छु भन्ने सोच आएको थिएन । कहाँबाट कसरी जुर्यो म आफैंलाई नै थाहा छैन । तर सिनेमको नशा भने ममा छैन । फेरि एकपटक अध्ययनका लागि म विश्राम लिने तयारीमा छु ।
आफुले पाएको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ कि सोचेजस्तो भूमिका पाउनु भएको छैन ?
प्रत्येक सिनेमामा फरक फरक भुमिका आइरहेका छन् । यसैले पनि हालसम्म त सन्तुष्ट नै छु । पहिलो सिनेमा भन्दा अहिले राम्रो खेलीरहेको छु जस्तो लाग्छ । तर मानिस आफ्नो कामबाट सन्तुष्ट भने कहिले हुँदैन नि ।
कस्ता पहिरनमा आफु राम्री देखिन्छु जस्तो लाग्छ ?
अलिकति उचाइ राम्रो भएकाले होला वान पिस, पाइन्ट टिसर्ट, फिटिङ लुगाहरु मन पर्छ ।
आफ्नो एकदमै सेक्सी अंग के लाग्छ ?
आँखा नै हो । अरुले पनि आँखा नै भन्छन् ।
सधैं साथमा हुने तीनवटा कुरा ?
मोवाइल, पर्स, मेकअपका सामानहरु ।
झुटो कत्तिको बोल्नुहुन्छ ?
म झुटो बोल्दै बोल्दिन । म साँचो मात्र बोल्छु । जब डर लाग्छ तव झुटो बोल्ने हो ।
बिहे कहिले गर्ने सोच छ ?
भित्री मनबाट आइरहेको छ, चाँडै नै बिहे हुन्छ । सही समयमा सही निर्णय गर्नुपर्छु म पनि त्यही समयको पर्खाइमा छु ।
कस्तो खालको युवकको खोजीमा हुनुहुन्छ ?
हेर्दा मसँग सुहाउने खालको हुनुपर्छ । उसको उचाई, पर्सानिलिटी केही गर्छु भन्ने खालको भएको हुनुपर्छ । ।
झट्ट बाटोमा हिँडिरहदा पुरषको के कुराले आकर्षण गर्छ ?
उसको अनुहार र ह्यान्डसम, ज्यान भएको, पहिरनको सेन्स भएको ले नै आकर्षण गर्छ ।
अहिलेसम्म आँखा गएको छ या छैन ?
यस्तो कुरामा ध्यान दिएको छैन ।
प्रेम अहिले सम्म कत्तिको गरियो ?
गरेँ, मैले नगरेको त होइन । अहिले पनि हुनसक्छ । तर यसबारेमा धेरै कुरा भन्न सक्दिन । बुझ्नेलाई यत्ति नै काफी छ नि हैन ?
कतिबर्ष भयो सम्वन्ध अगाडि बढेको ?
यो कुरा चाहिँ नखोलौं होला । प्रेमी भए, नभएको सोधेर धेरैले तनाव दिएका छन् । यो कुरा पनि भन्यो भने त के होला..हा..हा… ।
नेपालको कुन सेलीब्रेटीले आकर्षण गर्छ ?
सुमन सिंह र जीवन लुईंटेल नै स्मार्ट लाग्छ ।
आफ्नो सबैभन्दा मनपर्ने बानी के लाग्छ ?
म एकदमै छिटो घुलमिल हुनसक्छ । सबैको मनका कुरा बुझ्न सक्छु ।
भूतप्रेतमा विश्वास गर्नुहुन्छ ?
गर्छु नै भन्नुपर्यो । एक्लै भएको बेलामा खुबै डर लाग्छ ।
सपनामा युवकहरु कत्तिको आउँछन् ?
मेरो सपनामा युवकहरु कहिले पनि आउँदैनन् । तर विपनामा आउँछन्, खुबै धेरै ।
कत्तिको प्रेम प्रस्ताव आएका छन् जीवनमा ?
कत्तिले भन्नु र प्रेम प्रस्तावका कुरा त । तर मानिसहरु अहिले सोझै प्रेम प्रस्ताव भन्दा पनि व्यवाहारबाट देखाउन खोज्छन् ।
मेकअप गर्न कत्तिको समय लाग्छ ?
आफू कहाँ जान लागेको हो भन्ने आधारमा हुन्छ । सामान्यतया बाहिर निस्कनु परे गर्दिन । पाटीम जानु परे लाग्छ आधा घन्टा भन्दा बढी नै ।
कमाएको पैसा कत्तिको खर्चमा मेकअप र कपडामा खर्च हुन्छ ?
सबै खर्च हुन्छ । बाहिर रेष्टुरेन्टमा धेरै जाने केटी हुँ म । कमाएकोले पनि पुग्दैन ।
जीवन लुइटेल र स्वेता भट्टराइको चक्करका कुरा आए नि ?
मैले सुनेको थिएँ यो कुराको बारेमा । त्यस्तो केही पनि होइन । उहाँ राम्रो अभिभावक जस्तो हुनुहुन्छ । दुई जनाको व्यवहार राम्रो भएकाले पनि यस्तो भएको हो ।
Onlinekhabar

फ्यानहरु कमाउनु नै सेलिब्रेटीहरुको सवैभन्दा ठूलो धन हो त्यस माथि बेलाबेलामा अचम्मका सदभाव देखाउने फ्यानलाई कुन चाँहि सेलिब्रेटीले बिर्सन्छन् होला । र, यस्तै एउटा अचम्मका एक फ्यानबाट निर्देशक दिनेश डिसीले पुनः खसी उपहार पाएका छन् ।

२०६७ सालको दशैंमा पनि दाङ निवासी उनका  फ्यान लेखराज डाँगीले २२ किलोको खैरो खसी दशैं उपहार स्वरुप डिसीलाई पठाएका थिए । जुन निरन्तरता यो पटक पनि दोहोर्‍याएका छन् उनका फ्यानले । केही महिना अघि मायाज बारको सुटिङ सेटमा आएको समयमा डिसीको लेखराजसंग निकै बेर बार्तालाप भएको थियो त्यस पश्चात फ्यानसंगको सम्बन्धलाई दोस्तीमा परिणत गरेको डिसी बताउँछन् ।

आज बिहान डिसीलाई उनका फ्यानले दाङ देखि आफू निकट ब्यक्तिको हातमा करिब १८ केजीको खसी पठाएका हुन् । 'दशैं शुभकामना ब्यक्त गर्दा भईहाल्थ्यो तर उहाँ मान्दै मान्नु भएन अनि लिन बाध्य भएँ', डिसले भने  ।

फिल्म `बोक्सी` को च्यारिटी नेपालगंजको वागेश्वरी चलचित्र भवनमा सम्पन्न भएको  छ । समाजमा रहेको अन्धविस्वास बोक्सी प्रथालाई अन्त्य गर्न फिल्मी क्षेत्रवाट गरिएको पहिलो प्रयास साथै वालमनोविज्ञान तथा डर र भ्रमलाई अन्त्य गर्न निर्माण गरिएको फिल्म बोक्सीलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।

बालकृष्ण समको एकाङ्की नाटकमा आधारीत फिल्म 'बोक्सी' को च्यारिटी सो हेर्नका लागी क्षेत्रिय प्रहरी तालिमकेन्द्र नेपालगंजमा प्रमुख एसएसपी योगेश्वर रोमखानी, नेपाल आयल निगम नेपालगंजका क्षेत्रिय प्रमुख तथा गायक सिताराम पोखरेल सहित सञ्चारकर्मी, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत करिव पाँच सय दर्शक उपस्थित थिए । च्यारिटी हेरीसकेपछी एसएसपी रोमखानीले फिल्मको निकै तारिफ गर्दै निर्माता घोरासैनीलाई धन्यवाद समेत दिएका थिए ।

हलमा उपस्थित सम्पुर्ण दर्शकले समाजमा रहेको अन्धविश्वासलाई हटाउन यो फिल्मले ठुलो सहयोग गर्ने भन्दै देशव्यापी रुपमा फिल्म लगाइदिन निर्माता घोरासैनीलाई आग्रह समेत गरे । नेपालका विभिन्न स्थानमा बोक्सीको आरोपमा अकालमा ज्यान गुमाएका र गाउँ समाज र घरपरिवारवाट वहिस्कार हुन वाध्य भएका महिला दिदीबहिनीहरूको पिडालाई प्रस्तुत गर्दै सामाजिक चेतना जगाउन र बाँके चलचित्र पत्रकार संघलाई आर्थिक रुपमा सहयोग गर्न च्यारिटी गरिएको निर्माता घोरासैनीले बताए ।

पपुलर मल्टिमिडियाको व्यानरमा निर्मित फिल्म बोक्सीमा विकाश गुरुङको संगित, अविनाश श्रेष्ठ र शक्तिवल्लभ घोरासैनिको कथा, गोपालचन्द्र लामिछानेको निर्देशन रहेको छ । बोक्सीमा शंकर लामिछाने, शुभेच्छा थापा, शक्तिवल्लभ घोरासैनी र वाल कलाकारमा राज आचार्यको मुख्य भुमिका रहेको छ ।
Filmykhabar

गुन बिर्संदा के-के हुँदो रहेछ भन्ने नयाँ असर नव निर्वाचित अध्यक्ष नवल खड्काको हकमा देखिन थालेको छ । अध्यक्ष बन्ने तयारीमा रहदा लय संग्रौलाले नवलको सानो अग्रहमा आफ्नो उम्मेदवारीलाई रद्ध गरी नवललाई अध्यक्षमा उठाएका थिए । बदलामा मनोनित तर्फको एक उपाध्यक्ष पद संग्रौलालाई दिने उनीहरु बीच सहमति भएको थियो । तर निर्वाचन सकिएको पर्सी पल्ट बसेको कार्यसमिति बैठकको निर्णयसंगै नवल र लयको दुरी बढेको छ ।

६ जना पूर्व अध्यक्षहरुको लिष्टमा नवलले पूर्व उपाध्यक्ष लयलाई सल्लाहकार समितिमा राखिदिएपछि उनीहरुको मनमुटाव सुरु भएको हो । 'मलाई नसोधिकन त्यसमाथि पूर्व अध्यक्षहरु रहेको लिष्टमा सल्लाहकार बनाईएछ त्यसैले मैले त्यो निर्णय मान्छु मान्दिन केही दिनमा थाहा हुन्छ', गर्जनका साथ फिल्मीखबरसंगको कुराकानीमा लयले भने, 'यहाँ एक थोक गर्ने भनिएको थियो तर हाईज्याक भएर अर्कै भएछ ।'

लयले त्यसो भन्नुको अर्थ हो सहमति अनुरुप नयाँ कार्यसमितिमा  आफूले पाउने उपाध्यक्ष पद अर्को ब्यक्तिलाई दिनु । नवलले सानुकुमार ताम्राकारलाई उपाध्यक्षमा मनोनित गरिसकेका छन् । लय सहित रोज राणा, अशोक शर्मा तथा केही फिल्मकर्मीको ग्रयाण्ड डिजाईनमा नवललाई यस पटक अध्यक्षमा जिताईएको हो ।

आफ्नो उम्मेदवारीलाई रद्ध गर्दै उपाध्यक्षमा मनोनित तर्फबाट बस्ने पूरै तयारीमा रहेका लयको नवल खड्काको उम्मेदवारी घोषणा पश्चात हितैषी मोहन निरौलासंग पनि उनको पानी बाराबारको स्थिती सृजना भईसकेको छ । मोहन निरौलाले अध्यक्षमा उठ्ने कसर गर्दा उनी प्रति हस्तक्षेप गर्दै लयले नवलको समर्थन गरेका थिए तर त्यो समर्थन निर्वाचन सकिएको दुई दिन पश्चात तुहिएको छ ।
फिल्मीखबर

उखानै छ नि 'बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' । तर यो उखान सबैमा लागु हुन्छ भन्ने छैन । किनकी कति यहाँ नबोल्नेको पनि चामल बिकेको उदाहरण छन् । तिनै उदाहरण मध्येका एक पात्र हुन् हाकु काले अर्थात सौगात मल्ल ।

थिएटरको राम्रो अनुभवी कलाकार सौगात मल्ल फिल्ममा कागबेनीबाट प्रवेश गरेका हुन् । त्यसपछि उनले दाशढुंगा, के यो माया हो लगायतका केहि फिल्म गरे तर न उनी चले न फिल्म नै । एक्कासी लुट फिल्मले उनलाई शिखरको चुचुरोमा पुर्‍याईदियो । लुट फिल्ममा अभिनय गर्नु पूर्व फिल्म मेकरको नजरमा नपरेका सौगात अहिले सबैको पहिलो रोजाई बनेका छन् ।

निकै कम बोल्ने स्वाभावका सौगातका न चाकडी गर्न आउँछ न बोलेर आफूलाई बिकाउन । लुट चल्नु पूर्व उनी नचल्नुको एक कारण बोल्न नसक्नु पनि हो तर अहिले उनलाई बोलिरहन जरूरी पनि छैन । उनको पिठो नबोले पनि बिकिरहेको छ । 'मलाई बोल्न निकै डर लाग्छ । बोलेर समय खेर फाल्नु भन्दा अभिनयमा राम्रो कसरी गर्न सकिन्छ भनेर सोच्न मलाई मन पर्छ', सञ्चारमाध्यम होस् या कुनै कार्यक्रम आफू नबोल्नुको कारण खोल्दै सौगात भन्छन्, 'मलाई सानै उमेर देखि धेरै बोल्न मन लाग्दैन थियो । अहिले त कलाकार भएँ बोल्दा झन् बिग्रने डर हुन्छ । र, मलाई बोल्न भन्दा पनि काम गरेर देखाउन मन लाग्छ ।'

कलाकार भएपछि बोल्न नजान्दा गार्‍हो पर्ने कुरालाई उनले नबुझेका पनि हैनन् तर नबोलेर पनि चर्चामा आउन सकिन्छ भन्ने उदाहरण सौगात नै हुन् । कहिले काहिं कार्यक्रममा बोल्न लगाउँदा सौगात बोल्नै नपरे हुन्थ्यो भन्ने सोच्छन् । 'के बोल्ने के बोल्ने हुन्छ', सौगात भन्छन्, 'मलाई अभिनय गर्न भने जस्तो भुमिका पनि गर्न तयार हुन्छु तर यो बोल्ने काम गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।'

सौगातले पछिल्लो समय अभिनय गरेका सौर्य, छड्के, बधशाला लगायत रिलिजको क्रममा छन् भने अबको ५-६ महिना उनी नयाँ प्रोजेक्टका लागि व्यस्त छन् । लुट पछि लगातार फिल्म गरिरहेका सौगातलाई 'क्वान्टिटी' धेरै हुने डर लागेकोले फिल्मलाई कम गर्ने सोचमा छन् । उनी भन्छन्, 'थोरै बोल्छु थोरै गर्छु तर राम्रो दिने कोसिस गर्छु ।'
फिल्मीखबरबाट 
नायक आर्यन सिग्देल अहिले तनावमा छन् । आफुले अभिनय गरेका २ चलचित्र एकैदिनमा प्रदर्शनमा आउने भएपछि उनको तनाव बढेको हो । उनिद्धारा अभिनित चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘धुवाँ यो नशा’ कात्तिक ३ गतेबाट प्रदर्शनमा आउदैछन् ।
चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ देशभरका हलबाट प्रदर्शनमा आउने क्रममा छ भने ‘धुवाँ यो नशा’ मोफसलका हलबाट प्रदर्शनमा आउदैछ । आफैले अभिनय गरेका २ सिनेमाको जुधाइले आर्यनलाइ अप्ठ्यारोमा पार्ने निश्चित छ । चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ मा आर्यन दिप्ती गिरीको जोडिको रुपमा देखिएका छन् । यस्तै ‘धुवाँ यो नशा’ मा आर्यनको जोडिको रुपमा अहिलेकी चर्चित नायिका निशा अधिकारी छिन् ।
चलचित्र बृत्तमा आर्यनको जोडि दिप्ती या निशा कोसँग जम्ने हो भनेर चर्चा चल्न थालेको छ । बर्षमा कम मात्र सिनेमा खेल्ने आर्यनको करिअरमा यि दुइ सिनेमाको व्यापारले प्रभाव पार्ने निश्चित छ ।


निश सँगको जोडी भएको भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


निश्चल श्रेष्ठको निर्माण तथा निर्देशन रहेको लघु चलचित्र ‘नेपाल आमा’को च्यारिटी शो गरिने भएको छ । जनआन्दोलनका घाइतेको सहयोगार्थ चलचित्रको च्यारेटी शो गरिने छ ।
जनआन्दोलन २०६२/६३ पछाडी नेपाली जनताले आशा गरे बिपरित नेताहरुको गैह्रजिम्मेबारी र स्वार्थीपनले बिकृत रुपमा बिकसित राजनीतिक अवस्थाले नेपाल र नेपालीको अस्तित्वसागै स्वभीमानमा खलल पुगेको अवस्थामा नेेपाल आमाको पिडा र चित्कार लघु चलचित्रमा प्रस्तुत गरीएको छ ।
चलचित्र व्यवसायीक फाइदाका लागि निर्माण नगरेको निर्देशक श्रेष्ठले दाबी गरेका छन् । चलचित्रमा शुभद्रा अधिकारी, यादव सिलवालका साथमा विशेष भुमिकामा केशब स्थापित, नारायण श्रेष्ठ, महेश दाहाल लगायतले अभिनय गरेका छन् । चलचित्रको समय अवधि २५ मिनेटको छ । चलचित्रको च्यारीटी शो बाट उठेको रकम जनआन्दोलनका घाइते, आर्थीक रुपमा विपन्न असहाय बालबालीकाहरुको स्वास्थय र शिक्षामा सहयोग पुर्याउने निर्माण संस्थाले बताएको छ ।
बाबु बोगटी, गायक तथा नायक
चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउाला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
१ · गायकबाट नायक बन्नुको कारण ?
म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएा । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
 २· तपाईंलाई के भन्ने गायक कि नायक ?
म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
 ३· हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?
मैले सबैजसो व्यापारीक सिनेमा नै गरेको छु । तर म समाजमा बिरलै देखिने चरित्रलाई निभाउन चाहन्छु, जुन इच्छा पूरा भएको छैन ।
४· नायक बाबुले गायक बाबुलाई छायामा पारे जस्तो लाग्दैन ?
केही ओझेलमा परेको छ भन्ने महसुस मैले गरेको छु । किनकी संचारमाध्यममा मलाई गायक भन्दा पनि नायकको रुपमा नै चित्रित गरिएको छ । यसैले पनि मिडियाका लागि म नायक भएको छु ।
५· प्रदर्शनको क्रममा रहेको आइ एम इन लभ कस्तो सिनेमा हो ?
आइ एम इन लभ एउटा प्रेमकै कथामा आधारित छ । एकतफिर् प्रेम र यसले पार्ने प्रभावका विषयमा सिनेमा केन्दि्रत छ ।
५· मिठो खानेकुरा के पकाउनुहुन्छ ?
म मासु ज्यादै मिठो पकाउाछु । तर सादा खानेकुरा खान रुचाउाछु ।
६· एक दिनमा युवती र सेक्सका बारेमा कत्ति सोच्नुहुन्छ ?
हरेक व्यक्तिको एउटा उमेरमा यसको चाहना र सोचाइ धेरै नै हुन्छ । म पनि त्यही व्यक्तिको कोटीमा पर्ने भएकाले साधारण मानिसले जति सोच्छ म पनि सोच्छु ।
७· कस्ता युवतीले आकर्षण गर्छन् ?
व्यक्तित्व र लुक्स राम्रो भएका युवती नजरमा पर्छन् ।
८· बाटोमा हिडिरहादा युवतीको सबैभन्दा पहिला कुन अंगमा आाखा जान्छ ?
हा.हा.हा.कसरी भन्नु । तर एउटा साधारण केटाहरुले जहाा हेर्छन् मेरो पनि त्यहीा नै जान्छ ।
९· नेपालका सेक्सी तीन युवती, जसले तपाईंलाई आकर्षण गर्छन् ?
करिश्मा मानन्धर, सदिक्षा श्रेष्ठ, निशा अधिकारी मलाई साह्रै मन पर्छ ।
१०· कुन सेलिब्रेटीले सेक्स आकर्षण गर्छन् ?
कैटि्रना कैफ देख्ने वित्तिकै आफुमा सेक्सको चाहना पलाएको जस्तो भान हुन्छ । उसको फिगर र हाइट साह्रै राम्रो लाग्छ । फेरि उसले नजानी नजानी हिन्दी बोलेको देख्दा त के भन्ने र …….
११· मन लागेर पनि गर्न नसकेको केही कुरा ?
मलाई शरीरमा सिक्स प्याक्स निकाल्ने खुबै ठूलो रहर छ । जुन पूरा हुन सकेको छैन । तर एकदिन जसरी पनि म पूरा गरेर नै छोड्छु ।
 १२· सिनेमा क्षेत्रमा आफू कुन स्थानमा छु जस्तो लाग्छ ?
मैले कुनै स्थान नै बनाएको छैन । मैले धेरै कुरा र मेरो खुबी देखाउन बााकी रहेकाले पनि म प्रारम्भिक चरणमा नै छु जस्तो लाग्छ ।
१३· तपाईंले देखाउन खोजेको या गर्न खोजेको कुरा के हो ?
वास्तविक जीवनमा देखिने रोल, समाजमा चित्रित हुन खोज्ने कुनै व्यक्तिको ।
१४· कुन बस्तुको स्पर्शले यौन अनुभुति हुन्छ ?
सधै एउटै बस्तु नै त भन्ने हुदैन । तर कहिलेकाहीा टिभि हेर्दा हेर्दै सेक्स गर्न मन लाग्छ त कहिले किताब पढ्दा ।
१५· सेक्स गर्दा कस्तो मौसम होस् भन्ने चाहनुहुन्छ ?
विशेषगरी विदामा जाँदा चिसो मौसममा बसेर सेक्स गर्न मजा आउाछ । यसैले जाडो मौसम नै मझा लाग्छ मलाइ ।
१६· पहिलो प्रेम कहिले लगाउनुभयो ?
बाल्यकालमा नै लगाइयो । विद्यालयमा १० कक्षामा पढ्दा नै प्रेम भएको हो । तर त्यो प्रेम कस्तो थियो मलाई नै अनुभुति छैन । यसपछि भने मैले प्रेम गरेको छैन ।
 १७· युवतीलाई आफ्नो बसमा पार्ने क्षमता कत्तिको छ जस्तो लाग्छ ?
म मा त्यो क्षमता छ जस्तो लाग्छ मलाई । किनकी म सबैजसो घुलमिल भएर मजाले बोल्छु, जुन कुराबाट युवतीहरु आकषिर्त भएको पाउाछु । म ५५ सालमा काठमाडौं आउादा जस्तो थिएा, आज पनि उस्तै छु ।
१८· मुभी कहिलेसम्म खेल्ने सोच छ ?
जबसम्म सिनेर्मो निर्देशक र पैसा खन्याउने निर्माताले पत्याउनुहुन्छ, म सिनेमा खेली नै रहन्छु ।
१९· अनु शाह सग प्रेम सम्वन्धका कुरा पनि आए नि ?
चलचित्र आइ.एम.इन लभमा अभिनय गर्दा यस्ता कुरा आएका हुन् । तर हामी दुईको जोडी चलचित्रमा सुहाएकाले पनि बजारमा हल्ला चलेको हो । तर उसाग कुनै मेरो चक्कर छैन । उसग डेटिङ जाने, गिफ्ट दिने आजसम्म गरेको छैन ।
२०· पहिलो पटक सेक्स अनुभुती कहिले गर्नु भयो ?
म त्यतिबेला २२ बर्षको थिएा होला । तर उ मेरो प्रेमीका थिइनन् ।
Onlinekhabar

नव नायकसँग सिनेमा खेलेर आफुलाइ सधै जवान नै राख्न खोज्ने नायिका रेखा थापाले करिअर ओरालो लागेपछि फेरी अर्को कार्ड फ्याकेकी छिन् । चलचित्र ‘चपली हाइट’ हेरेपछि नायिका विनिता बरालको खुबै प्रशंसा गरेकी रेखाले अहिले उनै नायिकालाइ आफ्नो सिनेमामा अनुबन्धित गरेकी छन् ।

रेखा फिल्सम् र छविराज प्रोडक्शनको व्यानरमा छायांकन भइरहेको चलचित्र ‘हमेशा’ मा रेखासँगै बिनिता को पनि अभिनय रहने छ । तर बिनिताको हालसम्म कुनै पनि दृश्यको छायांकन भएको छैन ।
श्रोतका अनुसार बिनिता दशै पछि मात्र छायांकनमा जानेछिन् । बिनिताको भूमिका र उनी कत्ति समय चलचित्रमा देखिन्छिन् भन्ने बारेमा सबै कुरा लुकाइएको छ । तर रेखाको फिल्ममा विनिताको उपस्थितीलाइ अर्थपुर्ण तवरले हेरिएको छ ।
आफ्नो सिनेमा भित्र चलचित्र क्षेत्रमा माहिर मानिएका नायकलाइ समेत ओझेलमा पार्ने रेखाले बिनितालाइ ‘हमेशा’ मा लिनुलाइ अचम्म मान्न सकिन्छ । नव नायकहरुसँग सिनेमाको पर्दामा रोमान्स गरेर जवान देखिने रेखाले अब नायिकाहरुलाइ पनि यही तबरले नजरअन्दाज गरेको हुनसक्छ । यसैले पनि रेखा विनितासँगै सिनेमा खेलेर आफुलाइ जवान नायिकाको रुपमा चिनाउन खोज्दैछिन् भन्ने विश्लेषण चलचित्र बजारमा हुन थालेको छ ।
चलचित्र ‘हमेशा’मा बिनिताको भुमिका कस्तो हुने छ, यो प्रतिक्षाको रुपमा नै रहनेछ । तर नायकलाइ समेत तल पार्ने रेखाले विनितालाइ माथी उठाउलिन् भन्ने कुरामा भने शंका व्यक्त गर्न सकिन्छ ।
 असोज २७ – अभिनेता तथा निर्माता नवल खड्काको अध्यक्षतामा नेपाल चलचित्र कलाकार संघमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

राजधानीमा शनिबार राजनीति गुटबन्दीका साथ संघको ११ औं साधारणसभा निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी गिरीधारी बाँस्तोला ‘सविन’ लाई भारी मतले उछिन्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २२१ र बाँस्तोलाले १५९ मत ल्याएका थिए ।

अध्यक्षले एक उपाध्यक्ष र तीन सदस्य मनोनयन गर्नेछ । मनोनयनसहित २१ सदस्यीय कार्यसमिति हुनेछ । संघको नयाँ कार्यसमितिका लागि भएको मतदानमा महासचिवमा रामकेशर बोगटी १५७ र सचिवमा उत्तम केसी १६१ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा आकाश खबास र सह–कोषाध्यक्षमा नायिका निशा अधिकारी निर्विरोध भएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी गिरी र राजाराम पौडेल निर्वाचित भएका छन् ।

सदस्यहरूमा नायिका सुमिना घिमिरे, पुजना गुरुङ ‘स्त्री’, सुस्मिता कार्की, मनोज श्रेष्ठ, सुशील पोखरेल, प्रदीप सिंह, विजय देउजा, शंकर बिसी, सरोज केसी र श्रीराम पुडासैनी निर्वाचित भएका छन् । सुमिनाले १७६ मत ल्याएर सबैभन्दा धेरै मत ल्याएर विजयी हुने सदस्य बनेकी छन् ।




म आफ्नो विगतलाई सम्मान गर्दै अर्को विवाह गर्ने तयारीमा छु। मैले विवाह गर्नै हुँदैन भन्ने होइन। हरिवंश दाइले त अर्को विवाह आवश्यक  मान्नुभयो भने मैले गर्दा के हुन्छ? मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखमा बच्चा होस्, रमाइलो परिवार होस्। मिति नै  तोक्न त सक्दिनँ तर विवाहचाहिँ गर्छु। मेरो मात्र होइन, घरको पनि सपना हुँदो रहेछ- छोरीको राम्रो घरजम होस्, बच्चा होस् भन्ने। त्यसैले  परिवारले पनि घुमाउरो पाराले दबाब दिन थालेको छ। एक वर्षपछि त यस्तो दबाब अझ बढ्नेछ। म हतारमा विवाह गरेर फुर्सदमा पछुताउने  सोचमा छैन। त्यसैले पनि धेरै सोचेर मात्र विवाह गर्छु। भारतीय नायिका रेखा तीनवटा विवाह गरेपछि मात्र रेखा भएकी हुन्, मैले त विवाह नै  गरेकी छैन। हुनत बाहिर सबैलाई छविसँग मेरो विवाह भएको हो भन्ने लाग्छ, तर मेरो विवाह छविसँग भएको थियो कि थिएन त्यो मलाई  मात्र थाहा छ। त्यसैले पनि मैले अब गर्ने विवाह पहिलो विवाह हुनेछ। मैले केटा खोजेको समाचार पनि बेला-बेलामा आएका छन्, तर ती कुरा  सत्य होइनन्। विवाह भनेको भगवान्ले लेखेर पठाएका हुन्छन् तर मैले खोजेको केटा मेरो विगतलाई सम्मान गर्ने तथा मेरो पेसालाई बुझने  हुनुपर्छ। म अहिले कत्ति पनि एक्लो महसुस गर्दिनँ। यद्यपि ममीको साथ, दाइको साथ, दिदीको साथ सधै रहन्छ भन्ने छैन। त्यसैले पनि मैले  जीवनसाथी रोज्नुपर्छ भन्ने मलाई थाहा छ र म रोज्छु पनि। मैले खोजेको केटा चलचित्र क्षेत्रको हुने छैन। किनभने सिनेमा क्षेत्र मेरो माइती  जस्तै भएको छ। छविसँग मेरो आधिकारिक विवाह भएको थिएन। यदि, विवाह भएको भए किन म उसको सम्पत्ति फिर्ता गर्थें? म पनि  सम्पत्तिको आधा भाग खोज्न सक्थें, तर मैले त्यसो गरिनँ। एक समय मेरो मनमा आमा बन्ने चाहना बढेको थियो। तर, अहिले त्यो चाहना  घटेको छ।
(अनलाइन खबरबाट)
चलचित्र ‘चन्द्रावती’ मा समावेश एक सेक्स दृश्यलाइ लिएर नायिका शशी खड्काले आपत्ति जनाउदै आएकी छिन् । सहमतीमा मात्र चलचत्रिमा राख्ने निर्माणपक्षको आश्वासन पछि आफुले उत्तेजक दृश्य दिएको उनको भनाइ छ । तर अहिले निर्माणपक्षले उक्त दृश्य राख्न लागेकोमा शशीले आपत्ति जनाउँदै आएकी छिन् ।
नायिका खड्काले नायक आयुष रिजालसँग बगरमा दिएको उत्तेजक सेक्सको दृश्य समावेश गरेरै चलचित्र प्रदर्शनमा ल्याउने निर्माणपक्षको भनाइ छ । तर निर्माणपक्षले संचारमाध्यममा प्रमोशन गर्न तयार पारेको ‘जुनी जुनी’ बोलको गीतमा भने उक्त दृश्य समावेश गरेको छैन । उक्त दृश्य यहि गीतका लागि छायांकन गरिएको थियो ।
चलचित्रको पर्दामा भने दर्शकले ‘जुनी जुनी’ बोलको गीतमा उक्त दृश्य हेर्न पाउनेछन् । अर्जुन पोखरेलको संगीतमा तयार भएको यो गीतमा दुर्गा खरेलको आवाज छ । चलचित्रमा राजेश हमाल, युना उप्रेती, कुशल थापा लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन् । एक ऐतिहासिक कथाबस्तुमा आधारित यो चलचित्र कात्तिकको अन्तिम साताबाट प्रदर्शनमा आउने सम्भावना छ । चलचित्रमा समावेश ‘जुनी जुनी’ बोलको गीत अनलाईनखबर मार्फत पि्रमियर गरिएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला


दशैंको मुखमा प्राय जसो मानिसहरु गाउँ घरतिर आफन्तकहाँ लागिरहेका बेला नायिका रेजिनामा उप्रेती भने लण्डन तिर ब्वाईफ्रेन्डकहाँ हुत्तिएकी छन् ।
रेजिनाले यो पटकको दशैं लण्डनमा रहेका उनका ब्वाइफ्रेन्ड सुरज पोखरेलसँग त्यही मनाउने विचार गरेर त्यसतर्फ लागेकी हुन् ।

शुक्रबार बिहान ९ बजे रेजिना लण्डनको फ्लाइटमा उडेकी हुन् । रेजिनाले दसैँलाई रङ्गीन बनाउँन यस पटक ब्वाइफ्रेन्डको साथ लिने भएकी हुन् । रेजिनाले लण्डन यात्राका क्रममा ब्वाइफ्रेन्डसँग रमाइलो गर्ने कुरा एउटा रमाइलो रहे पनि पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ आफ्ना फिल्मको समेत राम्रै बजार बनाउँने छन् ।

लण्डन बसाइका क्रममा रेजिनाद्वारा अभिनित फिल्म ‘वरदान’लाई दसैँको मौकामा प्रदर्शन गरेर लण्डनमा बसेका नेपाली दर्शकलाई दसैँकै मौकामा फिल्म हलसम्म पुर्याउँने योजना समेत बनाएकी छन् । धादिङमा जन्मिएका रेजिनाका ब्वाइफ्रेन्ड लण्डनमा ट्राभल एजेन्सीमा कार्यरत छन् ।

रेजिनाले केही समयअघि सुरज सँग लण्डनमा बिताइसकेपनि बडा दसैँको अवसरमा पुन सुरजसँगै रमाइलो गर्न लण्डन पुग्ने भएकी हुन् । रेजिनाले ब्वाइफ्रेन्डसँगको रोमान्स सँगै फिल्म बरदानको प्रशारप्रशार अन्य युरोपेली मुलुमा समेत गर्ने कार्यक्रम रहेको छ ।

नायक मुकेश आचार्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका हुन् ।
दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ । चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् ।

चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् ।
दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ ।
कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो ।
नेपाली चलचित्रमा सेक्सका दृश्य र कथा समावेश गराउने क्रम बढिरहेको समयमा ‘भर्जिन’ले पनि यस्तै सिको गरेको छ । कल्पना र मुकेशको यो रोमान्सलाइ दर्शकले कत्तिको पचाउने हुन्, यो कुरा सिनेमा प्रदर्शनमा आएपछि मात्र भन्न सकिन्छ ।