हजुरलाई मन परे like मा क्लिक्क गर्नुहोस

हजुरलाई मन परे like मा क्लिक्क गर्नुहोस

Norwegian PMरोम, श्रावण २८ । नेपालमा राजनीतिक दलका नेताहरुमा महाराजा बन्ने लालसा बढिरहेको बेला उत्तर युरोपेली मुलुक नर्वेमा भने जनधारणा बुझ्न प्रधानमन्त्री नै ट्याक्सी ड्राइभर बनेका छन् । नर्वेका प्रधानमन्त्री येन्स स्टोल्टनबर्गले जनताको राय बुझ्न भेष बदलेर ट्याक्सी चालक बनेको समाचारले अहिले चर्चा पाएको छ ।
राजधानी ओस्लोको सडकमा स्टोल्टनबर्गले एक दिनभर ट्याक्सी चलाएका थिए । आफू र सरकारप्रति आम जनताको वास्तविक धारणा बुझ्न ट्याक्सी चालक बनेर सडकमा उत्रिएको प्रधानमन्त्री स्टोल्टनबर्गले बताएका बीबीसीले जनाएको छ ।
ट्याक्सी चढ्नेहरुसँग कुराकानी गरेर उनले सरकारप्रतिको धारणा लिएको बताइएको छ ।
त्यस क्रममा प्रधानमन्त्री स्टोल्टनबर्गलाई चिन्नेहरुलाई मात्र उनले आफ्नो परिचय दिएका थिए । उनले यात्रुहरुसँगको कुराकानी गोप्य रुपमा क्यामरामा कैद समेत गरेको जनाइएको छ ।

कोरियामा हिजो शनिवार एक नेपालीको दुःखद निधन भएको छ । गोर्खा जिल्ला घर भएका रवि अर्याल ४ वर्ष ८ महिना अघि कोरिया आएका थिए । ३० वर्षिय अर्याल कोरियामा भिषा सिद्धिएर नेपाल फर्कने अवास्थामा रहेका थिए । इपिएस भिषामा कार्यरत अर्र्यालसहित उनका साथीहरुलाई कम्पनीले गर्मी समयमा खोलामा घुमाउन लगेको थियो । अर्याल खोलामा पौडी खेल्नेक्रममा पानीमा डुबेका थिए । अस्पताल लाने क्रममा उनको मृत्यु भइसकेको बताइएको छ । भोली सोमबार उनको पोष्टमार्टमको विवरण आउने दुताबासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिनुभएको छ

डिसीनेपाल डटकम संवाददाता - शान्ति सेनाको रुपमा कंगो गएका तीन नेपाली सैनिक एम्बुसमा परी घाइते भएका छन् । कंगोको एलाईड डमोक्रेटिक फ्रन्ट नामक विद्रोही समूहको एम्बुसमा परी तीन नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तीन नेपाली सैनिक मनुस्को मिसन कंगोमा तैनाथ थिए । उनीहरु संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सेनाको रुपमा कंगो गएका थिए । नेपाली सैनिक बस्ने गण माभीभीबाट उत्तरतर्फ बाओ भन्ने स्थानमा तीन नेपाली सैनिक एम्बुसमा परेका थिए । एम्बुसमा परेका तीनै जना नेपाली सैनिक खतरामुक्त रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको । घाइते भएका नेपाली सेनाको नाम सार्वजनिक गरिएको छैन । कंगोमा तैनाथ नेपाली सेना श्री भैरवीदल गण १८ औं डफ्फामा खटिएका नारायण दल गणका सैनिक भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उकाली ओराली - 14th July
न्युयोर्क, ९ महिना अघी तालिबानले गोली हान्दा शक्त घाईते भइ बाच्न सफल १६ बर्षिय मलाला युसफेजेइले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा आफ्नो १६ औं जन्मदिन मनाएकी छन् । मलाला डे नाम दिईएको कार्यक्रममा राष्ट्रसंघका महासचिव वान् की मुन् लगाएतका बिशिष्ट ब्यक्तीहरुको बिचमा १६ बर्षिया मलालाले एक शिक्षक, एक पुस्तक, एक कलमले संसार परिवर्तन गर्न सक्दछ भन्दै आफ्नो भनाइ राख्दा बिशीष्ट ब्यक्तीहरुले जोडदार ताली बजाईरहेका थिए । मलाला पाकिस्तानमा कक्षा ८ मा अध्यन गर्दा तालिवान अत्याचारको बिरोध गरेको आरोपमा उनलाई तालिवानले गोली हानेको थियो । बाच्न सफल भएकोमा भगवान्लाई धन्यबाद दिदैं मलालाले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद दिएकी छन् । मलालाले आफ्नो सम्बोधमा भनेकी छन् आतंककारीहरुले मलाई मारेर मेरो बिचार मार्न खोजेको तर सफल नभएको बताएकी छन् । प्रस्तुत छ संसारभरका युवाहरुलाई शिक्षको लागि उठ्न आब्हान गर्दै मलालाले यस्तो सम्बोधन गरिकी छन् भिडियो हेर्नुहोस !!!0
भिडियो हेर्न तल बक्स मा क्लिक्क गर्नुहोला रमाइलो छ