'हिरोइन' मा रहेको संवादका कारण कारीना दुबइमा बिबादित

Admin | 18:35 |


मुम्बई, साउन २२ (एजेन्सी)- दुबईमा रहेका बलिउड अभिनेत्री करिना कपुरका प्रशंसकहरू उनको पछिल्लो फिल्म 'हिरोइन' मा रहेको संवादका कारण रिसाएका छन्। 'दुबई जानु भनेको भगवानको मृत्युको निमन्त्रणा पाउनु हो,' भन्ने संवादका कारण फिल्म विवादमा परेको छ। स्थानीय मिडियाका अनुसार निर्देशक मधुर भण्डारकरले सहरको नामलाई अमानवीय शैलीमा प्रस्तुत गरेको आरोप छ।
 विवाद आएपछि दुबईमा देखाइने 'हिरोइन'मा रहेको यस संवादलाई बदल्ने सम्भावना बढेको छ।
दुबईको एक आरजेले भने, 'बलिउडले फेरि दुबईको नाम बदनाम गर्दैछ। बलिउडका केही स्टारहरूको घर दुबईमा पनि छ भन्ने कुरा बलिउडले बिर्सनु भएन।' पटकपटक फिल्ममा दुबईलाई नकारात्मक ढंगले प्रस्तुत गरिनुलाई निर्देशकको कमजोरी माने उनले।
यसअघि 'फेसन' रिलिज हुँदा मधुरलाई युएईले सम्मान समेत गरेको थियो। 'दुबई बलिउडको लागि ठूलो बजार हो। यो विवादले 'हिरोइन'को व्यापारमा समेत असर गर्नेछ। त्यसलै फिल्म युनिटले दृश्य नै पूरै संशोधन गरेको छ। महँगो बजेटको यस फिल्मबाट निर्माताले धेरै आश गरेका छन्।' केही समयअघि युएई फिल्म सेन्सरबोर्डले 'हिरोइन'को प्रोमोलाई 'दुबई' सहित पास गरेको थियो।
यसबारे निर्देशकले प्रतिक्रिया दिन नचाहेपछि फिल्ममै रहेका उनका साथीले भने, 'उनी यसबारे दुःखी छन्, कुरा गर्न चाहँदैनन्। यसअघि उनको फिल्मले दुबईमा राम्रो कमाइ गरेको थियो। उनी 'दुबई' भन्ने शब्दलाई ध्वनि रहित राख्ने वा दुबईकै लागि नयाँ विकल्प गर्ने भन्ने सोच्दैछन्। मध्यपूर्वकै लागि नयाँ प्रोमो प्रस्तुत गरिँदैछ।'

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!