- बुद्दको तस्बिर जुत्तामा , बिरोध पछी वेबसाईटबाट जुत्ता हटाइयो तर जुत्ताबाट तस्बिर हटेन

Admin | 11:03 |


वाशिङटन, श्रावण २३, संसारभर रहेका बौद्ध सम्प्रदायका मानिसहरूले तिव्र विरोध जनाएपछि एक अमेरिकी जूत्ता निर्माता कम्पनीले बुद्धको तस्वीर भएको जुत्ता आफ्नो वेबसाइटबाट हटाएको छ ।

तर, आईकन शूजले भने बुद्धको तस्वीरहरू भएको जुत्ता आफ्नो वेबसाइटबाट हटाउनुको कारणको बारेमा भने केही बताएको छैन, तर विश्वभरमानै तिव्र विरोधका कारण कम्पनीले यो कदम उठाएको हुन सक्ने अनुमान गरिएको छ ।

इन्टरनेशनल क्याम्पेन फर तिब्बतका भुचुङ सेरिङले कम्पनीले अनलाइन क्याटलगबाट यो तश्विर हटाउनु एक स्वागत योग्य कदम भएको बताएका छन् । आईकनले अब अथवा भविष्यमा यस प्रकारका जुत्ताको निर्माण र यसको बिक्री नगरेर बौद्ध परम्पराको वास्तविक रूपमा नै सम्मान गर्न सक्नेछ ।


स्मरणीय छ, गत हप्ता तिब्बती र भूटानी बौद्धहरूले यस कार्यको विरोधमा कम्पनीलाइ पत्र लेखेका थिए । यी मानिसहरूले फेसबुकमा रहेको कम्पनीको पेजमा यसको बिरोधमा दुखित भएको प्रतिक्रिया पनि दिनुका साथै कम्पनीमा फोन समेत गरेका थिए ।

तिब्बती संसदको उत्तरी अमेरिकी सदस्य ताशी नमग्यालले आईकनको यस कार्यप्रति दुख व्यक्त गर्दै एक पत्र समेत लेखेर पठाएको बताइएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!