- नासाले प्रक्षेपण गरेको एक यान आज मंगलग्रहमा अवतरण

Admin | 03:52 |


अमेरिका, साउन २२ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी यान मंगल ग्रहमा सफल  अवतरण गरेको छ । सोमबार बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा नासाको यानले सफल अवतरण गरेको हो ।
रातो ग्रहको नामले चिनिने मंगल ग्रहका जीवको अस्तित्वका बारेमा दुई बर्ष अध्ययन गर्ने लक्ष्यका साथ यान अवतरण भएको हो । यस ग्रहमा कहिले कुनै जीवन रहे नरहेको बारेमा खाजी गर्नेछ । यस मिसनको अमेरिकाको लस एन्जल्स नजिकै रहेको जेट प्रोपुल्सन ल्यावरोटरीबाट निगरानी गरिएको छ । नाशासले यो रोवोट सबैभन्दा कठिन रहेको पनि बताएको छ ।
मंगल ग्रहमा अवतरण भएका यान मध्ये अहिलेसम्मकै ठूलो सो यान अवतरण गरेपछि मंगल ग्रहको सतहको फोटोहरु पनि पठाएको जनाइएको छ । १० वर्षको योजना पश्चात कार आकारमा यो राबोट यान निर्माण गरी मंगल ग्रहमा पुगेको हो । मंगल ग्रहमा पुग्न सो यानलाई प्रक्षेपण भएपछि ८ महिना लागेको थियो । यान अवतरणपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसमा संलग्न सबैलाई बधाई दिएका छन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!