मेरा स्तन यति ठूला छन् कि म राम्ररी दगुर्न पनि सक्दिनँ, जेसिका सिम्पसन

Admin | 09:09 |


बच्चा जन्माएर मोटाएकी हलिउड अभिनेत्री जेसिका सिम्पसन अहिले वजन घटाउने ध्याउन्नमा लागेकी छन् । यसै क्रममा उनले आफ्ना स्तन ज्यादै ठूला भएको बताएकी छन् ।

स्तन ठूला भएकाले आफूलाई कुद्न अप्ठेरो भएको उनको जिकिर छ । ‘जगिङ’ गरेर धेरैले वजन घटाउने गरेका भए पनि स्तन ठूला भएकैले राम्ररी ‘जगिङ’ गर्नसमेत नसकेको उनले उल्लेख गरेकी छन् । ३२ वर्षीया जेसिकाले भनिन्, ‘शरीरको वजन घटाउन म दैनिक ६० मिनेट कार्डियो एक्सरसाइज गर्दै छु । तर, मेरा स्तन यति ठूला छन् कि म राम्ररी दगुर्न पनि सक्दिनँ । त्यसैले हिँडेरै काम चलाइरहेकी छु ।’

जेसिका मे १ मा आमा भएकी थिइन् । सुत्केरीबाट तंग्रिएपछि खानपानमा होस पुर्‍याएर उनले वजनलाई सन्तुलनमा राख्ने कोसिससमेत गरिरहेकी छन् । यद्यपि, वजन घटाउन आफू अझै सफल हुन नसकेको उनको जिकिर छ । (सौर्य दैनिक/एजेन्सी)

Category: , , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!