भोड्काले गुमेको ज्योति व्हिस्कीले फर्कायो

Admin | 17:13 |


हिरालाई हिराले काट्छ भन्ने उखान त्यसै बनेको होइन । वास्तवमा यो यथार्थ पनि हो । यहीँ उखानलाई सही सावित गर्नेगरी न्युजिल्याण्डका एक व्यक्तिको रक्सीले गुमेको आँखाको ज्योति रक्सीले नै फिर्ता गरिदिएको छ ।
६५ वर्षका डेनिस डुथी नामका व्यक्तिले भोड्का पिउँदा उनको आँखाको ज्योति गुम्यो । यसरी आँखाको ज्योति गुमाएका डुथीले हि्वस्की पिएपछि पहिलेजस्तै देख्ने भए ।
मधुमेहका रोगी डुथीले मधुमेहको औषधि खाइरहेका थिए । उनले त्यसबीचमा भोड्का पनि पिए । उक्त औषधी र भोड्काबीच रासायनिक प्रतिक्रिया हुँदा उनको आँखाको ज्योति गुमेछ ।
न्यू प्लेमाउथको वेस्टर्न इन्स्िटच्युट अफ टेक्नोलोजीमा क्याटरिङ प्रशिक्षकका रुपमा कार्यरत डुथी भोडका पिए लगत्तै आफ्नो घर फर्के । घर फर्किए लगत्तै उनी एकाएक अन्धो बने अर्थात् आँखाको ज्योति गुम्यो ।
द न्यूजिल्याण्ड हेराल्डको समाचार अनुसार जब डेनिस अस्पताल गए तब डाक्टरहरुले उनको परीक्षण सुरु गरे । डाक्टरहरुले उनको उपचारमा इथानोल अर्थात् शुद्ध रक्सी प्रयोग गर्ने निधो गरे । तर अस्पतालमा उक्त इथानोलको पूरै मात्रा थिएन । त्यसपछि अस्पतालमा व्हिस्कीको एक बोतल मगाइयो र एक ट्युबको सहायताले उनको पेटमा पठाइयो । इथानोल सँगै व्हिस्कीको उपचार पछि ५ दिनमा आश्चर्यजनक रुपमा उनको गुमेको आँखाको ज्योति फर्कियो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!