माओवादीका पूर्व कार्यकर्ता सिम्खडाको हत्या (आपसमै मारामार)

Admin | 12:01 |

धादिङ,मंसिर १९ । धादिङको दार्खामा एकीकृत नेकपा माओवादीका पूर्व कार्यकर्ता भीषण सिम्खडाको हत्या भएको छ । जिल्ला सदस्य विजय तामाङको हत्या भएको १२ घण्टा नवित्दै यो घटना भएको हो । केही समयअघि माओवादीबाट अलग्गिएका ३० बर्षिय सिंखडालाई अज्ञात समुहले सोमबार साँझ घरबाटै अपहरण गरी राती १२ वजेतिर दार्खा गाविसको रातमाटेमा हत्या गरेका आफन्तले वताएका छन् । हात खुट्टा बाँधेर हत्य गरिएको अवस्थामा सिम्खडाको शव अवस्थामा फेला परेको हो । उनको शव सदरमुकाम धादिङबेसीवाट ११ कोष टाढा रहेको छ । एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विजय तामाङको सोमवार विहान जिल्लाकै गुम्दी गाविसको सातदोवाटेमा गोली हानी हत्या भएको थियो । तामाङ बुधबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रमको प्रचार प्रसारमा खटिएका थिए । तामाङको हत्यामा संलग्न भएको आंशकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेपछि भएको सिम्खडाको हत्याबाट गुम्दी र दार्खा गाविसका स्थिानिय वासिन्दा त्रसित भएका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!