Breaking News- Fire In Beldangi 2 (With Video)

Admin | 04:52 |


दमक ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगी २ मा आज अपरान्ह आगलागि भएको छ ।
बेलडाँगी २ को सेक्टर सी मा आज अपरान्ह भएको आगलागिबाट बाट करिव ८६ वटा छाप्रा नष्ट भएका छन् ।
दमकका २ वटा तथा इटहरीको एउटा दमकल तथा शरणार्थीहरू, स्थानीयवासी र सशस्त्र प्रहरीको प्रयासबाट करिव दुई घण्टामा आगो नियन्त्रणमा आएको बेलडाँगी बजारका व्यवसायी युवराज कुँवरले जानकारी दिए ।
खाना पकाउने ग्याँस चुहिएर आगलागि भएको हुनसक्ने स्थानीय शरणार्थीहरूले आशंका गरेका छन् । उनीहरूका अनुसार आगलागिकै क्रममा केही ग्यास सिलिण्डर समेत पड्किएका थिए ।
आगलागिबाट भएको क्षतिको विवरण आउने क्रममा छ ।
थप जानकारीका लागि DrukNepal हेर्दै गर्नुहोला ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!