विद्रोही समूहको एम्बुसमा परी तीन नेपाली सैनिक घाइते

london | 01:20 |

डिसीनेपाल डटकम संवाददाता - शान्ति सेनाको रुपमा कंगो गएका तीन नेपाली सैनिक एम्बुसमा परी घाइते भएका छन् । कंगोको एलाईड डमोक्रेटिक फ्रन्ट नामक विद्रोही समूहको एम्बुसमा परी तीन नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तीन नेपाली सैनिक मनुस्को मिसन कंगोमा तैनाथ थिए । उनीहरु संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सेनाको रुपमा कंगो गएका थिए । नेपाली सैनिक बस्ने गण माभीभीबाट उत्तरतर्फ बाओ भन्ने स्थानमा तीन नेपाली सैनिक एम्बुसमा परेका थिए । एम्बुसमा परेका तीनै जना नेपाली सैनिक खतरामुक्त रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको । घाइते भएका नेपाली सेनाको नाम सार्वजनिक गरिएको छैन । कंगोमा तैनाथ नेपाली सेना श्री भैरवीदल गण १८ औं डफ्फामा खटिएका नारायण दल गणका सैनिक भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!