UK का राजदूत डा. सुरेशचन्द्र चालिसेले दुई कर्मचारी लै बिना सूचना जागिरबाट निकाले !!!!

london | 01:04 |

श्याम लुईंटेल लन्डन - लन्डनस्थित नेपाली दूतावासमा लामो समय देखि कार्यरत स्थानीय दुई कर्मचारी विना सूचना निकालिएका छन् । राजदूत डा. सुरेशचन्द्र चालिसेले रुखो पारामा सूचनै नदिइ ‘तपाईंहरु सोमबारबाट हाजिर नगर्नुस्’ भन्दै कर्मचारीहरु दमन्ता खरेल र सुरेन्द्र भण्डारीलाई निकालेको कर्मचारीको आरोप छ । खरेल र भण्डारी दूतावासमा क्रमशः ५ वर्ष तीन महिना र साँढे ५ वर्ष यता निरन्तर काम गर्ने कर्मचारी हुन् । स्रोतका अनुसार, ति दुई कर्मचारीलाई राजदूत चालिसेले दुई वर्ष अघि पनि ‘कन्ट्रयाक्ट’ नथपिदिने प्रयास गरेका थिए । त्यतिबेला चालिसेले खरेललाई १४ दिन र भण्डारीलाई १० दिन हाजिर गर्न समेत रोकेका थिए । तर, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्रीको बेग्लाबेग्लै फोनकलले जागिर थमौती भएको थियो । राजदूत चालिसे काँग्रेसकै कोटामा राजदूत भएकाले उनी देउवा र कोइरालाको भनसुन सुन्न वाध्य भएका थिए । ‘कर्मचारीको कामबाट चित्त नबुझे पूर्व सूचना दिनुपर्ने सामान्य नियम समेत मिचेर हामीलाई सोमबारबाट हाजिर गर्न दिइएन’–खरेलले भनिन्–‘राजदूतले मलाई शुक्रवार भेटेर सोमबारबाट तपाईंहरु नआउनुस्, म नेपाल फर्कने बेला मेरा मान्छे छिराउँछु भने ।’ अर्का पीडित कर्मचारी भण्डारीले पुरानो र इमान्दार कर्मचारीलाई थाहै नदिइ निकालेर चालिसेले आफ्नो पागलपन प्रस्तुत गरेको आरोप लगाएका छन् । उता, चालक तिलक थापालाई समेत गाडी लिएर राजदूत चालिसेको पाहुना लिन नगएको बहानामा स्पष्टिकरण सोधी निकाल्न खोजिएको स्रोतको दावी छ । थापाले आफूलाई पाहुना लिन जानु भन्ने कुरा कसैले नभनेको स्पष्टिकरण दिए पनि चालिसेले हटाउन अनेक बखेडा झिकेको कर्मचारीको दावी छ । यस विषयमा सम्पर्क गर्दा राजदूत चालिसेले कसैलाई निकालेको नभई करार स्वत सकिएको प्रतिक्रिया दिए । ‘धेरैजसो आइएलआर नपाइन्जेल दूतावास बस्छन्, पाएपछि आफैं छोड्छन्’, चालिसेले भने, ‘जाने आउने क्रम स्वभाविक हो ।’ राजदूत चालिसे आगामी जनवरीमा चार वर्षे कार्यकाल सकेर फर्कंदैछन् । नेपाल फर्कनुअघि उनले आफ्ना आसेपासेलाई नियुक्ति प्रक्रिया शुरु गर्ने तयारी गरिसकेको दूतावास स्रोतको दावी छ । विभिन्न सरकार परिवर्तन भएपनि सबै दलका नेताहरु रिझाउन सफल चालिसे पछिल्लोपटक भने दूतावास भवन विक्रीको नेतृत्व गरेर विवादमा तानिए । यही कारण एनआरएनए यूकेले उनलाई कुनै पनि सार्वजनिक कार्यक्रममा औपचारिक निम्तो दिएको छैन् । लन्डनस्थित नेपाली दूतावासमा कार्यरत स्थानीय कर्मचारीहरु एकदम न्यूनतम तलव लिएर काम गर्न वाध्य छन् । ‘महिनाको तीनसय पाउण्ड बुझ्ने कर्मचारीसंग पनि खाना वापत ७५ पाउण्ड काटिन्छ, यहाँ काम गर्ने भनेको केवल स्टाटसका लागि मात्र हो’– खरेलले गुनासो पोखिन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!