India launches indigenous aircraft carrier INS Vikrant

london | 03:25 |

२८ साउन, भारत र पाकिस्तानबीच तनावपूर्ण स्थिति रहेकै बेला भारतले विमानबहाक पोत 'आइएनएस विक्रान्त' आज पानीमा उतारेको छ । रक्षा मन्त्रीले करिब साढे चार वर्ष अगाडि नै यसको निर्माणको लागी काम सुरू गराएका थिए । रक्षा मन्त्री एके एण्टोनीकी पत्नी एलिजाबेथले कोच्ची डंक यार्डमा विक्रान्तको सुरूवात गरेकी थिइन् । यो पोत निैकै ठूलो रहेको छ । यसमा विमानहरू समेत राख्न सकिने र त्यहीबाट विमानले उडान समेत भर्न सक्नेछन् । यस्तै, उक्त पोत करिब ३७ हजार ५ सय टनको छ भने यसको लम्बाई २६० मिटर र चौडाई ६० मिटर छ । यसको डिजाइन डाइरेक्टोरेट अफ नेवलले गरेको हो । कोच्ची सिपयार्ड लिमिटेडमा यसको निर्माण सन् २००६ मा सुरू गरिएको थियो । यसमा सन् २०१८ सम्ममा नौसेना समेत समावेश गर्ने लक्ष्य लिइएको छ । उक्त कार्य भन्दा पहिला सन् २०१६ मा यसको परिक्षण गरिने छ । यो विमानवाहक पोत भारतमा पहिलो पोतको हो । यसअघी अन्य पाँच देशले यस्तो पोतको निर्माण गरिसकेका छन् । यो विमानमा रहेको परमाणु क्षमताकोपृथ्वी मिसाइलको पनि सफल परिक्षण गरिएको छ । यो मिसाइल करिब ३ सय ५० किलोमटरको दूरीसम्म पनि अचुक निशाना लगाउन सक्छ ।पुरा भिडियो तल बक्समा क्लिक गरि हेर्नु होस् !!!

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!