लौ हेर्नुहोस् त ! जुत्ता पनि कस्ता ?
दक्षिण अफि्रकाकी एक जना युवतीले निकै अचम्मका जुत्ता डिजाइन गरेकी छिन् ।
डिजाइनर तथा कलाकार समेत रहेकी लिएन भानडर भेयरले लगाउनै डरलाग्ने खालका तर सुन्दर लेडिज जुत्ताको डिजाइन गरेकी हुन् ।
लिएनको डिजाइनलाई नेदरल्याण्डका जुत्ता कालिगढ रेन भान डेन बर्गले मूर्तरुप दिँदै विचित्रका जुत्ता तयार पारिदिए ।
यस्ता विचित्रका जुत्ता डिजाइन गरेकी लिएनले नेदरल्याण्डको एक विश्वविद्यालयमा आयोजित प्रतियोगितामा पुरस्कार समेत पाइन् ।
अनलाइनखबर