कुकुरको ज्यान बच्चाउन खोज्दा परिवारको ३ जनाको ज्यान गयो

Admin | 12:20 |

मालिकको रक्षाका लागि कुकुरले आफ्नो ज्यान दिएको त सुन्नु भएकै होला तर, सन फ्रोन्सिस्कोबाट करिव ४ सय ५० किलोमिटर उत्तरस्थित उत्तरी क्यालिफोर्नियाको समुन्द्र तटीय इलाकामा भने ठिक उल्टो भएको छ । हावाड्र कुलजायनको परिवार आफ्नो पाल्तु कुकुरका साथ विहानै घुम्न निस्किएको थियो । कुलजायनले आफ्नो लठ्ठी समुन्द्रको छालमा फारे र कुकुरलाई ल्याउन भने । कुकुर लठ्ठी लिन छालतर्फ गएकै बेला अचानक तिब्र गतिमा आएको छालले कुकुरलाई लपेट्यो । आफ्नो कुकुर मृत्युको मुखमा पुगेको देखेर कुलजायनका १६ वर्षीय छोरा ग्रेगरी छालतर्फ दौडिए । उनलाई पनि बताएपछि ५४ वर्षीय कुलजायन आफैँ गए । छोरा र पतिलाई बचाउन ५७ वषिर्या मेरी स्कट पनि गए । समुन्द्री तटमा रहेकी कुलजायनकी छोरी ओलिविया र ग्रगरीका साथी आफ्ना परिवारका सदस्य र कुकुर बचाउँदै गरेको हेरेर बस्नु बाहेक केही गर्न सक्ने अवस्थामा थिएनन् । कुलजायनको कुकर त केहीबेरपछि नै पानीबाट बाहिर आयो । तर, परिवारका ३ जनाको ज्यान गयो । कुलजायन र उनको श्रीमतीको शव समुद्रमा भेटिएको छ भने ग्रेगरी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!