‘ओबामा र रोम्नी’ एकै आमाका सन्तान

Admin | 05:58 |


अमेरिका राष्ट्रपति निर्वाचनमा बाराक ओबामा र मिट रोम्नीबीचको प्रतिस्पर्धाको चर्चा केन्यामा अमेरिकाको भन्दा कम भएन । यति सम्मकी केन्याली आमाबाबुले आफ्ना नवजात सन्तानको नाम ओमाबा र रोम्नी राख्ने होड नै चल्यो ।
पश्चिमी केन्याको न्यानजा प्रान्तको एक अस्पतालमा थुपै आमाबाबुले बच्चाको नाम ओबामा राखेका छन् । तर, मिसिलसेन्ट अबूरले जब जुम्ल्याह छोरा जन्माइन, उनले आफ्ना सन्तानको नाम आबामा र रोम्नी राखेका छन् । अबूर २० वषर्ीय गृहिणी हुन् । उनले भनेकी छिन्-’मैले पहिलो बच्चाको नाम ओबामा र दोस्रोको रोम्नी राखेको छु । अमेरिकी चुनावमा दुई बीचको गरेको प्रदर्शन जस्तै ।’
अर्की महिला अकिन्यीले आफ्नो बच्चा ठूलो भएपछि ओबामा जस्तै बनेको देख्न चाहेको बताएकी छिन् । बीबीसीका अनुसार अफ्रिकी देश केन्यामा ओबामाको दर्जा कुनै रकस्टारको जस्तै भएको छ ।
सन् २००८ मा बाराक ओबामाले अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि एक बीयरको नाम राखिएको थियो । आबामा राष्ट्रपति बन्नु अघि उक्त वियरको नाम ‘सिनेटर’ राखिएको थियो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!