ऋतिक एशियाकै सेक्सी पुरुष !

Admin | 05:16 |

एजेन्सी, मंसिर २९ । बलिउड अभिनेता ऋतिक रोशन लगातार दोस्रो वर्षपनि एशियाकै सबैभन्दा सेक्सी पुरुष बनेका छन् । बेलायतको एक साप्ताहिक पत्रिकाको अनलाइन सर्वेक्षणले ऋतिकलाई सन् २०१२ मा पनि एशियाकै सेक्सी पुरुषको दर्जा दिएको हो । ऋतिकले बलिउडका हस्ती नायकहरु मानिने शाहरुख खान, सलमान खान, अक्षय कुमारसहित जोन अब्राहम र रणवीर कपुरलाई पछिपार्दै यो श्रेणीमा पहिलो भएको जनाइएको छ । इस्टर्न आई नामक उक्त पत्रिकको विज्ञप्तीमा सन् २०१२ मा आएको ऋतिकको फिल्म ‘अग्निपथ’ हिट भएको बताइएको छ । समाचारका अनुसार ऋतिकलाई एशिया, युरोप, अफ्रिका, दक्षिण अमेरिकासहित विश्वभरबाट मत प्राप्त भएको जनाइएको छ । ऋतिकले भने आफूलाई मत प्रदान गर्ने प्रशंसकहरुलाई धन्यवाद दिंदै जनताको फैसलाबाट आफू निकै खुशी भएको प्रतिक्रिया दिएको बताइएको छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!