सन्नीलाई एक करोडको प्रस्ताव
पोर्नस्टारको रुपमा स्थापित भैसकेकी बलिउडकी नवनायिका सन्नी लियोन पहिलो बलिउड फिल्म जिस्म टू को सफलतासँगै अहिले आफ्नो दोश्रो फिल्म रागिनी एमएमएस टू को छायांकनमा व्यस्त छिन् ।
ठूलो पर्दाको फिल्म तथा आइटम नम्बरमा उनको व्यस्त सेड्युलका बीच सन्नीलाई न्यू इयर इभेन्टहरुमा समेत महंगा प्रस्ताव आएका छन् ।
उक्त न्यू इयर इभेन्टमा सन्नी बलिउडको केही आइटम नम्बरमा नाच्नेछिन् । उनको त्यो छोटो नाच निकै महंगो छ । अर्थात् उनले त्यहाँ कम्मर मर्काए बापत १ करोड भारु पारिश्रमिक पाउने भएकी छिन् । उनले आफ्नो उक्त पर्फमेन्सका लागि तयारी समेत सुरु गरिसकेकी बताइएको छ । सन्नीले एक करोडको नाच सहितको उक्त कार्यक्रम डिसेम्बर ३१ मा आयोजना हुँदैछ ।