राजेश हमाल र सुनिल थापाको भिडन्त , बिचमा सल्मान खान पनि !

Admin | 15:54 |

यो फ्राइडे नेपाली सिनेमा उद्योगका हस्तीहरु महानायक राजेश हमाल र खलनायक सुनिल थापाबिच हलयुद्ध हुदैछ । भोलीबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘हातमा लाग्यो शून्य’ र ‘रुद्राक्ष’ बाट महानायक र खलनायकको हलयुद्ध हुन लागेको हो । सिनेमा ‘हातमा लाग्यो शून्य’ मा महानायक हमाल कमेडी रोलमा प्रस्तुत भएका छन् भने सुनिल थापा सिनेमा ‘रुद्राक्ष’ मा नेगेटिभ लिड क्यारेक्टरमा प्रस्तुत भएका छन् । त्यस्तै भोली नै सलमान खान स्टारर बलिउड सिनेमा ‘दवङ २’ पनि नेपाली मल्टीपेल्क्स घरहरुमा प्रदर्शन हुदैछ ।

‘हातमा लाग्यो शून्य’
विजय विक्रम बस्नेत निर्देशित सिनेमा ‘हातमा लाग्यो शून्य’ भने काठमाडौ का हलमा मात्र रिलिज हुदैछ । मोफसलमा रिलिज भइसकेको यस सिनेमामा महानायक राजेश हमाल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । विश्व बस्नेतको लगानीमा निर्माण भएको यस सिनेमामा महानायक हमालको साथमा कल्पना शाही, गोपाल नेपाल ‘छन्दे’ लगायतका कलाकारहरुको अभिनयलाई देख्न सकिन्छ । विकास चौधरीको संगीत एवम् राम जनकको द्धन्द्ध निर्देशन रहेको यस सिनेमामा लोकचन्द्र थापाको सिनेम्याटोग्राफी रहेको छ ।


‘रुद्राक्ष’
त्यस्तै भोली नै गोकुल राई निर्देशित सिनेमा ‘रुद्राक्ष’ सस्पेन्स थ्रिलर सिनेमा हो । भोलीबाट अल नेपाल रिलिजमा आउन लागेको यस सिनेमामा सुनिल थापाको साथमा अनु शाहले पनि अभिनय गरेकी छिन् । दिनेश पाख्रिनको प्रस्तुती रहेको यो सिनेमा अल नेपाल रिलिज हुने बताइएको छ ।



‘दवङ २’
बलिउड रिलिज अन्र्तगत यो फ्राइडे सिक्वेल सिनेमा ‘दवङ २’ वल्र्डवाईड रिलिज हुदैछ । ‘दवङ’ मा चुलबुल पाण्डेका रुपमा प्रस्तुत भएका सलमान खान यस सिनेमामा पनि उस्तै भुमिकामा प्रस्तुत भएका छन् । त्यस्तै सोनाक्क्षी सिन्हा भने ‘दवङ २’ मा वानको भन्दा केही वोल्ड भुमिकामा प्रस्तुत भएकी छिन् । यस सिनेमालाई सलमान खानका दाजु अरवाज खानले निर्देशन गरेका हुन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!