सुमिनाको ढाडमा सेन्सरको आँखा

Admin | 05:15 |


स्क्रिप्ट बिबादमा परेको फिल्म 9 O'clock को केहि सिन र संवादमा सेन्सर बोर्डले कैंची चलाएको छ । फिल्मका निर्देशक बाबुराम ढकालले दिएको जानकारी अनुसार सुमिनाले नुहाई रहेको सिनमा सेन्सरले बढि आपत्ति जनाएको छ ।

मंगलबार फिल्म हेरे पश्चात नुहाई रहेकी सुमिनाको नाङ्गो ढाड देखिएको सिनलाई काट्न लगाएको निर्देशक ढकालले बताए । यस्तै केहि संवादमा पनि म्युट गर्न लगाएको बाबुरामले फिल्मीखबरलाई बताए । चलेको हल्ला अनुसारको फिल्म नभए पनि सेन्सर बोर्डले आफ्नो फिल्मलाई एडल्ट सर्टिफिकेट दिएको निर्देशकको भनाई छ । अब यो फिल्मलाई १६ बर्ष मुनिका दर्शकले हेर्न पाउने छैनन् ।

सुटिङ पूर्व फिल्मको स्क्रिप्ट नै भल्गर भएको भन्दै विकास वोर्डको स्क्रिप्ट छानविन समितीले पास नगरेको यो फिल्म फाल्गुन ११ गते नेपालमा रिलिज गरिंदै छ । यो भन्दा अगाडी जनवरी ४ तारिखका दिन कतारको दोहा सिनेमा हलमा फिल्मको प्रदर्शन गरिने भएको छ । बिदेशमा रिलिज गर्नु परेकाले फिल्मको सेन्सर छिट्टै गरिएको हो । आर्यन फिल्म्सको व्यानरा रमेश संवेदनाले निर्माण गरेको यो फिल्मको कथा नायिका सुमिना घिमिरेको वरिपरि घुमेको बताईएको छ । सुमिनालाई अनस्क्रिन साथ नायक ध्रुब दत्तले दिएका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!