कतारमा ५ नेपालीको मृत्यु

london | 02:58 |

कतारमा सडक दुर्घटना "पाँच नेपालीको ज्यान गयो" होम कार्की दोहा, असार २९ - कतारस्थित लुसेल सिटीमा बस पर्खिरहेका कामदारहरूलाई 'चार पांग्रे' सवारीले ठक्कर दिँदा शुक्रबार दिउँसो पाँच नेपालीको मृत्यु भएको छ भने एक नेपाली घाइते । दुर्घटनामा एक भारतीय नागरिकको पनि ज्यान गएको छ । आफ्नो काम सकेर क्याम्प र्फकन कार्यरत कम्पनीको बस पर्खिरहेका बेला चार पाङ्ग्रे सवारी साधनले ठक्कर दिएको थियो । उक्त सिटीमा भव्य सुविधाजनक सहर निर्माणाधीन छ । मृतकको शव हमाद अस्पतालमा राखिएको छ । नेपाली दूतावासका श्रम सहचरी इन्द्रदेव पाण्डेका अनुसार मृत्यु हुनेमा बर्दियाका पटवरी चौधरी, रौतहटको कटहरिया-७ विवेकानन्द साह, महोत्तरीको गौशाला-८ का रामचन्द्र महतो, गोर्खाका अर्जुन गौतम र बर्दियाका आशाराम थारू छन् । मृत्यु हुने सबै २० देखि ३० वर्षका छन् । दुर्घटनामा बर्दियाका आइतबरी चौधरीको खुट्टा भाँचिएको छ । उनको सफल उपचार भएको छ । उनीहरूमध्ये तीनको घटनास्थलमै र दुईको हमाद अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । पटवरी, अर्जुन, आशाराम स्थानीय सादिया मेन्टिनेन्स एन्ड क्लिनिङ तथा विवेक र रामचन्द्र स्विडेन टे्रडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्थे । उनीहरू सम्बन्धित कम्पनीबाट लुसेल सिटीमा काम गर्न पुगेको पाण्डेले बताए । 'उनीहरू सबै एक महिनाअघि इमास्को म्यानपावरबाट आएको बुझिएको छ,' पाण्डेले भने । 'हामी काम सकेर सडकछेउमा गाडी पर्खेर बसिरहेका थियौं । एक्कासि एउटा कालो गाडी सडक छोडेर हामीमाथि आइलाग्यो,' घटनामा खुट्टा भाँचिएका चौधरीले भने । कतारमा सडक दुर्घटना अत्यधिक हुने गर्छ । एक महिनाअघि पनि तीन नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । ट्राफिक केन्द्रीय कार्यालयअनुसार सन् २०१२ मा २ सय ४ जनाको सडक दुर्घटनामा ज्यान गएको थियो भने ६ सय ५ जना गम्भीर घाइते भएका थिए । ट्राफिक अधिकारीको दाबीअनुसार ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुने गरेको छ । सरकारले दुर्घटना न्यूनीकरणका लागि ५ वर्षे कार्ययोजना ल्याइएको बताएको छ । जुनमा मात्र १८ नेपालीको मृत्यु वैदेशिक रोजगारीमा कतार आइपुगेका १८ नेपाली कामदारको जुन महिनामा मृत्यु भएको छ । दोहास्थित नेपाली दूतावासका अनुसार हृदयाघात र सडक दुर्घटनामा ज्यान गुमाउनेहरू धेरै छन् । पाँच वर्षअघि सडक दुर्घटनामा उपचार भइरहेका रामपुकार ततमको पनि ज्यान गएको छ । उनी सन् २००९ मा दुर्घटनामा परी उपचाररत थिए । दूतावासका अनुसार मृत्यु हुनेमा सुन्दर ठकरी, सहिद कवारी, लक्ष्मण महरा, दुर्गाबहादुर आले, धनबहादुर रोक्का छेत्री, बुद्धमान बलको 'सडेन कार्डियक एरेस्ट' -सुतेको सुत्यै) भएर ज्यान गएको हो । यस्तै, सडक दुर्घटनामा जमिरुल मियाँ र भीमबहादुर थापाको ज्यान गएको छ । काम गर्दागर्दै आइतबहादुर कटुवालको ज्यान गएको छ । कङनि राईले आत्महत्या गरेका छन् भने रामकुमार ठाकुरको प्राकृतिक मृत्यु भएको छ । नैनलाल धामी र हिक्मतबहादुर गुरुङ हृदयाघात, लक्षुराम गिरी 'सेप्टिक सक', कर्णवीर बृद्धमगर टाउकाको चोट, उमेश खतवेको टाउकामा चोट लागेर ज्यान गएको छ भने भुवन रोयको काम गर्ने क्रममा खसेर मृत्यु भएको छ । मृतक सबैको शव नेपाल पठाइसकिएको छ । सडकमा आवतजावत क्रममा ट्राफिक नियम पालना गर्न र गर्मीको समयमा पानी बारम्बार पिउन दूतावासले अनुरोध गर्दै आएको छ । Photo: कतारमा सडक दुर्घटना "पाँच नेपालीको ज्यान गयो" :( होम कार्की दोहा, असार २९ - कतारस्थित लुसेल सिटीमा बस पर्खिरहेका कामदारहरूलाई 'चार पांग्रे' सवारीले ठक्कर दिँदा शुक्रबार दिउँसो पाँच नेपालीको मृत्यु भएको छ भने एक नेपाली घाइते । दुर्घटनामा एक भारतीय नागरिकको पनि ज्यान गएको छ । आफ्नो काम सकेर क्याम्प र्फकन कार्यरत कम्पनीको बस पर्खिरहेका बेला चार पाङ्ग्रे सवारी साधनले ठक्कर दिएको थियो । उक्त सिटीमा भव्य सुविधाजनक सहर निर्माणाधीन छ । मृतकको शव हमाद अस्पतालमा राखिएको छ । नेपाली दूतावासका श्रम सहचरी इन्द्रदेव पाण्डेका अनुसार मृत्यु हुनेमा बर्दियाका पटवरी चौधरी, रौतहटको कटहरिया-७ विवेकानन्द साह, महोत्तरीको गौशाला-८ का रामचन्द्र महतो, गोर्खाका अर्जुन गौतम र बर्दियाका आशाराम थारू छन् । मृत्यु हुने सबै २० देखि ३० वर्षका छन् । दुर्घटनामा बर्दियाका आइतबरी चौधरीको खुट्टा भाँचिएको छ । उनको सफल उपचार भएको छ । उनीहरूमध्ये तीनको घटनास्थलमै र दुईको हमाद अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । पटवरी, अर्जुन, आशाराम स्थानीय सादिया मेन्टिनेन्स एन्ड क्लिनिङ तथा विवेक र रामचन्द्र स्विडेन टे्रडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्थे । उनीहरू सम्बन्धित कम्पनीबाट लुसेल सिटीमा काम गर्न पुगेको पाण्डेले बताए । 'उनीहरू सबै एक महिनाअघि इमास्को म्यानपावरबाट आएको बुझिएको छ,' पाण्डेले भने । 'हामी काम सकेर सडकछेउमा गाडी पर्खेर बसिरहेका थियौं । एक्कासि एउटा कालो गाडी सडक छोडेर हामीमाथि आइलाग्यो,' घटनामा खुट्टा भाँचिएका चौधरीले भने । कतारमा सडक दुर्घटना अत्यधिक हुने गर्छ । एक महिनाअघि पनि तीन नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । ट्राफिक केन्द्रीय कार्यालयअनुसार सन् २०१२ मा २ सय ४ जनाको सडक दुर्घटनामा ज्यान गएको थियो भने ६ सय ५ जना गम्भीर घाइते भएका थिए । ट्राफिक अधिकारीको दाबीअनुसार ट्राफिक नियम पालना नगर्दा दुर्घटना हुने गरेको छ । सरकारले दुर्घटना न्यूनीकरणका लागि ५ वर्षे कार्ययोजना ल्याइएको बताएको छ । जुनमा मात्र १८ नेपालीको मृत्यु वैदेशिक रोजगारीमा कतार आइपुगेका १८ नेपाली कामदारको जुन महिनामा मृत्यु भएको छ । दोहास्थित नेपाली दूतावासका अनुसार हृदयाघात र सडक दुर्घटनामा ज्यान गुमाउनेहरू धेरै छन् । पाँच वर्षअघि सडक दुर्घटनामा उपचार भइरहेका रामपुकार ततमको पनि ज्यान गएको छ । उनी सन् २००९ मा दुर्घटनामा परी उपचाररत थिए । दूतावासका अनुसार मृत्यु हुनेमा सुन्दर ठकरी, सहिद कवारी, लक्ष्मण महरा, दुर्गाबहादुर आले, धनबहादुर रोक्का छेत्री, बुद्धमान बलको 'सडेन कार्डियक एरेस्ट' -सुतेको सुत्यै) भएर ज्यान गएको हो । यस्तै, सडक दुर्घटनामा जमिरुल मियाँ र भीमबहादुर थापाको ज्यान गएको छ । काम गर्दागर्दै आइतबहादुर कटुवालको ज्यान गएको छ । कङनि राईले आत्महत्या गरेका छन् भने रामकुमार ठाकुरको प्राकृतिक मृत्यु भएको छ । नैनलाल धामी र हिक्मतबहादुर गुरुङ हृदयाघात, लक्षुराम गिरी 'सेप्टिक सक', कर्णवीर बृद्धमगर टाउकाको चोट, उमेश खतवेको टाउकामा चोट लागेर ज्यान गएको छ भने भुवन रोयको काम गर्ने क्रममा खसेर मृत्यु भएको छ । मृतक सबैको शव नेपाल पठाइसकिएको छ । सडकमा आवतजावत क्रममा ट्राफिक नियम पालना गर्न र गर्मीको समयमा पानी बारम्बार पिउन दूतावासले अनुरोध गर्दै आएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!