असार २५, तपाइँले सुन्नु भएकै होला कि संसार अनौठै अनौठो कुराहरूले भरिएको छ । कुनै न कुनै बेला यस्तो घटनाहरू घट्दछन कि जसलाइ सजिलै पत्याउन नै गाह्रो पर्दछ । एउटा यस्तै घटना नाइजेरियाको बेनिनमा भएको छ, जहां एक महिलाले घोडाको बच्चालाइ जन्म दिएकी छन । वर्ल्ड लिबरेशन मिनिस्ट्रीमा जन्मिएको यो बच्चा कतैपनि मानिसको बच्चा जस्तो देखिँदैन । एका तिर यसको चार वटा खुर भएको खुट्टा छ, भने अर्को तिर यसको अनुहारनै घोडाको देखिन्छ ।
बासिपका अनुसार, बच्चाको जन्म हुँदा त्यहाँ रहेका सबै मानिसहरू अचम्ममा परेका थिए । यद्दपी जन्मिएको केही बेरमानै उक्त नवजातको मृत्यु भएको थियो, तर यसको जन्मले मानिसलाइ निकै चिन्तित बनाएको छ । चर्चमा भएको यस घटनाका बारेमा केही प्रत्यक्षदर्शीहरूले बताए अनुसार चर्चमा प्रार्थना चलिरहेको थियो, त्यतिकैमा महिलाको जननाङ्गबाट रगत बग्न थाल्यो, त्यसको केही बेरमानै यस अचम्मको बच्चाको जन्म भयो ।
चर्चका प्रमुख अधिकारी इभान्जेलिस्ट सिल्भा वेल्थ्ले बताए अनुसार ती महिला पनि अचम्ममा परेकी छन कि उक्त बच्चा आखिर घोडा जस्तो किन भयो । यस अचम्मको बच्चालाइ हेर्न त्यहाँ पुगेका केही मानिसहरू त भाउन्न भएर लडेको पनि बताइएको छ
World's Tallest Teen Girl Towers Over Boyfriend एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्। यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्। आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।

भिडियो हेर्न तलको बक्स भित्र डबल क्लीक गर्नुहोस



बारा, माघ ७ - बारा प्रष्टोकाकी बिन्दू ठाकुरको उनकै बाबुआमाले हत्या गरेको पुष्टी भएको छ ।
बिन्दूका बुबा रामा ठाकुर, आमा गीता देवी र काका राम एकवाल ठाकुर हत्यामा संलग्न रहेको ठहर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताउनुभयो ।
प्रहरीले हत्यामा संलग्न तीनै जनालाई सर्वश्व सहित जन्मकैदको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
युवकसंग प्रेम गरेकै कारण विन्दुको हत्या भएको प्रहरीको १० पुष्ठ लामो प्रतिवेदनमा उल्लेख छ । प्रेमका कारण सामाजिक प्रतिष्ठामा आँच आउने ठानेर उनकै बाबुआमा र काकाले विन्दुको हत्या गरेको प्रहरीको ठहर छ ।
गएको पुष ११ गते घर नजिकै बिन्दुको शव फेला परेको थियो ।


