सरकार बनाउन मसँग अधिकार छैन : राष्ट्रपति

Admin | 10:06 |

९ माघ, काठमाडौं । सरकार गठनको अभियान रोकेर निष्कृय बसेका राष्ट्रपति डा. रामवरण यादवसँग सर्वपक्षीय सम्मेलन डाक्ने माग लिएर शीतलनिवास पुगेका लिम्बुवानका गैरलिम्बू नेता निराश बनेर फर्केका छन् । ‘राष्ट्रपतिज्यूले आफूसँग यस्तो अधिकार नभएको जवाफ दिनुभयो, अब उहाँ संवैधानिक भएर बस्ने विचारमा हुनुहुँदोरहेछ ।’ राष्ट्रपतिलाई भेटेर फर्केका लिम्बुवान मुक्ति मोर्चाका महासचिव पदम अधिकारीले मंगलबार अनलाइनखबरसँग भने ।
राष्ट्रपतिलाई भेट्न पूर्वाञ्चलबाट लिम्बुवान मुक्ति मोर्चाका महासचिव पदम अधिकारी, पिछडा वर्ग नेपालका अध्यक्ष शिवचरण चौधरी र कोचिला संयुक्त संघर्ष समितिका अध्यक्ष लेखराज खवास शीतलनिवास पुगेका थिए । उनीहरुले राष्ट्रपतिलाई सर्वपक्षीय सम्मेलन डाकेर नयाँ सरकार गठन गर्न आग्रह गरेका थिए । जवाफमा राष्ट्रपतिले प्रमुख राजनीतिक दलहरुको सिफारिसविना आफूले यस्तो काम गर्न नसक्ने जवाफसहित मिठाई खुवाएर फिर्ता पठाउनुभएको अधिकारीले जानकारी दिनुभयो ।
‘म दलीय सहमतिभन्दा अगाडि जान सक्दिँन । मूल धारका राजनीतिक दलहरु सहमत नभएसम्म मुलुक अगाडि जाँदैन । सवर्पपक्षीय भेला गर्ने मलाई अधिकारै छैन । मैले सिफारिसअनुसार गर्ने हो, दलहरुले सिफारिस गरे भनेमात्रै मबाट यस्तो हुन सक्छ ।’-राष्ट्रपतिको भनाइ उधृत गर्दै अधिकारीले भन्नुभयो, म चाँडै जनताको वीचमा आफ्ना कुराहरु राख्छु । तर, माओवादीको महाधिवेशन आएकाले प्रमुख पार्टी आन्तरिक जीवनमा व्यस्त भएका बेला हामीले असहयोग गर्नु हुँदैन ।’
भेटमा राष्ट्रपतिले पूर्वका क्षेत्रीय संगठनमा जातिवादी गन्ध देखिएको आफूले सुन्ने गरेको बताउनुभएको थियो । अधिकारीले लिम्वुवान मोर्चा जातीय नभएको राष्ट्रपतिलाई प्रष्ट पार्नुभएको थियो । अधिकारी महासचिव रहेको लिम्बुवान मुक्ति मोर्चासँग मिलेर ८ वटा साना क्षेत्रीय संगठनले संघीय लोकतान्त्रिक मोर्चासमेत बनाएका छन् । अधिकारी त्यसमा प्रवक्ता हुन् ।
यसैवीच सत्तारुढ संघीय गणतान्त्रिक मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहसँग पनि अधिकारीको समूहले वार्ता गरेको छ । वार्तामा सिंहले सत्तारुढ गठबन्धन पूर्ण नभएको भन्दै १७ गते राजधानीको आमसभापछि गठबन्धनलाई विस्तार गरी नयाँ शक्तिसँग सम्बन्ध विस्तार गर्ने आश्वास दिएको अधिकारीले बताउनुभयो । अधिकारीको टोलीले आफूहरुको मोर्चा पूर्वी नेपालको उदीयमान राजनीतिक शक्ति भएको भन्दै गठबन्धन मोर्चामा जनआधार नभएका स्वनामधारी दललाई समावेश गरिएको तर, आफूहरुलाई वास्ता नगरिएको गुनासो प्रवक्ता सिंहसमक्ष पोखेको थियो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!