सुशीलले प्रचण्डलाई भने-साहस भए १२ बुँदे च्यातेर देखाऊ

Admin | 10:15 |




3

९ माघ, चितवन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले साहस भए १२ बुँदे सहमति च्यातेर देखाउन प्रचण्डलाई चुनौती दिनु भएको छ ।
प्रजातन्त्रका सेनानी स्व. श्यामकृष्ण प्रधानको १३ औँ दिनको पुण्यतिथिमा कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा सभापति कोइरालाले अन्य दलहरूलाई नधम्क्याउन र सक्ने भए फेरि जंगल फर्किएर देखाउन चुनौती दिनुभयो । हालै मात्र एमाओवादी अध्यष प्रचण्डले जेठमा चुनाव नगर्ने हो भने सबै सम्झौता च्यातेर विद्रोह गर्ने चेतावनी दिनु भएको थियो ।
उहाँले एमाओवादीले सर्वसत्तावादी चिन्तन नत्यागे आफैँ समाप्त भएर जाने चेतावनी दिनुभयो । कोइरालाले भन्नुभयो-माओवादीले सर्वसत्तावाद लाद्ने मानसिकता बिर्सन सकेन भने उसको हालत राणा, पञ्चायत र राजतन्त्रको जस्तो हुनेछ ।’ कांग्रेसलाई कसैले पनि छक्याएर र भुलाएर सर्वसत्तावादी शासन लाद्ने कुचेस्टा नगरे हुन्छ भन्दै उहाँले प्रजातन्त्रका मूलभूत कुरासँग सम्झौता गर्न नसक्ने बताउनुभयो ।
वर्तमान सरकारलाई परास्त गर्न आन्दोलन थालिएको भन्दै उहाँले आन्दोलन निणर्ायक बिन्दुमा पुगेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!