१ फिट ३ इन्च लामा पाइताला भएका ३१ वर्षे ब्राहिम र केवल २ फिट अग्लो सरीर भएकी १९ वर्षकी ज्योतीले खिचाएका तस्वीर हेर्दा ब्राहिमका खुट्टा सामु ज्योतिको जिउ समेत निकै सानो प्रतित हुन्छ ।
ब्राहिम विश्वका सबैभन्दा लामा पाइताला भएका व्यक्ति मात्र होइनन् विश्वका दोश्रो अग्ला व्यक्ति हुन् जसको उचाई ८ फिट १ इन्च छ । उनीहरुबीचको यो अनौठो फोटोसेसन वास्तवमा एउटा नयाँ कामका लागि जुराइएको थियो । विश्वका मानिसहरुको पाइतालाको तस्वीरको सबैभन्दा वृहत संग्रह तयार पार्ने अभियान अमेजिङ फिट च्यालेन्जका लागि सबैभन्दा ठूलो तथा सबैभन्दा सानो पाइताला भएकी यी दुइको तस्वीर पनि खिचिएको हो ।
यो अभियान अन्तरगत ५० हजार जोडी पाइतालाका तस्वीर संग्रह गरी गिनिज बुकमा नाम लेखाउने लक्ष्य राखिएको छ । निम्न लिंकमा गएर आफ्ना पाइतालाका तस्वीर समेत समावेश गर्न सकिने बताइएको छ ।

देश बिदेशका महत्वपूर्ण समाचार देखाउने बेला टीभीमा अश्लिल चलचित्र प्रसारण भयो भने के होला ? स्वीडेनमा हालै एक टीभी च्यानलमा त्यस्तै भयो ।
टीवी ४ च्यानलमा समाचार प्रशारण भइरहेको समयमा समाचार बाचिकाको पछाडीको एउटा स्क्रीनमा भने पोर्न भिडियो प्रशारण भइरहेको थियो । ग्लोबल पोष्टका अनुसार २४ घण्टे उक्त च्यानलको विहान १० बजेको बुलेटिन प्रशारण भइसकेको समयमा यस्तो घटना भएको हो । त्यहाँ दश मिनेटसम्म अश्लिल चलचित्र प्रसारण भएको थियो ।
जतिबेला सिरियाको संकटबारे सम्वाददातासँग कुरकाकानी भइरहेको थियो, उद्घोषकको पछाडी रहेको एक स्क्रीनमा भने पोर्न फिल्म चलिरहेको थियो ।
टीवी ४ ले यसलाई प्राविधिक त्रुटी भनेको छ । टीवी ४ मुल कम्पनी सी मोर इन्टरटेन्टमेन्टका थुप्रै च्यानलहरु छन्, जसमध्ये केहीले रातमा बयस्क फिल्म देखाउँछन् । त्रुटीवस त्यस्तो च्यानलको केवल (तार) कन्ट्रोल रुमको स्क्रीनमा जोडिन पुगेको टीभीले दावी गरेको छ ।

२७ पुस, काठमाण्डौं । यो बर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट सहरको सूचीमा काठमाण्डौं पनि परेको छ । भ्रमण सुझाव दिने प्रसिद्ध अमेरिकी वेबसाइट ‘ट्रिपएडभाइजर डटकम’ ले सन् २०१३ का लागि तयार पारेको एसियाली सहरको सूचीमा काठमाण्डौं १० नम्बरमा परेको हो ।
ट्रिपएडभाइजरको भ्रमण सूचीमा नेपालको राजधानी काठमाण्डौं ऐतिहासिक स्थल, प्रसिद्ध मठमन्दिर, तीर्थस्थल र मनमोहक गाउँले घेरिएको उल्लेख छ ।
‘त्यसमाथि तीनवटा दरबार स्क्वायरमात्र नभई पर्वतारोही र पदयात्रीलाई एकै थलोमा जमघट गराउने ठमेल पनि यहीँ छ,’ ट्रिपएडभाइजरले तयार पारेको २५ सहरको सूचीमा काठमाण्डौंको बयान यसरी गरिएको खबर नागरिकले छापेको छ ।
सूचीमा कम्बोडियाको सियाम रिप पहिलो स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा चीनको बेइजिङ र साङघाइ परेका छन् । चौथोमा थाइल्याण्डको चियाङ माई, पाँचौमा माल्दिभ्सको माले, छैटौंमा भारतको गोआ, सातौंमा फिलिपिन्सको बोराके, आठौंमा चीनकै हङकङ र नवौंमा भियतामको हनोइ सहर परेका छन् ।
भनिन्छ मंसिर पुषको जाडोमा रुई, फुई र दुईको विशेष महत्व हुन्छ । अर्थात जाडो महिनामा रुवाले बनेको सिरक, कोईलाको आगो र दुई प्रेम जोडी जाडोबाट बच्ने उचित उपायहरु मानिन्छन । प्रायः वर्षैभरी फ्लोरमा व्यस्त हुने हाम्रा सेलिव्रेटीहरु चाही जाडोबाट बच्न के गर्छन त ? मेरो सिनेमाले केही कलाकारहरुसँग यस विषयमा कुराकानी गरेको छ :

विनिता बराल, नायिका
(हाँस्दै) म आफै हट छु त्यसकारण मलाई त केहीको पनि आवश्यकता पर्दैन । म जाडोबाट बच्न बिहान र बेलुका डावर चेवनप्राश खाने गर्दछु र उनीको स्विटर लगाउँछु ।

दयाह्याङ राई, कलाकार

जाडोबाट बच्न म हल्का हिव्स्की पिउने गरेको छु । काम नभएको बेला लामै समयसम्म सिरक भित्र बस्छु । बाक्लो कपडा लगाउने र चिया पिउने त जाडो महिनाको दैनिकी जस्तै हो ।

प्रियंका कार्की, नायिका
मलाई चाहि जाडो महिना विशेष लाग्ने गर्दछ । त्यसकारण म हट ईलेक्ट्रीक व्याग साथमै लिएर हिड्ने गर्दछु । अर्कोकुरा जाडोमा कम्तीमा १० कप चिया, कफी पिउँछु ।

सविन श्रेष्ठ, नायक 
म शरीर तताउन दिनमा दुई चोटी जिम जाने गर्छु । अनि जाडोबाट बच्न ब्ल्याक कफी पनि पिउने गर्छु र च्याकेट लागाउँछु ।

सुस्मा कार्की, नायिका 
मेरो जाडोबाट बच्ने खासै विशेष उपाय केही पनि छैन । अहिले जाडो महिना भएर होला सिनेमाको प्रस्ताव पनि खासै आएको छैन त्यसकारण अहिले घरमै बसेर न्यानो मनाइरहेको छु ।

नवराज आचार्य, निर्देशक

अहिले मलाई ‘कलिउड’ कै कामले गर्मी बनाइरहेको छ । म जाडोबाट बच्न कफी पिउँछु । घरमा हुँदा हिटर ताप्छु ।

सुवास थापा, नायक
प्रायः काममै व्यस्त हुने भएकाले होला जाडोबाट बच्ने मेरो विशेष उपाय छैन । यद्यपी म बिहान बेलुका हट लेमन पिउँने गर्दछु ।

दिपेन्द्र के खनाल, निर्देशक
अहिले म सिनेमा ‘झोले’ को फ्लोरमा भएको हुँदा खासै जाडो भएको छैन । तर जाडो महिनामा चाही म बाक्लो कपडा लगाउने गर्छु । गाडीमा हिड्दा हट एसी चलाउँछु ।

पुरुषोत्तम प्रधान, सिनेम्याटोग्राफर
म त अहिले क्यामेरा चलाउन मै व्यस्त छु । त्यसकारण खासै जाडोको अनुभव भएको छैन । तर म जाडोबाट बच्न हल्का पिउने गरेको छु ।
 
(Source:Merocinema)

एजेन्सी, मंसिर २४ । बलिउडका चर्चित अभिनेता संजय दत्त र गायक सोनु निगमको घरमा भारतीय आयकर विभागले छापा मारेको छ । भारतीय आयकर विभागले शुक्रबारको दिन अभिनेता संजय र गायक सोनुको घरमा छापा मारेपनि खबर भने आजमात्रै सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारका अनुसार विभागले संजय र सोनुलाई लामो बयान समेत लिएको छ । तर, यो कुराको बारेमा संयज र सोनुले भने केही नबताएको जनाइएको छ । संजय दत्त बलिउड अभिनेता हुन् भने राजनीतिक परिवारसँग पनि सम्बन्ध जोडिएका व्यक्ति हुन् । उनले एक फिल्म खेलेको करोड बढी रकम दिने गरेका छन् । त्यस्तै सोनु निगम भारतका एक चर्चित गायक त हुँदै हुन् । साथै उनी बलिउडमा सबैभन्दा बढी पैसा कमाउने गायकहरु मध्येमा पनि पर्ने गर्छन् । उनी कन्सर्टका लागि भारत बाहिरका मुलुकमा पनि अधिक जानेमा पर्छन् । बलिउडका चर्चित कलाकारका घरमा भारतीय आयकर विभागले छापा मारेको यो पहिलो घटना भने होइन । यसअघि विगत डेढ वर्षअघि नायिकाहरु कैटरिना कैफ र प्रियंका चोपडाको घरमा पनि त्यहाँको आयकर विभागले छापा मारेको थियो ।

छायांकनको क्रममा रहेको चलचित्र ‘रक्षा’की नायिका सारिका घिमिरेले निर्देशक राजु गिरीलाई झापड हानेकी छिन् । चुम्बन गर्न दिए सिनेमा खेलाईदिन्छु भनेपछि आक्रोशीत घिमिरेले गिरीलाई झापड हानेकी हुन् ।
तर सारिकाले राजुलाई हानेको झापड बास्तबिक भने होइन । चलचित्रको पर्दाभित्र निर्देशकको भुमिका निर्वाहा गरिरहेका राजुले सारिकाको हातबाट थप्पड खाएका हुन् । चलचित्र भित्रको एक दृश्यमा नायिका बनाइदिन्छु भन्दै चुम्बन मागेपछि सारिकाले गिरीलाई गालामा थप्पड बजाएकी हुन् ।
पवन बस्नेतको निर्माणमा तयार भइरहेको चलचित्र ‘रक्षा’को छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा राजेश हमाल,अशोक फुयाँल, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ ।
मंसिर १० - अहिले बलिउडमा दुई सन्नीलाई लिएर जोक चल्न थालेको छ। एक हुन् बलिउडमा भर्खरै प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोन र अर्का हुन् बलिउडका पुराना अभिनेता सन्नी देओल। सिंह साहिब द ग्रेट नामको फिल्ममा सन्नी लियोनलाई आइटम डान्स गराउन खोज्दा नाम मिलेकोले फिल्मका हिरो सन्नी देओलले आपत्ति जनाएको हल्ला जोककै रुपमा फैलिएको थियो। त्यसपछि फिल्ममा सन्नी लियोनले आइटम डान्स नगर्ने कुरा पनि आएको थियो। तर भारतीय समाचार एजेन्सी इन्डो एसियन न्युज सर्भिसका अनुसार फिल्मकर्मी अनिल शर्माले सन्नी लियोनलाई नै गीतमा अभिनय गराउने प्रयास गरिरहेको बताए। उनले लियोनसित डेटका लागि प्रयास भइरहेको बताए। अहिले उनी अरु काममा निकै व्यस्त रहेकोले समय निकाल्ने प्रयास भइरहेको छ। हामी उनीसित आइटम नम्बर गर्ने प्रयासमा छौँ, शर्माले भने। सन्नी दे‌‌ओलसित जोडेर आएको हल्लालाई भने उनले अस्वीकार गरे। उनका अनुसार सन्नी विवादमा फँस्न नचाहने अभिनेता हुन्। यो हल्ला सुनेपछि उनी साह्रै दुःखी भएको उनको भनाई छ। सन्नी लियोन भारतीय रियालिटी सो बिग बोसमा आएपछि भारतमा चर्चामा रहेकी थिइन्। उनको मुख्य भूमिका रहेको फिल्म जिस्म २ रिलिज भइसकेको छ। उनी भारतीय मूलकी क्यानेडियन पोर्न स्टार हुन्।

"The Oldest Nepali Comedy Television Show Hijo Aajaka Kura' Used To Be Aired On Nepal Television But After The Gap Of Few Years It Has Come Back With New Stories Aired Every Friday On Kantipur Television Network.Santosh Panta Best Known For His Work On Hijo Aajaka Kura Is The Director Of The Show.The Show Is Also Termed As The Root Of Other Comedy TV Shows.It Has Become The Platform Of Various Comedy Artists Who Had Begun Their Carrer Througj Hijo Aajaka Kura.Jitu Nepal, Sita Ram Katel, Etc Are Some Of The Popular Nepali Comdian Who Had Been Given Break By Hijo Aajaka Kura.
Watch Todays Episode Hijo Aajaka Kura Now.Make Sure You Will Go Through The Disclaimer Beneath The Video.

"The Oldest Nepali Comedy Television Show Hijo Aajaka Kura' Used To Be Aired On Nepal Television But After A Gap Of Few Years It Has Come Back With New Stories Aired Every Friday On Kantipur Television Network.Santosh Panta Best Known For His Work On Hijo Aajaka Kura Is The Director Of The Show.The Show Is Also Termed As The Root Of Other Comedy TV Shows.It Has Become The Platform Of Various Comedy Artists Who Had Begun Their Carrer Througj Hijo Aajaka Kura.Jitu Nepal, Sita Ram Katel, Etc Are Some Of The Popular Nepali Comdian Who Had Been Given Break By Hijo Aajaka Kura.