१२ वर्षको वैवाहिक सम्बन्धलाई विश्राम दिएपछि अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा नयाँ जीवनसाथीको पर्खाइमा छन् । छुट्टिएपछि पनि यो जोडी रजतपटमा निकै चर्चित छ ।
पूर्व दम्पतीले छुट्टै ब्यानरबाट काली र लोफर निर्माण गर्दा फिल्म बजारमा भुइँचालो गए झैं भएको थियो । यद्पी रेखा छविको व्यवसायिक सम्बन्धमा सुधार आएको छ । रेखा फिल्मस्को कालीलाई छविले दशैंको छेको पारेर प्रदर्शन गर्दैछन् । कालीले विस्तार गरेको रेखा छविको सम्बन्ध यति नजिक भएको छ कि उनीहरु एक अर्कालाई जीवनसाथी आवश्यक परेको कुरा सेयर गर्न पछि पर्दैनन् ।
रिसाउँदा एक अर्काको फोन रिसभ नगर्ने पूर्व दम्पती बिच अहिले भने लामै संवाद चल्ने गरेको छ । फोनमा होस् या भेटमा यो जोडी हिजोआज निकै खुला देखिन्छ । छविलाई ड्याडी भन्दै रेखा घोचपेच गर्छिन् भने छवि मेरो बाबा भन्दै रेखालाई फकाउँछन् । कुरा घोचपेचमा मात्रै सिमित हुँदैन । रेखालाई नयाँ जीवनसाथी खोज्देऊ भन्न पनि पर्दैनन्, छवि । फिल्मीखबरसँगको भेटको क्रममा छविले फोनमा भने- 'रेखा मलाई १६ बर्षे केटी खोज्देऊ ।' रेखाले हाँस्दै जवाफ फर्काइन्- 'ड्याडी तपाई आफै ट्यालेन्ट हुनुहुन्छ नि !' रेखा छविको कुरा सुनेर माहोल हाँसोमय बन्यो । छविले केटी खोजि दिने बारे फिल्मीखबरको चासोमा रेखा जिस्कंदै भन्छिन्- 'म आफै जीवनसाथीको खोजीमा छु । कहाँ ड्याडीलाई केटी खोज्ने फुर्सद हुनु ?' के छबिले साँच्चिकै बुढेसकालको साहारा खोजेका हुन् त ? 'म अझै जवान नै छु, कसैले पत्याई पो हाल्छ कि,' छबिले जिस्कंदै भने । छबिले अब बिहे भने नगर्ने बताउँछन् । काली फिल्मबाट व्यावसायिक सम्बन्धमा सुधार ल्याएका रेखा छविले व्यक्तिगत सम्बन्धमा पनि सुधार ल्याए अचम्म नमान्दा हुन्छ । कारण, रेखाले छविको लागी जीन्दगीको ढोका बन्द भैनसकेको प्रतिक्रिया विभिन्न अन्र्तबार्तामा दिदै आएकी छिन् भने छवि पनि केटी खोज्देउ भन्दै रेखालाई चिढ्याउन खोजिरहेका छन् । तर, रेखा र छविका निकट मानिने भन्छन्- 'यी दुईको मिलन असम्भव जस्तै छ ।' तलको बक्स मा क्लिक गरि हेर्नुहोस भिडियोमा । 
डिसीनेपाल डटकम संवाददाता - शान्ति सेनाको रुपमा कंगो गएका तीन नेपाली सैनिक एम्बुसमा परी घाइते भएका छन् । कंगोको एलाईड डमोक्रेटिक फ्रन्ट नामक विद्रोही समूहको एम्बुसमा परी तीन नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तीन नेपाली सैनिक मनुस्को मिसन कंगोमा तैनाथ थिए । उनीहरु संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सेनाको रुपमा कंगो गएका थिए । नेपाली सैनिक बस्ने गण माभीभीबाट उत्तरतर्फ बाओ भन्ने स्थानमा तीन नेपाली सैनिक एम्बुसमा परेका थिए । एम्बुसमा परेका तीनै जना नेपाली सैनिक खतरामुक्त रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको । घाइते भएका नेपाली सेनाको नाम सार्वजनिक गरिएको छैन । कंगोमा तैनाथ नेपाली सेना श्री भैरवीदल गण १८ औं डफ्फामा खटिएका नारायण दल गणका सैनिक भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्तुत, कर्मचारीको तलब १८ प्रतिशत वृद्धि shankar-Budgeet-vhashan-(1)काठमाडौं, ३० असार । अन्तरिम चुनावी सरकारले निर्वाचनलाई उच्च प्राथामिकतामा राख्दै कुल ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । निर्वाचनसँगै ऊर्जा, कृषि, पर्यटन र राष्ट्रिय गौरवको योजनालाई विशेष प्राथामिकता दिँदै सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट सर्वाजनिक गरेको हो । बजेटले निजामति कर्मचारीको तलब भक्तामा १८ प्रतिशत वुद्धि गरेको छ । अध्यादेशमार्फत राष्ट्रिय योजना आयोगको हलबाट सार्ववनिक गरिएको बजेटमा चुनावी सरकारले मंसिर ४ गते हुने भनिएको निर्वाचनका लागि १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चुनावलाई निस्पक्ष र धाँधली रहित बनाउन पनि कुनै कसर नराख्ने बताइएको छ । भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video निर्वाचनसँगै सरकारले सातवटा क्षेत्रलाई उच्चमहत्त्व दिएको छ । ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, चुरे संरक्षणलाई राष्ट्रिय गौरवका आयोजनको रूपमा प्राथामिकतामा राखेको छ । उच्च प्राथामिकतामा परेको ऊर्जा क्षेत्रको विकास विस्तारका लागि अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ३० अर्ब विनियोजन गर्नुभएको छ । त्यस्तै, नेपालको दोस्रो ठूलो जलायस युक्त १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई १ अर्ब ५ करोड विनियोजन गरेको छ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५ अर्ब २४ करोड छुट्टएको छ । यसैगरी सरकारले सडक सञ्जालका लागि पनि विशेष बजेटको छ । ठूला योजनाभित्र परेको काठमाडौं–निजगढ जोड्ने फास्ट्रकका लागि प्रसशस्त बजेट गरेको छ भने मध्य पहाडी लोक मार्गका लागि १ अर्ब ९२ करोड बजेट छुट्टाइएको छ । हुलाकी राजमार्गका लागि २ अर्ब २१ करोड विनियोग गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षबाट पूर्वपश्चिम रेल मार्ग कार्य सुरु गर्ने भएको छ । जसका लागि अर्थमन्त्री कोइरालाले १ अबए ४० करोड विनियोजन गर्नुभएको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिनको लागि बजेट प्रशस्त छुट्टाइएको छ । आर्थिक वर्ष ७०/७१ मा सौर्य ऊर्जालाई पनि प्राथामिकता दिइएको छ । सौर्य ऊर्जालाई गाउँबाट सहरमा पनि विस्तार गर्ने योजना लिइएको छ । जसका लागि १ अर्ब ११ करोड रकम छुट्टाइएको छ । अर्थमन्त्री कोइरालाले राजनीतिक कारणले गर्दा मुद्रास्र्फती दर १० प्रतिशतको हारहारीमा रहेको, मौसम लगायतका कारणले कृषि क्षेत्रको वृद्धिदर न्यून रहेको उल्लेख गर्नुभयो । गत वर्षको बजेट विनियोजनमा पुँजी गत खर्च र आन्तरिक खर्च गरि ३ खर्ब १२ अर्ब मात्र खर्च भएको बजेट भाषणको क्रममा छ । नेपाललाई सन् २०२२ सम्मा नेपाललाई विकाशशील राष्ट्रमा पुर्‍याउने लक्ष्य राखेको अर्थमन्त्री कोइरालको भनाइ छ । कृषि क्षेत्रको आधुनिकरण तथा बजारीकरणमा सरकारले जोड दिएको छ । मल बिउ बिजनका लागि ६ अर्ब सात करोड बजेट विनियोजन गरिएको छ भने कृषिको बजारीकरण्का लागि १ अर्ब ७५ करोड रकम छुट्टाइएको छ । युवा स्वरोजगार कार्यक्रमलाई आन्तरिक रोजगारी सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्ने सरकारलको भनाइ छ । बजेटमार्फत सरकारले ५० हजार युवालाई आम्दानी मुखी तालिम र १० हजारलाई सीप मूलक तालिम दिने व्यवस्था गर्ने भएको छ । त्यस्तै १५ वर्षभन्दा मुनि र ७५ वर्षमाथिका व्यक्तिको मुटु रोगको उपचार सरकाले नि:शुल्क गर्ने व्यवस्था गर्ने छ । बजेटमार्फत सरकाले निजी साझेदारीलाई प्राथामिकता दिने भएको छ । निजी साझेदारीलाई अर्थतन्त्रको आधारको रूपमा लिएको छ । सरकारले यसै आर्थिक वर्षभित्र चार सय झोलुङ्गे पुल बनाउने लक्ष्य राखेको छ । आज सार्वजनिक बजेट ५ बर्ष यताकै पहिलो पूर्णबजेट हो । यसअघि ६५ सालमा बाबुराम भट्टराईले पूर्णबजेट सार्वजनिक गुर्नभएको थियो । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेश पारित गरेको थियो । कर्मचारीको तलब वृद्धि सरकारले आज प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमानमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान एक हजार भत्ता दिने निर्णय गरेको छ । अर्थमन्त्री शङ्कर कोइरालाले आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७०÷७१ को बजेटमा सो वृद्धि गरेको जनाइएको छ । कर्मचारीको स्वाथ्य बिमा रु पाँच लाख गर्नुका साथै कर्मचारीका पति वा पत्नी, १८ वर्षसम्मका छोराछोरी दुर्घटनामा परेमा वा तीन दिनभन्दा बढी बिरामी भई अस्पताल भर्ना भएमा बिमा मार्फत उनीहरुको उपचार खर्च व्यहोर्ने बजेटमा उल्लेख छ । कर्मचारीको अन्य सुविधाका सन्दर्भमा अध्ययन गर्न विज्ञहरु सम्मिलित कार्यटोली बनाइने पनि बजेट भाषणको क्रममा अर्थमन्त्री कोइरालाले बताउनुभयो ।
ज्योती राई मेरो जन्मथलो इलामको पशुपति नगर ८ मा छ । म अहिले काठमाडौंको नैकापमा बस्दै आएको छु । मलाई पैसाको खाँचो पनि थियो र केटीहरुलाई राम्रो सुविधा छ भन्ने सुनेर म पनि विदेश जान तयार भएँ । म सुरुमा इजरायल गएको हुँ । कमाई पनि राम्रो छ, युरोप जस्तै सुविधाहरु पाइन्छ भन्ने सुनेर मलाई पनि जाउँ जाउँ लाग्यो । इजरायलमा अरु देशमा भन्दा पैसा पनि राम्रो कमाइ हुने र सुरक्षा पनि हुने भन्ने थाहा भएपछि मलाई जान मन लाग्यो । मेरो दाइले मलाई नजाउ पछि एकै पटक १२ कक्षाको परीक्षा दिएर क्यानडा तिर ट्राइ गर भन्नु भएको थियो तर हामी चार पाँच जना मिलेर ग्रुपमै ट्राइ गरेका हौं । म रिसायँ, घरमा राम्रोसँग बोलिन अनि दाइले पनि हुन्छ भन्नुभयो । पैसा ४/५ लाख रुपैयाँ तयार गर्नुपर्थ्यो । अनि भाषाहरु अलि अलि सिक्नुपथ्र्यो । त्यसमा त्यती गारो भएन । सुरुमा त भाषाले अलि अलि समस्या पार्थ्यो । इंग्लिस त्यति नआउने । अरु देशबाट पनि आएकालाई इंग्लिस नआउने भएकाले हामीले हिब्रु जान्नैपथ्र्यो । सुरुमा त गारो थियो । सुरु सुरुमा त घरको निकै याद आउँथ्यो । रुन्थें पनि । उमेर पनि सानै थिएँ । आफन्त पनि कोही थिएन । सुख दुःख पोख्ने पनि कोही थिएन । सुरुमा त भाषाकै समस्या भयो । पछि खानाकै समस्या भयो । एक गिलास चामलको भात पकाएर एक हप्तासम्म फ्रिजमा खानुपर्ने । यहाँको भन्दा खानेकुरा निकै समस्या थियो । कतिकुरा नबुझ्ने भएकाले थप समस्या पर्थ्यो । छुट्टिमा आएपछि कहाँ जाने भन्ने कुरा भाषाले गर्दा नै समस्या हुन्थ्यो । सबैभन्दा पहिला मान्छेमा म जहाँ पनि एड्जस्ट हुन सक्छु भनेर कन्फिडेन्ट हुनुपर्छ । जुन देश जाने हो त्यही देशको बारेमा जानकारीहरु लिने, हावा पानी कस्तो छ त्यसको जानकारी लिनुपर्छ । अहिले त सजिलै सबै देशको जानकारी पाइन्छ । तयारी गरेर विदेश जाँदा नै राम्रो हुन्छ । आफू जुन देश जाने हो त्यसको भाषा चैं राम्रोसँग जानियो भने राम्रो हुन्छ । सुरुमा ६ सय डलर दिएको थियो । पछि काम पनि राम्रो भयो र तलव पनि १ हजार डलर कमाउँथे । म चार वर्ष र ८/९ महिना बसेँ । म बिचमा छुट्टीमा आउन खोजेँ तर मिलेन । त्यहाँबाट अन्तै ट्राइ गर्न पनि खोजेको थिएँ । मैले अमेरिकाको लागी ट्राइ गरेर अन्र्तवार्ता पनि दिएको थिएँ । तर परिवारले सानैमा विदेश गएको, उता गएपछि कहिले भेट हुनेहो एक पटक नेपाल आइज भनेपछि म आएँ । लामो समयपछि आउँदा खुसी लाग्यो । नेपालको बाटो हेर्दा दुःख पनि लाग्दो रहेछ । उनीहरुको देश र हाम्रो देशमा निकै फरक लाग्यो । तर म ५ वर्ष विदेश बसेर आउँदा पनि हाम्रो यहाँ त्यति धेरै फरक लागेन । विदेश जानु भन्दा पहिले भाषा सिक्नुपर्छ । त्यहाँको रहन सहन बारेमा पनि जानकारी लिनुपर्छ । कन्फिडेन्ट नभएका मान्छेहरु सकेसम्म नजाँदा नै राम्रो हुन्छ । आफूलाई विदेश पठाउने एजेन्टको बारेमा पनि जानकारी लिइ राख्नुपर्छ ।
सेक्सको विषयलाई लिएर नायक राजेश हमाललाई अभिनय गराइएको चलचित्र ुकिन किनु मा राजेश हमालका निकै उत्तेजक दृश्य छन्। नायक राजेश हमाललाई जति जति बुढ्यौलीपनले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् ।
चलचित्र ‘मेरो जीवनसाथी’मा हमालले नायिका सुष्मा कार्कीसँग उनले खुलेरै बेड सिन दिएका थिए । भने चलचित्र ‘किन किन’मा त उनले नायिका अरुणिमा लामासँग दिएको बेडसिन झनै उत्तेजक छ । उकेश दाहालले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘किन किन’मा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको रोमान्स रहेको पाईन्छ । नवनायिका अरुणिमा लामासँगको हमालका दृश्य चलचित्रको विशयवस्तुका लागि आवश्यक भएको उकेशको भनाइ छ । महानायक राजेश हमाल र अर्का चर्चित नायक सुवास थापासँग टङ किस दिएको तस्बिर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। डेब्यु भूमिमै टङ किस र सेमि–न्युड सिन दिएपछि उनको आलोचना पनि सुरु भएको छ। कतिपयले उनलाई सुजाता सिटौलासँग तुलना गर्न थालेका छन्, सुजाता तिनै नायिका हुन्, जो दाहालले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’मा यस्तै अश्लील र विवादस्पद सिन दिएको कारण चलचित्र क्षेत्रबाटै पलायन भएकी थिइन्। ‘तन बुढो भएपनि मन वुढो हुदैन’ भन्ने बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा नायक राजेश हमाल र नायिका अरुणिमा लामाबिचको उत्तेजक दृश्यहरु प्रशस्त समावेश गरिएको छ । तर चलचित्र सेन्सर बोर्डले यस्ता दृश्यमा कैची नचलाई एडल्ट सर्टिफिकेट दिएको छ । पलपलमा मार्फत नेपाली चलचित्र उद्योगमा निर्देशकका रुपमा देखा परेका उकेस दाहलको निर्देशनमा चलचित्र किन किन तयार भएको छ। सम्पुर्ण प्राबिधीक कार्य सकाएर अहिले प्रचार प्रसारमा लागेको यस चलचित्र आगामी साउन ३२ गते देखि देशभरबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा छ।
आर एन्ड बी गायिका रिहान्ना गायक जस्टिन बीबरलाई पछि पार्दै युट्युबका हेरिने सबैभन्दा लोकपि्रय कलाकार बन्न सफल भएकी छिन्। समाचारअनुसार डायमन्ड्सकी २५ वर्षिया गायिका रिहान्नाका ७७ वटा भिडियो ३ अरब ७ करोड ८४ लाख प्रशंसकले हेरेका थिए। यो दर्शक संख्या बीबरका ७७ वटा भिडियो हेर्ने प्रसंसकभन्दा २० लाखले बढी छ। तेस्रो स्थानमा दक्षिण कोरियाली रक स्टार पीएसवाई छन्। उनको गंगनम स्टायललाई ३ अबर १० करोड दर्शकले हेरेका छन्। यसबाहेक एमिनेमलाई २ अरब २० करोड, लेडी गागालाई २ अरब ३० करोड तथा शकिरालाई २ अर्ब दर्शकले युट्युबमा हेरेका थिए।
भारतीय मोबाइल उत्पादक माइक्रोम्याक्सले कम मुल्यको सोलार फोन सार्वजनिक गरेको छ। ग्रीन फोनका रुपमा माइक्रोम्याक्सले एक्स २५९ मोबाइल भारतीय फोन बजारमा ल्याएको हो। यो मोबाइल सेट सोलार प्यानल जडित छ जसले घामबाट नै फोन चार्ज गर्दछ। मोबाइल सेटको पछिल्लो भागमा सोलार प्यानल छ जसले ग्रामिण भेगमा विद्युतको समस्या भोग्ने मोबाइल प्रयोगकर्तालाई मोबाइल चलाउन सहज हुनेछ। फोनमा १००० एमएएच लिओन ब्याट्रीले करिब २०० घण्टाको स्ट्याण्डबाइ र ४ घण्टाको टक टाइम दिन्छ। फोनमा २.३ इन्चको क्यूभिजिए स्क्रिन रहेको छ भने २४० बाइ ३२० रिजोलुसन। दुई सीम लाग्ने फोनमा तस्विर, भिडियो, म्यूजिक साथै ब्लुटुथको सुविधा रहेको छ। यसमा ८ जीबी सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ। फोनमा ०.३ मेगा पिक्सलको क्यामेरा छ। माइक्रोम्याक्स विश्वको १२ औं ठूलो मोबाइल सेट निर्माता हो। फोनको अग्रभाग फोनको अग्रभाग Micromax X259 का विशेषताः दुई सीमकार्ड (Dual Sim) २.४ इन्चको डिस्प्ले ०.३ मेगा पिक्सल क्यामेरा १००० सर्म्पर्क अट्ने फोनबुक ८ जीबी सम्मको मेमोरी कार्ड लाग्ने म्यूजिक प्लेयर ब्लुटुथ एफएम रेडियो (रेकर्डिङ सुविधा सहित) ३.५ एमएमको अडियो ज्याक भाइब्रेसन, एमपीथ्री रिङटोन सोलार चार्जर १००० एमएएच लिओन ब्याट्री ४ घण्टा भन्दा बढी समय सम्म फोनमा कुराकानी गर्न सकिने २०० घण्टा सम्म फोन खुला राख्न सकिने 118X50X16 mm को
Timilai Chokho Maya gari By Anju Panta new song 2013
न्युयोर्क, ९ महिना अघी तालिबानले गोली हान्दा शक्त घाईते भइ बाच्न सफल १६ बर्षिय मलाला युसफेजेइले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा आफ्नो १६ औं जन्मदिन मनाएकी छन् । मलाला डे नाम दिईएको कार्यक्रममा राष्ट्रसंघका महासचिव वान् की मुन् लगाएतका बिशिष्ट ब्यक्तीहरुको बिचमा १६ बर्षिया मलालाले एक शिक्षक, एक पुस्तक, एक कलमले संसार परिवर्तन गर्न सक्दछ भन्दै आफ्नो भनाइ राख्दा बिशीष्ट ब्यक्तीहरुले जोडदार ताली बजाईरहेका थिए । मलाला पाकिस्तानमा कक्षा ८ मा अध्यन गर्दा तालिवान अत्याचारको बिरोध गरेको आरोपमा उनलाई तालिवानले गोली हानेको थियो । बाच्न सफल भएकोमा भगवान्लाई धन्यबाद दिदैं मलालाले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद दिएकी छन् । मलालाले आफ्नो सम्बोधमा भनेकी छन् आतंककारीहरुले मलाई मारेर मेरो बिचार मार्न खोजेको तर सफल नभएको बताएकी छन् । प्रस्तुत छ संसारभरका युवाहरुलाई शिक्षको लागि उठ्न आब्हान गर्दै मलालाले यस्तो सम्बोधन गरिकी छन् भिडियो हेर्नुहोस !!!0
भिडियो हेर्न तल बक्स मा क्लिक्क गर्नुहोला रमाइलो छ
चितवन, असार २९ । विरामी पर्दा, कुनै महत्वपूर्ण काम गर्दा हामीले हेलिकप्टर चार्टर गरेको त देखेकै छौं । तर, विवाहमा हेलिकप्टर नै प्रयोग गरेको भने हामीले पक्कै देखेका छैनौं र सुनेका पनि छैंनौ होला । चितवनमा आज भएको एक विवाहमा यस्तै दृश्य देखियो । भरतपुर–१२ थापाथली चोक निवासी रविशमशेर थापा हेलिकप्टर चेढेरै बेहुलीको घर पुगे । बेहुला एयर डाईनेस्टीको हेलिकप्टरमा बेहुली सजना पौडेलसँग लगनगाँठो कस्न लमजुङको बेशीशहरमा पुगे भने साँढे तीन सय जन्ती ४५ वटा कार र तीन वटा बसमा दुलहीको घर पुगे । बेहुला थापा क्षेत्री युवा समाज चितवनका अध्यक्ष हुन् । source : imagechannel