फेसबुकले आफ्नो साथी नरहेका मानिसलाई मेसेज पठाउँदा उनीहरुको इनबक्समा देखिने बनाउन एक अमेरिकी डलर लाग्ने व्यवस्थाको परीक्षण सुरु गरेको बताएको छ।
फेसबुकले बिहीबारदेखि अमेरिकाका केही व्यक्तिहरुलाई यो सुविधा दिएर परीक्षण सुरु गरेको जनाएको छ।
सन् २०११ मा सुरु गरिएको 'अदर' फोल्डरमा फेसबुकमा साथी नभएकाहरुले पठाउने मेसेज जाने गर्छ, जसलाई प्रयोगकर्ताले खासै हेर्ने गर्दैनन्। एक डलर तिरेपछि भने इनबक्समा नै मेसेज देखिने फेसबुकले जनाएको छ।
शुल्क लिएपछि यसले स्पामबाट बच्न सहयोग गर्ने कम्पनीको दावी छ।
यसअघि फेसबुकले गत अक्टोबरमा धेरै मान्छेलाई आफ्नो स्टायटस पढाउन पनि शुल्क लिने व्यवस्था गरेको थियो।
एजेन्सी । फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्दले विज्ञापनको राजस्वका सम्बन्धमा कुरा नमिले छुट्टै कानुन ल्याएर गुगललाई चेताउने धम्की दिएका छन् । गुगल लगायत अन्य सर्च इन्जिनलाई उनले राजस्वका सम्बन्धमा कुरा मिलाएर जाने अन्यथा मिडिया कंटेन्टका लागी रकम तिर्नुपर्ने एक विधेयक अर्थात् कानुन ल्याउने बताएका छन् । गुगलका कार्यकारी अध्यक्ष एरिक स्किमिड्टसँग भएको भेटवार्तापछि राष्ट्रपति ओलान्दले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भेटवार्ताका क्रममा पनि यस्तै प्रस्ताव राखेको र आफू वार्ताबाटनै समस्या समाधान गर्ने पक्षमा रहेको बताएका छन् । उनले यदी वार्ताबाट कुरा नमिले कानुनी उपचार खोज्ने बताएका हुन् ।
फेसबुकले सुरु गरेको गिफ्ट नामक अनलाइन सेवाबाट तपाइँले आफ्नो साथीलाई चाहेको उपहार पठाउन सक्नुहुनेछ । बिहिबार अमेरिकामा लञ्च भएको यो सेवा यो महिनाभित्रैमा अझै परिस्कृत भएर अन्य देशमा पनि लागु गरिने फेसबुकले बताएको छ ।
अमेरिकी फेसबुक प्रयोगकर्ताले यो सेवाको उपयोग गर्दै आफ्ना साथीलाई फेसबुकमार्फ उपहार पठाउन थालेसँगै अर्को महिनादेखि नै गिफ्ट सेवालाई परिस्कृत गरिँदै लगिनेछ ।फेसबुकमार्फ साथीलाई उपहार पठाउन प्रयोगकर्ताले आफ्नो फेसबुक फ्रेन्डको फेसबुक पेजमा गएर गिफ्ट नामको आइकनमा क्लिक गर्नुपर्नेछ । प्रयोगकर्ताको फेसबुक पेजको दायाँ भागमा यो आइकन देखिनेछ जसमा साथीको बर्थडे, विवाह तथा अरु महत्वपूर्ण इभेन्टका बारेमा समेत जानकारी दिइनेछ । जस्तैै यदि तपाइँको साथीको जन्मदिन दुइदिन पछि आउँदैछ भने उक्त साथीको नाम र तस्वीर सँगै त्यहाँ गिभ हर ए गिफ्ट नामको लिंक तथा गिफ्ट आइकन देखापर्नेछ।
उक्त आइकनमा क्लिक गरेपछि साथीलाई फेसबुकमार्फ दिन सकिने विभिन्न उपहारको लिष्ट आउनेछ । जस्तै कार्ड, चकलेट, कपकेक, गुडिया आदि ।
त्यसपछि उक्त उपहार प्राप्त गर्ने व्यक्तिलाई फेसबुकमार्फ नै आफ्नो खास ठेगाना खुलाउन आग्रह गरिन्छ । कतिपय अवस्थामा प्रापकलाई मन पर्ने उपहार छनोट गर्ने तथा उपहार साटेर अर्को सामान लिने सुविधा पनि प्राप्त हुन्छ ।
यो कदम इ कमर्शमा प्रवेश गर्ने फेसबुकको पहिलो कदमको रुपमा लिइएको छ । यस्तो उपहार आदानप्रदानमा उपहार प्रदान गर्नेको बैंक अकाउण्ट मार्फ पैसा तिरिन्छ र फेसबुकले उक्त उपहार वापतको सामानको बिक्रिको केही मुल्य कमिशन बापत लिनेछ । फेसबुकले अनलाइन मार्फ आदानप्रदान गर्न सकिने केही उपहारको सूचि समेत बनाएको छ । त्यसमा आइसक्रिम, फूल, खेलौना लगायतका रहेका छन् ।
नासाको मार्स रोभर क्युरोसिटीले मंगलग्रहमा खोल्सा रहेको हुन सक्ने संकेत देखिएको भन्दै यसबारे अध्ययन गर्ने जनाएको छ । यसअघि क्युरोसिटीले नासालाई पहिलो पटक मंगलग्रहमा चट्टानको स्पर्श गरेको जानकारी गराएको थियो । रोभर आफ्नो स्वचालित पाखुराले सो चट्टानलाई स्पर्श गदै आफनो गन्तब्यतर्फ अघि बढिरहेको जानकारी गराएको थियो ।
क्युरोसिटीले विगत केही समयदेखि एउटा अनौठो पिरामिड आकारको चट्टान ज्याक म्याटिजिभिकको अनुसन्धान गरेको थियो । करिव सात फिट लामो स्वचालित पाखुराको सहगोगमा रोभरले चट्टानका केही भागहरुको अवलोकन गरेको वताइएको छ । रोभरले अल्फा पार्टिकल एक्स रे स्पेक्ट्रोमिटरको सहायताले चट्टानको तत्वको बनोटबारे अध्ययन गरेको थियो ।
रोभरले पठाएको तस्वीरमा रोभरका स्वचालित पाखुरा ज्याक म्याटिजिभिक तर्फ घिस्रेको देखाइएको छ । मार्स रोभरलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा पठाएका थियो ।
मार्स रोभर मंगल ग्रहमा कम्तीमा दुई बर्षसम्म सक्रिय रहने जनाइएको छ । दुई वर्षे अवधीमा मार्स रोभरले मंगलग्रहमा रहेका खाल्डा र पानीको अवस्था तथा जीव बाँच्न सक्ने सम्भावनाको खोजी गर्ने वताइएको छ ।
- --एजेन्सीअमेरिका, साउन २२ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । सोमबार बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा नासाको यानले सफल अवतरण गरेको हो ।
रातो ग्रहको नामले चिनिने मंगल ग्रहका जीवको अस्तित्वका बारेमा दुई बर्ष अध्ययन गर्ने लक्ष्यका साथ यान अवतरण भएको हो । यस ग्रहमा कहिले कुनै जीवन रहे नरहेको बारेमा खाजी गर्नेछ । यस मिसनको अमेरिकाको लस एन्जल्स नजिकै रहेको जेट प्रोपुल्सन ल्यावरोटरीबाट निगरानी गरिएको छ । नाशासले यो रोवोट सबैभन्दा कठिन रहेको पनि बताएको छ ।
मंगल ग्रहमा अवतरण भएका यान मध्ये अहिलेसम्मकै ठूलो सो यान अवतरण गरेपछि मंगल ग्रहको सतहको फोटोहरु पनि पठाएको जनाइएको छ । १० वर्षको योजना पश्चात कार आकारमा यो राबोट यान निर्माण गरी मंगल ग्रहमा पुगेको हो । मंगल ग्रहमा पुग्न सो यानलाई प्रक्षेपण भएपछि ८ महिना लागेको थियो । यान अवतरणपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसमा संलग्न सबैलाई बधाई दिएका छन् ।
काठमाडौँ- जीमेल, याहू आदि निःशुल्क इमेल सेवामा आफूले खोजेकै जस्तो युजरनेमसहितको इमेल ठेगाना पाउन गाह्रो छ। यो समस्या समाधान हुनसक्छ, यदि तपाईँले झट्टै आउटलुक डट कममा साइन अप गरिहाले। तर छिटो गर्नुस्, किनभने मंगलबार माइक्रोसफ्टले यो सेवा सुरु भएको घोषणा गरेको ६ घण्टामै १० लाख भन्दा बढीले साइन अप गरिसके। हटमेल डट कम ठेगाना भएका प्रयोगकर्ताले आफ्नै युजरनेमबाट आउटलुक डट कमको नयाँ इमेल ठेगाना बनाउन सक्छन्। नयाँ इमेल सेवा आउटलुक डट कमले पछि स्काइपबाट कुरा गर्न मिल्ने बनाउने तयारी छ। गुगलले पनि अहिले गुगल टकबाट यस्तो सेवा दिइरहेको छ। माइक्रोसफ्टले गत वर्ष साढे आठ अर्ब अमेरिकी डलरमा स्काइप किनेको थियो। निःशुल्क इमेलमा अहिले गुगलको जीमेल नै अगाडि छ। यसका प्रयोगकर्ता साढे ४२ करोड छन्। हटमेलसित भने पछिल्लो पटक गन्दा ३५ करोड प्रयोगकर्ता थिए।






