- मुलुकलाई अफगानिस्तान बनाउन खोजेको ? राष्ट्रपतिले प्रश्न गरे
सत्तारुढ माओवादी र मधेसी दलहरूले अबको निकासबारे सहमति भए सहमतीय सरकार गठन गर्न आफूहरु तयार भएको बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापना गर्नु पर्ने बताउनु भएको छ । ‘विवादित विषयमा सहमति गरेर संविधानसभा पुनःस्थापना नै सबैभन्दा छोटो र सुरक्षित विधी हो’ प्रचण्डले भन्नुभयो-’अन्य विकल्पमा जाँदा अफ्ठ्यारो स्थिति पनि आउन सक्छ ।’ उहाँले विवादित विषयमा सहमति गरेरसंविधानसभा पुनःस्थापना गरिए ५ बुँदे सहमति अनुसार नै कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न तयार रहेको बचाउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा नै जाने भए छलफल गरी सहमतिमा पुग्न आफूहरु तयार रहेको बताउनु भयो । दलहरुबीच सहमति नभए प्रधानमन्त्रीले राजीनामा दिन पनि नमिल्ने र सरकार चलाउन पनि नसक्ने अवस्था आएको बताउनु भयो । ‘अहिलेकै अवस्थामा छाड्ने पनि मिलेन’ उहाँले भन्नुभयो-’चलाई राख्न सक्ने अवस्था पनि आएन ।’
पहिले राजीनामाः विपक्षी
छलफलमा कांग्रेस-एमालेसहितका विपक्षी दलहरुले भने सहमतीय सरकार गठनपछि मात्र निकासबारे छलफल गर्न सकिने बताएका छन् ।
सहमतिको प्रस्थान विन्दु बाबुराम सरकारको राजीनामा र सहमतीय सरकार गठन भएको भन्दै कांग्रेस र एमालेले त्यसपछि मात्र निकासको विकल्पबारे छलफल हुने बताएका छन् । ‘पहिले ठाउँ खाली गर्नुपर्छ । अहिले दुई दल मात्र छन्, सबै अटाउने ठाउँ बनाउनुपर्छ’एमाले अध्यक्ष खनालले भन्नुभयो-’त्यसपछि निकासका विकल्पहरुबारे छलफल गर्न सकिन्छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ५ पुँदे सहमति अनुसार कांग्रेसको नेतृत्वमा सरकार बने पुनःस्थापनाबारे छलफल गर्न सकिने बताउनु भएको एक नेताले बताए ।
#onlinekhabar
Category: Headlines