- बाउ उपरास्ट्रपति छोरा सचिब , बुहारी उपसचिब , पारिबारिक बन्दै स्वकीय सचिवालय

Admin | 10:28 |


२१ साउन, काठमाण्डौं – उपराष्ट्रपति परमानन्द झाले स्वकीय सचिवालयमा आफ्नै परिवारका सदस्यहरुलाई नियुक्त गर्नुभएको छ । उहाँले छोरालाई सचिव, बुहारीलाई उपसचिव र सहसचिवमा भतिजालाई नियुक्त गर्नुभएको हो । उपराष्ट्रपति झाको स्वकीय सचिवालयमा सचिव, सहसचिव, उपसचिवसहित ६ जना रहने व्यवस्था रहेको छ । उनीहरुले नेपाल सरकारका कर्मचारी सरह तलब सुविधा पाउने गरेका छन् । निजी सचिवालयमा भने तीन जना सरकारी कर्मचारी रहने व्यवस्था छ ।

उपराष्ट्रपतिले छोरा कृष्णचन्द्र झालाई सचिवमा नियुक्त गर्नुभएको हो । छोरी नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकमा जागिर खान गएपछि छोरालाई सचिवमा नियुक्त गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । छोराको तलब ३१ हजार ८० रुपैयाँ, सुविधाको गाडि, इन्धन र सञ्चारसहित मसलन्द खर्च छ भने, भतिजा सहसचिवलाई २४ हजार सातसय ४० रुपैयाँ नगदसहित, सुविधाको इन्धन र सञ्चारसहित मसलन्द खर्च छ त्यस्तै बुहारीको तलब २१ हजार ८० रहेको छ ।

उपराष्ट्रपतिले सल्लाहकारमा पनि आफ्ना नातेदारलाई राख्न माग गर्नुभएको छ । तर सचिवालयमा सल्लाकार पद भने नभएको बताईएको छ । झाले स्वकीइ सचिवालयमा सल्लाहकारको पद सिर्जनाका लागि अर्थ मन्त्रालयमा माग गर्न कार्लालयलाई निर्देशन दिनुभएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!