- अविवाहित तर १९ सन्तानकी धनी

Admin | 10:24 |

२१ साउन, काठमाण्डौं – असामान्य अवस्थाका विद्यार्थीलाई १० बर्षदेखि बोल्न, हिँड्न, पढ्न र जीवन बाँच्न सिकाउँदै रमाईरहेकी छिन् सुधा सिल्वाल । काभ्रे, खरेलथोक-४ स्थित भगवती उच्चमाविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनस्थापना केन्द्र’की शिक्षिका सुधा सोही विद्यायकी प्राथमिक शिक्षिका हुन् । उनी सुस्त मनस्थिति भएका १९ विद्यार्थीको रेखदेख गर्दै आएकी छिन् ।

‘मैले पनि सामान्य विद्यार्थीलाई पढाएको भए जागिर पाक्थ्यो तर १२ बर्ष अघि बनेपाको एउटा तालिमले असामान्य विद्यार्थीको सेवा गर्न उत्साहित पार्‍यो’, उनले भनिन् ।

काभ्रेको प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरबाट ४ किलोमिटर कच्ची बाटो ओरालोपछि पुनस्थापना केन्द्र पुगिन्छ । यो केन्द्र ३ सय ६५ दिन नै विद्यार्थीहरु उठेदेखि नसुतेसम्म १० बर्षदेखि निरन्तर चल्दै आएको खबर नागरिक दैनिकले छापेको छ ।

‘झट्ट हेर्दा १६/१७ बर्षका देखिए पनि उनीहरुको बौद्धिक स्तर दुई बर्षका बच्चा जस्तै हुन्छन्, सुधाले भनिन् । त्यहा आएका विद्यार्थीहरुको स्तर छुट्टयाएर स्याहार सुसार गर्ने गरेको पनि उनले जानकारी दिईन् ।

सुधाले भनिन् ‘हामीले गाईबस्तु जस्तै दाम्लोमा बाँधेर राखेको एक बालकलाई काभ्रेको नालाबाट फुकाएरु ल्यायौं, त्यतिबेला उ खानापानी पनि बस्तुले जसरी नै खान्थ्यो,’ त्यहि रहेका नुनप्रसादलाई देखाउँदै उनले भनिन ‘अहिले बोलाउँदा नाकमा छोएर देखाउँछ खानेकुरा बाँड्दा माग्न आउँछ ।’

१९ थरिका १९ विद्यार्थी स्यहादै आएकी सुधाले भनिन ‘अब त यी केटाकेटीहरुलाई कसले हेरचाह गर्ला भन्ने पिरले विहे, घरजम र रमाईलो भुल्न थालेँ, यी खुसी हुँदा आफु खुसी र यी रुदाँ आफू दुःखी ।’
#onlinekhabar

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!