- नासाले प्रक्षेपण गरेको रोबोटको मंगलग्रहमा यसरी ओर्लियो (भिडियो)

Admin | 14:58 |

२२ साउन, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अत्याधुनिक तथा महत्वकांक्षी मार्स रोवर क्यूरयोसिटी आज बिहान करिब पौने ११ बजेतिर मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेको मार्स रोवरले त्यहाँ पुगेपछी त्यहाँको फोटो समेत पठाएको छ । विश्वको सबैभन्दा महंगो मानिएको यो मिसनका लागी वैज्ञानिकहरूले करिब १० वर्ष लगाएका थिए । मार्स रोवर रोबोटले मंगल ग्रहको सतहमा उत्रिनका लागी करिब ७ मिनेट लगाएको थियो । अहिले यो विषयले विश्वलाई नै त्यसतर्फ ध्यान मोडिदिएको छ । रोबोटले आफ्नो काम सफलता पूर्वक गर्न सक्ला या नसक्ला, मंगल ग्रहमा मानव बस्ति सम्भव होला या नहोला भन्ने विषयलाई झन् कौतुहलको विषय बनाइदिएको छ । रोबोटले पठाएको हरेक नयाँ कुराले अब मानिसको ध्यान अवस्य पनि तान्ने छ । यो रोबोट आज मंगल ग्रहमा झरेर त्यहाँको फोटो समेत पठाइसकेको अवस्थामा यता विश्वभर त्यसबारे खोजी तथा चर्चा बढिरहेको छ । यो रोबोट मंगल ग्रहमा ओर्लिएको भीडियो पनि सार्वजनिक भइसक्दा उक्त भीडियो हेर्ने मानिसहरूको संख्या पनि त्यतिकै बढिरहेको छ । हामी पनि हेरौ कसरी ओर्लिएको थियो रोबोट मंगल ग्रहमा..

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!