पत्रकारको गाला रेखाको मादल , रिशको को झ्वाकमा बजाउनु बजाइन

Admin | 14:54 |


 नयिका रेखा थापाले पत्रकारमाथि हातपात गरेकी छिन् । हिजो उनले राजधानीबाट प्रकाशीत हुने दैनिक पत्रिका सौर्य दैनिकका पत्रकार चिरञ्जीवी पौडेललाई कार्यालयमै गएर झापड लगाएकी हुन् । गत शुक्रवार सौर्य दैनिकमा प्रकाशित ‘रेखा थापाको मिनस्कर्ट रहस्य’ नामक गाईजात्रे व्यङ्ग्यले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेललाई झापड लगाएकी हुन् । नायिका रेखा थापाले मेरो सिनेमासँग कुरा गर्दै आफूले झापड लगाएको कुरा सहर्ष स्वीकार गरिन् ।
मेरो सिनेमासँग थप कुरा गर्दै रेखाले भनिन् , ‘मलाई व्यङ्ग्य गरेकोमा मेरो आपत्ति होइन । गाईजात्रामा जो कसैलाई व्यङ्ग्य गर्ने अधिकार छ । त्यस कुराको म सम्मान गर्छु । मेरो आपत्ती भनेको चिरञ्जीवी पौडेलले मलाई व्यङ्ग्य गरेको भाषामा हो ।’ रेखाले सोही सम्बन्धमा दुबैपक्ष बीच वादविवाद चर्कदै गएपछि कुरा झापडसम्म पुगेको हो भनिन् । रेखाका अनुसार पौडेललाई उनले किन यस्तो लेखेको ? भन्दा पौडेलले आफूले कल्पना गरेर लेखेको बताएपछि आफूले पनि कल्पना गरेको भन्दै एक झापड हानेको जानकारी दिइन ।

उता सो गाईजात्रा लेख्ने पत्रकार चिरञ्जीवी पौडेलले पनि झापड खाएको स्वीकारे । झापड सँगसँगै रेखाले आफूलाई नङ्ग्राले घाँटीमा कोतरेको पनि बताए । रेखाको झापडको बदलामा आफूले पनि एक झापड फर्काएको बताए । रेखाको साथमा एकजना सिनेपत्रकार पनि सँगसँगै सौर्य दैनिकको कार्यालय पुगेका थिए । पौडेलले आफ्नो कल्पनाबाट अभिव्यक्त विचारलाई गाईजात्रे शैलीमा लेखिएको बताए । एकले अर्कालाई झापड हानेको कुरा बाहिर नल्याउने सहमती भएको कुरा पनि बताए । अब अब के गर्नुहुन्छ भन्ने मेरो सिनेमाको प्रश्नमा पौडेलले अहिल्यै के गर्ने टुङ्गो नलागेको र साथीहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

नेपाली सिनेमाकी यी चर्चित नायिका समय समयमा विभिन्न कुराले चर्चामा आइरहन्छिन् । यसै सन्दर्भमा यो झापड काण्ड पनि थपिएको छ । रेखाले झापड हान्न हुन्थ्यो हुदैनथ्यो त्यो वहसको अलग विषय हो । तै पनि यो काण्डको पक्ष र विपक्षमा मानिसहरु त उभिनेनैछन् । यसको जजमेन्टको जिम्मा मेरो सिनेमा पाठकहरुलाई दिन चाहन्छ । जे होस अव के हुन्छ त्यो चाही पक्कै चासोपूर्ण नै हुनेछ ।
#merocinema

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!