प्रमिला रिजाल लण्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन्
काठमाडौ, १९ साउन । नेपाली एथेलेटिक्स खेलाडी प्रमिला रिजाल लण्डन ओलम्पिकको १ सय मिटर दौडको हिट चरणबाटै बाहिरिएकी छिन् । उनी राष्ट्रिय कीर्तिमान बनाउन चुकेकी उनले आफ्नै प्रदर्शनमा समेत सुधार ल्याउन सकिनन् । प्रमिलाले निर्धारित दुरी १३ दशमलव ३३ सेकेण्डमा पुरा गरिन् ।
१ सय मिटरमा देवीमाया पनेरुको १२ दशमलव ०२ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । प्रमिलाको उत्कृष्ट टाइमिङ भने १२ दशमलव ०६ सेकेण्ड रहेको छ । बाइल्ड कार्डमार्फत लण्डन ओलम्पिकको यात्रा तय गरिकी प्रमिलाले आफ्नो लक्ष्य राष्ट्रिय कीर्तिमान बनाउनु भएको बताएकी छिन् । एथेलेटिक्सकै पुरुष १ स्य मिटरमा तिलकराम थारुले भोलि सहभागिता जनाउँदैछन् ।
लण्डन ओलम्पिकमा पौडिबाज श्रेया धितालले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् भने पौडिबाज प्रसिद्धजंग शाह व्यक्तिगत प्रदर्शनमा सुधार गरेपनि राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । यसैगरी शुटीङकी स्नेहा रानाको प्रदर्शन सन्तोसजनक रहेन ।