क्यानाडाको अल्बेर्टामा एक भुटानीको पुलिसद्वारा गोरी प्रहार गरी हत्या
जुलाई १७ , अल्बेर्टा ,
(A Bhutanese Killed By Lethbridge Police In Southern Alberta, Canada)
क्यानाडाको अल्बेर्टामा एक भुटानीको लेथब्रिज पुलिसले गोली प्रहार गरी हत्या गरेको छ । मृत्यु हुनेमा झापाको बेल्डागी-२, सेक्टर-F बाट गत बर्ष पुनर्स्थापित भै क्यानाडा आएका २६ बर्सिय राज पुरी रहेको सोही ठाउका हेमलाल तिमल्सिनाले सिबिसी(C.B.C News) न्युजलाई जानकारी दिएका छन । अत्याधिक मधाक प्रदार्थ पिएर हतियार सहित तनाब मच्चाएको कारण उनको हत्या भएको बुजिएको छ । पुरीको हत्याको बारे छान्बिन भैरहेको बताइएको छ। अल्बेर्टाको एक अनुसन्धान टोली Alberta Serious Incident Response Team(ASIRT) घटनाको अनुसन्धान प्रकृया जारी राखेको सिबिसी न्युजले जनाएको छ । तिमल्सिनाका अनुसार कम्जोर भाषा पनि घटनाको कारण हुन सक्ने बताएका छन ।आफु र आफ्नो समुदायाले न्यायाको माग गर्दै अनुसन्धानको प्रतिफल पर्खिएको तिमल्सिनाले बताएका छन भने लेथब्रिज पुलिसले ASIRT को अनुसन्धान प्रकृया नसकी घटनाको बारे केही नबोल्बे बताएको छ ।