संसारको सबैभन्दा पुरानो ब्रा अष्ट्रियामा
विश्वको सबैभन्दा पुरानो महिलाको भित्रि पहिरन (ब्रा) मध्ययुरोपको देश अष्ट्रियामा फेला परेको छ । अष्ट्रियाको निकोल्सडोर्फस्थित एक स्थानमा मध्ययुगीन कयौं वस्तुहरु फेला परेका छन् । जसमध्ये सबैभन्दा चाखलाग्दो वस्तु भनेको महिलाले प्रयोग गर्ने ब्रा हो ।
हालै पुरातत्वविद्हरुले उक्त स्थानको अनुसन्धानगर्दा महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरन फेला पारेका हुन् । जसलाई पुरातत्वविद्हरुले १५ औं शताब्दीको हुनसक्ने आँकलन गरेका छन् । उक्त स्थानमा भेटिएको महिलाको ब्रा बाट एक नयाँ तथ्य खुलेको समेत जानकारहरुले जनाएका छन् । उक्त स्थानमा १५ औं शताब्दीको ब्रा भेटिनुले १८ औं शताब्दीमा आएर महिलाहरुले ब्रा पहिरिन थालेको भन्ने आम धारणा गलत भएको पुरातत्वविद्हरुको तर्क छ ।
पुरातत्वविद्हरुले फेला पारेको मध्ययुगीन महिलाको ४ भित्रि पहिरन मध्ये २ पहिरन आजको समयको विकनी जस्तो भएको समेत बताइएको छ । पुरातत्वविद्हरुले उक्त स्थानमा महिलाको पहिरनसँग घरेलु औजार र ताससमेत फेला पारेको जनाइएको छ ।
उक्त अनुसन्धान टोलीका पुरातत्वविद्हरुले त्यसस्थानमा फेला परेको महिलाको ब्रा अहिलेसम्मकै विश्वको सबैभन्दा पुरानो भएको दाबी गरेका छन् । (तस्वीरमा देखाइएको ब्रा काल्पनिक हो)