- अमेरिकामा शिख मन्दिरभित्र गोली प्रहार - सातको मृत्यु
साउन २२ - अमेरिकाको विसकोन्सिनमा रहेको एउटा शिख मन्दिरभित्र गोली प्रहारबाट कम्तिमा ७ जनाको मृत्यु भएको छ। घटनामा आक्रमणकारीले प्रहरीलाईसमेत एम्बुसमा पारेका थिए। प्रहरीले एकजनालेमात्र गोली प्रहर गरेको बताएपनि घटनाबारे यथार्थ जानकारी बाहिर आउन सकेको छैन। घटनालाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले आतंकवादी शैलीको आक्रमण भएको जनाएका छन्। दुई साताअघि पनि अमेरिकाको कोलोराडोस्थित फिल्म हलमा गोली हानी १२ को हत्या भएको थियो। स्थानीय मिडियाले ४० वर्षजति उमेरको एक गोरो मानिसले गोली चलाएको दावी गरेका छन्। जथाभावी गोली चल्न थालेपछि केही महिला र बालबालिकाले लुकेर ज्यान जोगाएका थिए। घटनामा परी ४ जना मन्दिरभित्रै र तीन जनाको बाहिर मृत्यु भयो। मर्नेमा एकजना हतियारधारीसमेत रहेको छ। तर प्रहरीले गोली चलाउने एकजनामात्र रहेको दावी छाडेको छैन। गोली लागी घाइते भएकामध्ये तीनको अवस्था चिन्ताजनक छ। गोली लागेका एक प्रहरीको अवस्थामा भने केही सुधार भएको बताइएको छ।
Category: Headlines