- भारतको जयनगरबाट बिना चालक जनकपुर अाइपुग्यो रेल

Admin | 09:19 |


कुनै बेला सुन्दै पत्याउन नसकिने घटना घट्दछन् । विश्वमै दुर्लभ मानिने यस्तै एउटा घटना जनकपुरमा घट्यो । जनकपुर जयनगर चल्ने रेलको एउटा इञ्जिन चालकबिनै जनकपुरर आइपुग्यो । त्यो पनि थोरै हो र २९ किलोमिटर दूरी पार गरेर ।

प्राप्त समाचार अनुसार भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेड ई एन ५ (५३५) नम्बरको डिजल इञ्जिन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार अपराह्न जनकपुर आइपुग्यो । बाटोमा पर्ने दुई दर्जनभन्दा बढी पुल, सातवटा रेल्वे स्टेसन तथा आधा दर्जनभन्दा बढी गाउँ पार गर्दै चालकबिना नै रेल यहाँसम्म आइपुगे पनि बाटामा कुनै दुर्घटना भएन ।

प्रायः दिनपिच्छे लिक छाड्ने रेल इन्जन बिना कुनै रोकटोक यहाँसम्म आपुग्नुलाई रेल्वे कर्मचारीहरूमात्र होइन स्थानीयवासी पनि अचम्मको घटना मान्छन् ।

अन्य दिनमा दस किलोमिटर प्रतिघन्टा भन्दा पनि थोरै गतिमा हिँड्ने रेल झन्डै पचास किलोमिटरको गतिमा दौडेको देखेर बाटोभरि हल्ला खल्ला भएको थियो । जयनगरबाट बिना चालक रेल गुडेको खबर एकले अर्कालाई मोबाइलबाट दिन थालेको थिए । रेल इन्जन जनकपुर आपुग्दासम्म रेल्वे स्टेसनमा सयौं स्थानीयवासी भेला भइसकेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, प्रहरी उपरीक्षक पुरुषोत्तम कडेल, सशस्त्रका एसपी मदन विष्टसहित ठूलो संख्यामा प्रहरी वल रेल्वे स्टेसन पुगेका थिए । कृष्णाष्टमीको तयारीमा रहेका जनकपुर रेल्वे स्टेसन एरिया युवा क्लबका युवक तथा रेल्वे कर्मचारी गुडी रहेको रेल रोक्न लिकमाथि अवरोधक राखेका थिए ।

प्राप्त जानकारी अनुसार अपराह्न साढे तीन बजे जयनगरबाट जनकपुर आउने रेल सेवाको तयारीमा रहेका चालक रफिक कवारीले इञ्जिनलाई सफा सुग्घर गर्दै गरेको बेला इञ्जिन गुड्न थालेको थियो । एक रेल कर्मीका अनुसार इञ्जिन स्टार्ट गरी कवारी पानी खान तल झरेका बेला एक्कासि तीव्र गतिमा हुइँकिएको थियो ।

जनकपुर स्टेसन मैनेजर मणिराज खतिवडाका अनुसार इञ्जिन अहिले पनि न्युटर गेयरमा छ । न्युटर गेयरमा रहेको गाडी कसरी गुड्यो भन्ने विषयमा भने खतिवडा केही जवाफ दि नसकेको खतिवडढाले मलाई त दैवी घटना लाग्छ भन्ने प्रतिक्रिया दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले आफूले यस्तो घटना पहिलोपटक देखेको उल्लेख गर्दै रेल चालक रफिक कवारीमाथि अविलम्ब कारबाही गर्न निर्देशन दिएको बताउनुभयो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!