- २८ जना दलितहरुको सामूहिक ब्रतवन्ध

Admin | 13:23 |


पाँचथर,साउन २४ ।एक दलित परिवारले लगाएको श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ महापुराणको समापनको अवसरमा २८ जना दलितहरुको सामूहिक ब्रतवन्ध गरिएको छ । पितृ उद्दारका लागि पाँचथर फिदिम १ वस्ने लक्ष्मी प्रसाद लकान्द्री सुनवारले लगाएको महापुराणमा यसरी दलित बालकहरुको सामूहिक ब्रतवन्ध गरिएको हो ।
छुवाछुत प्रथाको अन्त्य गर्न आर्यन समुदायलाई चुनौती दिँदै पण्डित अर्जुन शंकर प्रमुख वाचक शन्त रसाईली र कृष्णभक्त गजमेर,तारामान जनकर्मी पाठपारायण गर्नुभएको थियो । दलित समुदायको आयोजनामा संचालित महापुराणमा गरिएको व्रतवन्ध जिल्लाकै पहिलो, र पुर्वान्चलकै दोस्रो भएको भएको दावी गरिएको छ ।
यस अघि झापामा पहिलोपल्ट सामूहिक दलितहरुको ब्रतवन्ध गरिएको थियो । पाँचथर,तेह्रथुम, र काठमान्डौका ८ वर्षदेखि २२ वर्ष उमेरका २८ जना दलितहरुको ब्रतवन्ध गरिएको थियो ।
#nayakhabar

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!