नेपालकी समाजसेवी पुष्पा बस्नेत बनिन् सीएनएन हिरो २०१२

Admin | 04:13 |

काठमाडौं,मंसिर १८ । यस बर्षको सीएनएन हिरो २०१२ (CNN Hero of the Year 2012 Pushpa Basnet) नेपालकी समाजसेवी पुष्पा बस्नेत भएकी छन् । अमेरिकाको लसएन्जल्समा नेपाली समय अनुसार आइतबार सांझ प्यासिफिक समय ६:०० बजे आयोजित भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट पुष्पालाई ‘सीएनएन हिरो’ घोषणा गरिएको हो । सीएनएन टेलिभिजनबाट पुरस्कारस्वरूप पुष्पाले ट्रफीका साथ २ लाख ५० हजार डलर पाएकी छन् । उनले आफुले प्राप्त गरेको रकम महिला र आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको हितमा खर्च गर्ने बताएकी छन् । संसारकै प्रतिष्ठित पुरस्कारहरूमध्येमा पर्ने ‘सीएनएन हिरोका लागि करिब १ सय मुलुकका १० हजारभन्दा बढी समाजसेवीको नाम सिफारिस भएको थियो । करिब आठ महिना अघि इन्टरनेटबाट सुरु भएको छनोट प्रक्रिया अन्तर्गत करिब दुई महिना अघिको उत्कृष्ट १० को सुचि छनौटको चरणमा उनी ‘सीएनएन हिरो’को उत्कृष्ट १० मा छनौट भएकी थिइन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!