राजेश हमालले मलाई नै पर्खेको हो कि: अभिरुचि

कति वर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?
यस्तै, साढे दुई वर्षकी थिएँ । त्यति बेलादेखि उहाँप्रतिको मेरो चाहना बढेको हो ।
त्यति सानो उमेरदेखि कसरी हमालप्रतिको लगाव बढ्यो ?

बिहे गर्छु भन्दा के भन्नुभयो राजेशजीले ?
उहाँले मलाई सधैँ नै प्रोत्साहन दिने काम गर्नुभयो । तिमी स्कुल टप भयौ, कलेज टप भयौ भने तिमीले सोचेको पूरा हुन्छ भन्नुभएको थियो ।
यसपछि कतिपटक भेट भयो राजेशसँग ?
त्यसपछि कतिपटक भेट भयो मलाई नै याद छैन । तर, उहाँले मलाई प्राय: चोभारमा सुटिङ हुँदा बोलाउनुहुन्थ्यो ।
अन्यत्र भेट भएन ?
प्राय: उहाँको गीतको सुटिङ हुने बेलामा । सुटिङमा उहाँले नायिकासँग अंगालो मार्दा मलाई रिस उठिहाल्थ्यो । कतिपटक त मैले नायिकाहरूलाई हात हालेकी छु ।
बाफ रे कति धेरै क्रेजी हुनुभएको उहाँप्रति ?
मलाई थाहा छैन । तर, मलाई उहाँले जे गरे पनि मन पर्छ । उहाँ नाचेको, बोलेको, हाँसेको सबै कुरा मन पर्छ ।
अझै पनि राजेशसँगै बिहे गर्ने भन्नेमा ढुक्क हुनुहुन्छ ?
पहिले जस्तो बिहे नै गर्नुपर्छ भन्ने कुरामा म अडिग छैन । किनकि, सबै सम्बन्धको अन्तिम विन्दु बिहे नै होइन । तर, हमालले आएर म तिमीसँग बिहे गर्न चाहन्छु भनेर प्रपोज गर्नुभयो भने म तयार छु ।
उहाँकी प्रेमिका छिन् भन्ने थाहा छ ?
किन थाहा नहुनु ? सबै कुरा थाहा छ । प्रेमिकाको नाम पनि थाहा छ, यहाँ भन्नुपर्छ भन्ने लाग्दैन ।
प्रेमिका छ भन्ने सुन्दा रिस उठ्दैन ?
जतिबेला म उहाँसँग बिहे गर्छु भनेर जिद्दी गर्थेँ त्यतिबेला पनि उहाँको प्रेमिका छ भन्ने मलाई थाहा थियो । म १४ वर्षकी हुँदादेखि नै युवतीसँगको सम्बन्धमा छु भनेर उहाँले मलाई भन्नुभएको थियो ।
प्रेमिका छ भन्ने थाहा पाएरै बिहेप्रतिको तपाईंंको क्रेज घटेको हो ?
कृपया मलाई हमालको प्रेमिकासँग तुलना नगर्नुहोस् किनकि हिजो पनि म हमालको फ्यान थिएँ, आज पनि छु र भोलि पनि रहिरहनेछु ।
तपाईं पनि तरुनी भइसक्नुभयो, प्रेममा पर्नुभएको छैन ?
आजसम्म छैन ।
तपाईंको बिहे राजेश हमालसँग भएन भने के गर्नुहुन्छ ?
उहाँको बिहे नभई म कसैसँग बिहे गर्दिनँ । यो उमेरसम्म पनि उहाँको बिहे नहुँदा चाहिँ मेरै लागि पर्खेको हो कि जस्तो लाग्छ ।
कहिलेसम्म रहन्छ हमालप्रतिको यस्तो क्रेज ?
सधैँभरि । भोलि मेरो अन्तै बिहे होला, त्यो बेला छोराछोरी बोकेर उहाँलाई भेट्न जानेछु ।
साभार:सौर्य दैनिक
Category: Gossip