रणबीर कपुरसँग फिल्म खेल्ने मनीषाको चाहना
देभंश पटेल, मुम्बई, असोज २५ - प्रश्नको सूची लामो तर समय कम र त्यसमाथि मनीषालाई भेट्न म ढिलोगरी पुगेँ। हो उनी मलाई १५ मिनेटदेखि कुरिरहेकी थिइन्। यतिन्जेल उनको पीआरले मलाई टेक्स्ट र कल नै गरिसकेका थिए। बाटोमा गाइ, कुकुर र अरु अवरोधलाई छिचोल्दा समय ढिलो भयो। मैले पहिलोपटक फिल्म १९४२ अ लभ स्टोरीमा मनिषालाई ठूलो पर्दामा देखेको थिए।
मलाई याद छ उनको बम्बे फिल्म हेर्न मैले ५ सय रुपियाँ तिरेर ब्ल्याकमा टिकेट लिएको थिएँ। हो, म उनको फ्यान थिएँ।
अहिले २०१२ हो र यतिखेर धेरै महिला सेलिब्रिटीले आफ्नो उमेर नाघेपछि फिल्मलाई त्याग्दै गइरहेका छन्। मनिषा तीभन्दा फरक छिन् जो आफ्नो फिल्मभन्दा बाहिर रहेको जीवनलाई रिभर्समा लगेर फिल्मी जीवनतिर धकेलिँदैछिन्। अन्तिम पटक उनी अनिरको आई एममा देखिएकी थिइन भने अवको केही दिनमा रामगोपाल वर्माको भूत २ मा देखिनेछिन्। अनुभवले कुनै पनि स्टारलाई आफूले गरेको कामप्रति कृतज्ञ बनाउन र जीवनलाई फरक अनि वास्तविकताको नजर हेर्ने वानी पार्ने रहेछ। यसकै कारण हुनुपर्छ, उनी कुनै हिचकिचाहटविना नै अरुको योगदानको क्रेडिट दिन तयार हुन्छिन्।
मनिषा कुरा लुकाउँदिनन् जुन मलाई मन पर्छ। १५ औं तल्लामा रहेको उनको अपार्टमेन्टमा म पुगेको छु। ढोका खुलै छ। मेरो स्वागतमा उनको पीआर आइपुग्छन्। म हड्वडाउँदै सोध्छु - 'मनिषा खोइ ?' उनले आँखाले मनिषातिर देखाउँछन्। भूत फिल्मकी हिरोइन मनिषा धैर्यताका साथ बसिरहेकी छिन्। मलाई देखेर मुस्कुराउँछिन्। रामगोपाल वर्माको फिल्म भूतकी नायिका। उनको सुन्दरताले मलाई मुग्ध पार्छ। पहिलोपटक मैले आफ्नै आँखासामु उनलाई भेटेको छु।
सन् १९९४ देखि सिनेमामा जादू गर्दै आएकी मनिषा देखेर म ट्वाल्ल पर्छु।
हिन्दी सिनेममा अरु हिरोइलनेभन्दा तपाँइले उच्चस्तरीय र जिवन्त प्रस्तुती दिनुभयो। अहिले त्यो प्यासन समाप्त हुँदै गएको हो ?
त्यसै त होइन। फिल्मका लागि मलाई रिझाउन सजिलो छैन। मलाई पनि रिझाउन सक्नेसँगै काम गर्न मनपर्छ। हिजोका दिनमा मलाई भयंकरका स्क्रिप्ट दिएर मैले ठूलो रोल पाएको पनि होइन। तपाँइ मलाई एक किसिमको मुडी भन्न सक्नुहुन्छ। म परम्परा थेग्नमात्रै फोकटमा काम गर्दिन तर पहिले मैले गरेँ (हाँसो)। फिल्मका लागि मलाई सहज हुने अवस्था र व्यक्ति नै पहिलो मूल्य हो।
तपाँइले मनिरत्नमम, एस शंकर, सञ्जल लिला भन्साली, विधुविनोद चोपडाजस्ता हस्तीहरुसँग काम गरिसक्नुभयो। रामगोपाल वर्मासँग काममा सहजता चाहीँ कसरी ?
हामी धेरै गफ गर्दैनौ तर म बताइदिउँ म उनलाई सम्मान गर्छु। रामुसँग काम गर्न रमाइलो हुन्छ। फिल्म कम्पनीमा उनी मेरो फिल्ममा हुनुपर्ने हेराई र प्रवृतिको व्याख्या गर्न दुई पटक भेट्न नै आएका थिए। यो एक किसिमको विशेष सम्वन्ध नै हो। म उनलाई धेरै कुरा भन्छु। भूत २ मा उनी मकहाँ आए र सबैकुरा बताए। बाँकी सेटमा नै धेरै कुरा पूरा भयो। उनी आफ्ना कलाकारलाई पूर्ण विश्वाआस गर्छन्। म पनि उनलाई जतिसक्यो धेरै वास्तविक हुने बताउँछु।
तपाँइ अभिनय गर्दा वास्तविक देखिनुहुन्छ। झुटो देखिन तपाँइलाई गाह्रो हुन्छ होला ?
(हाँसो) हामी सधै झुटो गर्छौं। तर, कम्प्लिमेन्टका लागि धन्यवाद। यहाँ कुनै ट्रिक लागू हुन्न। पहिले जुन कुरा लिइन्छ त्यसैलाई प्राकृतिकरुपमा प्रस्तुत गर्ने हो। यसमा नै हामीले गर्व गर्ने हो। हरेक कलाकारले आफ्नो सिनलाई आफ्नैरुपमा देखाउने प्रयास गर्छ। मेरो सन्दर्भमा म पहिले त्यतिखेरको अवस्था बुझ्छु अनि अभिनय गर्छु।
बलिउडका टप खानहरु आमिर, शाखरुख र सलमानसँग काम गरिसक्नुभयो। तपाँइभन्दा कम उमेरका हिरोइनहरु पनि धेरै आइसके। यसले के तपाँइ उनीहरुसँग फेरि काम गर्न चाहनुहुन्छ ?
पक्कै पनि चाहन्छु, किन नचाहनु? मेरा लागि यो खुशीको कुरा हुनेछ। तर म अव उनीहरुको प्रेमिका हुनेछैन (हाँसो)। भूमिका जस्तो भएपनि मेरो कोस्टार कति राम्रो छ त्यसआधारमा म काम गर्छु। अझ रणवीर कपुर अहिलेका सबैभन्दा बेस्ट हिरो हुन्। म आफू आत्मविश्वासिली भएकीले हुनुपर्छ मलाई उसको आत्मविश्वाेस मन पर्छ। उमेरमा कम भएपनि सही स्क्रिवप्ट छ भने उनीसँग म काम गर्नसक्छु।- वलिउड हङ्गामा
नागरिक