एक परिवारको खाना खर्च हप्तामा ३५ हजार !

Admin | 14:50 |


 लण्डन । यस घरका बच्चाहरुलाई अन्य साथीको आवश्यकता नै छैन । किनकी यहाँ सबै उमेर समूहका मानिस छन् र उनीहरुसँगै बसेर समय विताउन सकिन्छ ।
रेडर्फाड दम्पतीको ९ छोरा र ७ छोरी छन् । उनीहरुको सबैभन्दा सानो बच्चा मात्र एक महिनाको छ । यसै कारण उनको परिवारले बेलायतको सबैभन्दा ठूलो परिवारको नाम पाएको छ । तर, अझै पनि रेडर्फाड दम्पतीको थप सन्तान जन्माउने चाहना छ ।

जब यो परिवारको कपडा धोइन्छ, कुनै धोविघाट भन्दा कम हुन्न । खानाको बिलको त कुरै नगरौं । उनीहरुले बालबच्चाको रेखदेखका लागि ९ बेडरुम भएको भिक्टोरियन शैलीमा बनेको घर किनेका छन् । घरमा ठूलो बासिंग मेसिन छ भने त्यति नै ठूलो आकारका फि्रज छ । रेडफोर्ड परिवारमा खानाका लागि मात्र प्रत्येक हप्ता ३५ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । उनीहरुका लागि प्रतेक दिन तीन ठूलो कार्टुन ब्रेड, १८ प्याकेट दुध, १८ केजी पोर्क चप, १५ बल आलु, ३ कोपी र ३० बटा गाजर चाहिन्छ । तर पनि उनीहरु सरकारबाटै कुनै सहयोग चाहँदैनन् ।

३७ वर्षीया सुपरमोम सुई रेडफोर्ड र उनका श्रीमान बेकरी चलाउँछन् र त्यसकै कमाईबाट परिवार चलाउँछन् । सुई पटक पटक आमा बन्दा आफूलाई खुसी लाग्ने बताउँछिन् । सबैलाई एकसाथ देख्दा आफू भावुक हुने बताइन् ।
उनीहरुको सबैभन्दा ठूलो छोरा क्रिस्टोफर २३ वर्षका छन् । स्कुल स्तरीय पढाइसकाए लगतै सुईले १८ वर्षको उमेरमा नै विवाह गरेका थिए । सुरुमा भने उनीहरुमा एक/दुई बच्चाको चाहना थियो ।

रेडफोर्ड दम्पती छिट्टै हजुरवा-आमा बन्दैछन् । उनीहरुको दोस्रो सन्तान छोरी सोफी छिट्टै आमा बन्दैछिन् । तर पनि रेडफोर्ड दम्पतीमा बच्चा जन्माउने इच्छामा कुनै कमी आएको छैन । एजेन्सीको सहयोगमा

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!