यसरी खिचियो पुजनाको वेडसिन (फोटो फिचर र भिडियोसहित)

Admin | 14:53 |


बिजय आवाज
उसो त नायिका पुजना प्रधान जयसंगत आश्रममा क्रियाशील भएपछि धेरैले उनले चलचित्रको पर्दामा ग्ल्यामर र हट दृश्य दिन्नन् होला भन्ने सोचाइ बनाएका थिए । तर, सबैको सोचाइमाथि पानी खन्याउँदै पुजनाले खुलेरै बेड सिन दिएकी छिन् ।
शनिबार बेलुकी करिब ९ बजे अनलाइनखबरको टिम काठमाण्डौको नुतन स्टुडियो पुग्दा पुजना कम्मलले आफ्नो शरीर ढाकेर बसिरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आश्रममा बस्ने पुजना र चलचित्रको पर्दामा देखिने पुजना एउटै होइन ।’ आफ्नो ग्ल्यामर छविलाई मर्न नदिने भन्दै उनी यसरी नाङ्गिन तयार भएकी हुन् ।
निर्देशक राजु गिरी पनि के कम थिए र ? पौने २ लाखमा पुजनालाई यस्तै दृश्यका लागि चलचित्रमा अनुवन्धित गरेका छन् उनले । बारमा बसेर मादकपदार्थमा मस्त भएका नायक अशोक फुयाँललाई पुजना आफ्नो सर्वस्व सुम्पन्न तयार भएकी छन् यस चलचित्रमा । मादकपदार्थ सेवन गरेको समयमा आफ्नो अघि मस्त फक्रेकी युवती देख्दा युवकको जवानी कहाँ काबुमा रोकिन्छ र भन्ने प्रमाण दिएका छन् फुँयालले ।
पुजनासँग रंगीन रात बिताउने अभिलाषा बोक्दै बेडसम्मको बाटो तताए अशोकले । पुजना अशोकका अघि कम्मलले आफ्नो जवानीलाई ढाक्दै नागिंन तयार भइन् । निर्देशक राजु गिरी, छायांकार रामेश्वर कार्की पुजना र अशोकको राशलीला क्यामेरामा कैद गर्न हतारिए ।
छोटो स्कर्टमा नशालु बनेकी पुजनासँग अशोकको रोमान्स निक्कै बेर चल्यो । पुजनाले पनि खुलेरै कथाले मागेअनुसारको दृश्य दिइन् । अशोक पनि पुजनासँगको रोमान्समा चुर्लुम्बै डुबे । जब, निर्देशक राजु गिरीले कट भने, अनि मात्र यी दुई बैशालु जोडीको रोमान्स रोकियो ।
रोमान्स सीनमा लिप्त भएकी पुजनाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, म सुरुवातमा जुन छवि लिएर सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिएँ, अब त्यसरी नै अघि बढ्न चाहन्छु ।
बस्नेत मुभिजको व्यानरमा छायांकन भइरहेको रक्षा नामक चलचित्रका लागि पुजनाले यस्तो उत्तेजक दृश्य दिएकी हुन् । राजु गिरीको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा एक नेताले राजनीतिमा आफ्नो शक्ति र युवतीलाई कसरी प्रयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।


Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!