पदमिनीमा निशाको रूप (भिडियो)

Admin | 15:14 |


केहि महिना अगाडी फिल्मीखबरले 'निशालाई हिस्टेरिया' भन्ने शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई स्मरण गराउँदै फिल्म 'पदमिनी' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ जहाँ नायिका निशा अधिकारीलाई हिस्टेरिया लागेको कुरालाई प्रस्ट्याउन खोजिएको छ ।

सार्वजनिक प्रोमोमा निशाका बिभिन्न रूपलाई देखाईएको छ तर निशाले के-के गर्छिन् भन्ने कुरालाई भने प्रोमोमा सस्पेन्स राखिएको छ । पौष २७ गतेबाट देशभरका अधिकांश हलमा एकसाथ रिलिजको तयारी गरिएको सो फिल्मलाई राम प्यासीले निर्देशन गरेका हुन् भने बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । निशाको साथमा सरिता गिरी, अनिल थापा र सुनिल दत्त पाण्डे फिल्मका मुख्य पात्र हुन् ।

राजधानीको बिजी बि स्टुडियोमा पोस्ट-प्रोडक्सनको काम भईरहेको सो फिल्ममा राजधानीको बिजी बि स्टुडियोमा पोस्ट-प्रोडक्सनको काम भईरहेको सो फिल्मको कथा निर्माता लामाको हो भने पटकथा तथा संवाद फिल्मकै सह-निर्देशक अनमोल शर्माले तयार पारेका हुन् । यस्तै फिल्ममा चेतन सापकोटाको संगीत, योगेन्द्र श्रेष्ठको द्धन्द तथा शिब ढकालको छायाँकन रहेको छ ।

फिल्मलाई नेपाल रिलिज पूर्व अष्ट्रेलियामा रिलिज गर्ने योजनाका साथ निर्माता बसन्त कुमार श्रेष्ठ भोली सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् । फिल्मीखबरसँग कुरा गर्दै निर्माता श्रेष्ठले बिदेशमा रहेका नेपालीहरूले हेर्ने खालको फिल्म बनाएकाले पहिलो प्रदर्शन अष्ट्रेलियामा गर्ने तयारी गरेको बताए । यस्तै उनले अन्य देशबाट पनि प्रदर्शनको कुरा चरिरहेको बताउँदै प्रदर्शन गर्न चाहनेले निर्माण युनिट अथवा अफिसियल मिडिया फिल्मीखबरलाई सम्पर्क गर्न सक्ने बताए ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!