नायिका मनिषा कोइरालालाई क्यान्सर भएको पुष्टि !!

Admin | 04:49 |

नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । केही दिन अघि अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई २ दिन अघि मुम्बई लगिएको थियो । मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषलाई क्यान्सर भएको पुष्टि भएको हो ।

 ‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेको बताइएको छ । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । मनिषाका भाई सिद्धार्थ नेपाली चलचित्र ‘मेघा’ मार्फत डेब्यु गर्ने तयारीमा थिए । तर यो सिनेमाको छायांकान तत्कालका लागि पछि सरेको छ । सिनेमाकी निर्देशक सम्झना रौनियारले आफ्नो व्यक्तिगत कारण देखाउदै सिनेमाको छायांकन पछि सारिएको बताएकी थिईन् । तर मनिषा अस्वस्थ भएकाले सिद्धार्थले तत्काल समय दिन नसकेकाले मेघाको छायांकन पछि सारिएको श्रोतको भनाई छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!