बाकेमा भैंसीले सेतो पाडा पाए पछी
दैनिक १० लिटर दिने सो भैंसीले सेतो पाडी पाएपछि उनको घरमा हेर्न आउनेको घुईचो लाग्ने गरेको थापाका जेठा छोरा तेजबहादुर थापाले जानकारी दिनुभयो । बिहानको दुध स्थानीय डेरीमा लैजाने र साँझको घरमै खाने गरको थापा बताउनु हुन्छ । ७७ वर्षीय कृषक थापाले आफ्नो जीवनकालमा भैंसीले निक्खर सेतो पाडो वा पाडी पाएको थाहा नपाएको बताउनु भयो । उहाँले गोरो भएकोले पाडीको नाम पनि गौरी राख्नु भएको छ ।